Tuesday, October 18, 2011

जिरे खुर्सानी, तीतो सत्य, मेरी बास्सैका कलाकार देखि नेपालका सुप्रसिद्ध अन्य कलाकारहरु समेट्दै अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा बिस्तार !

"प्वाक्क मुखमा हान्नु जस्ता" नेपाल शाखाको अध्यक्षमा निर्बाचित !

      अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा भर्खरै बिस्तार गरिएको कुरा नेपाल शाखा अध्यक्ष एबम बरिस्ठ हाँस्य कलाकार शिवहरी पौड्यालले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । केन्द्रिय समितिले दिएको अख्तियारी अनुसार काठमाडौंमा सम्पन्न कलाकार हरुको एक भेलाले नेपाल शाखा बिस्तार गरिएको र जसमा निम्न कलाकारहरु रहनुभएको नेपाल शाखाले जनाएको छ।

Monday, October 17, 2011

संसार भरी फैलिदै छ अन्तराष्ट्रिय कलाकार मंच, पोर्तुगलमा पनि स्थापना भयो मंचको पोर्तुगल शाखा !

       नेपालबाट पोर्तुगल आइ बसोबास गरिरहेका कला प्रेमीहरुको बैठकले अन्तराष्ट्रिय कलाकार मंच पोर्तुगल शाखाको गठन गरेको छ । कमल बिष्टको संयोजकत्वमा बोलाईएको बैठकले आइतबार लिस्बनमा मंचको शाखा गठन गरेको हो। बैठकले कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्सीय कार्य समितीको चयन गरेको छ। समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा गोपाल रिजाल ,महा-सचिबमा कमल बिष्ट, सचिबमा रामहरि लामिछाने , सह -सचिबमा शिब कुँवर ,कोषध्यक्षमा कृष्ण शर्मा रहनु भएको छ। यसै गरि सदस्यहरुमा शान्ति क्षेत्री ,राधिका सापकोटा ,बिनोद खड्का , अमित गान्धारी ,इश्वरी प्रसाद कंडेल ,हरि