Tuesday, October 16, 2012

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको विधिवत उद्घाटन

- रवि रोषी, दोहा
केन्द्रिय कार्यालय अमेरिका रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्चको कतार शाखाको गत विहिवार विधिवत रुपमा उद्घाटन भएको छ । मञ्चको कतार शाखामा मोडेल तथा नायिका सोविता सिंखडा अध्यक्ष रहेकी छिन् । मञ्चका उपाध्यक्ष भविन्द्र तामाङद्धारा मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण कलाकर्मीहरुलाई समेट्ने योजना र प्रवासमा पनि गायन, अभिनय, गीत संगीतमा अभिरुचि राख्ने सवैलाई
एउटै छातामा समेट्ने हेतुले मञ्चको आवश्यकता रहेको बताएका थिए । संस्थागत रुपमा समेटिएर अघि बढ्न सकेमा कला संग आवद्ध कलाकर्मीहरुलाई परेको बिपत्ती तथा अन्य सहयोग गर्न र कलाकै क्षेत्रमा पनि एकजुट भई काम गर्दा सफलता हात पर्ने कुरा तामाङले बताएका थिए । प्रारम्भिक कमिटीमा आवद्ध सम्पुर्ण सदस्यहरुको आफु संलग्न र कलासंग सम्बद्ध प्रतिभालाई सबैमाझ प्रोजेक्टरबाट प्रस्तुत गरीएको थियो । अमेरिकामा केन्द्रिय कार्यालय रहेको सो मञ्चमा ४८ सदस्य रहेका छन् भने कतारमा चाहिँ संरक्षक, सल्लाहकार तथा मिडिया सल्लाहकार सहित १६ सदस्यीय समिती गठन भैसकेको छ । कलाकारहरुको हक हित र आपकालिन अवस्थाको लागि कल्याण कोषको आवश्यक पर्ने भएको हुनाले कल्याण कोष स्थापना गरिएको बारेमा पनि संरक्षक तथा कार्यक्रम सञ्चालक निराजन भण्डारीले सोही समय सबैमाझ घोषणा गरेका थिए । सो कार्यक्रमको समुद्घाटन नेपाली

Wednesday, October 10, 2012

विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन, मँच संसार का २९ देश मा बिस्तार

           विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन भएको छ, यो सँगै अन्तराष्ट्रिय कलाकार मँच संसार का २९ देश मा बिस्तार भएको छ । स्विजरल्याण्ड शाखा उनान्तिसौ शाखा हो ।   स्विजरल्याण्ड शाखा मा निम्नानुसार  हुनुहुन्छ :
 सल्लाहकार - जंगम खडका 
सल्लाहकार - नाशिर सरिफ्फी 
अध्यक्ष - कृष्ण सापकोटा 
उपाध्यक्ष - शशी शंकर यादव 
महासचिव - भास्कर अधिकारी
सचिव - इश्वर बर्तौला 
कोषाध्यक्ष - गौरी गुभाजु 
सदस्य - लक्ष्मी थपलिया 
सदस्य - नबराज घिमिरे 
अन्तराष्ट्रिय कलाकार मँच युरोप महाशाखाका अध्यक्ष उज्ज्वल केसी र शाखा परिवार को कृयाशिलतामा स्थापित उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँच अमेरिका ले बिधान अनुसार स्विक्रिती एबम मान्यता प्रदान गर्ने निर्णय गरेको कुरा मँच का प्रबक्ता एबम केन्द्रिय सचिब प्रकाश नेपाल ले बताउनुभएको छ ।
नेपालका अनुसार यो शाखाले पनि कला र संस्कृतिका लागि उदाहरणिय काम गर्न सकोस भन्दै मंचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल ले नब निर्बाचित सबैलाई बधाई र शुभकामना दिनुभएको छ ।