Saturday, August 27, 2011

तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल : पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन !

संसारभर इन्टरनेट मार्फत नेपालमदर डट कम र अन्य साइट हेर्ने महानुभाबहरु !
आज अमेरिकाको भर्जिनिया मनाससमा १३ संस्थाहरुको सहयोग र साथमा अन्तरराष्ट्रिय कलाकार मन्चद्वारा आयोजित अत्यन्त भब्य र एतिहासिक तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल गर्नुपरेकोमा फेरी एक पटक हामी क्षमा माग्दै प्रमुख आयोजकका तर्फबाट नेपाली राजदुताबास, राजदुत डा. शंकर शर्मा, सबै कलाकार, आमन्त्रित सबै, सह आयोजक, मिडिया पार्टनर सबैलाई धन्यवाद र आभार प्रकट गर्दै औपचारिक समारोहमा अभिनन्दन गर्न असमर्थ भए पनि आज पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले हामी निम्न बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन गर्दैछौं । यसरी सार्वजनिक रुपमा आम संचार माध्यम बाट अभिनन्दन गरिएको यो नै सम्भबत पहिलो पटक हुनुपर्छ । समारोह प्राकृतिक प्रकोपको कारण स्थगित भएकाले यसरी संचार माध्यम मार्फत अभिनन्दन गरिएकोमा   यसलाई सबैले सहजपूर्वक लिइदिनुहुन बिनम्र अनुरोधछ । अभिनन्दन पत्रहरु आफै यसरी बोल्छन :