Saturday, March 15, 2014

अन्तरराष्ट्रिय कलाकार मँच एशिया महाशाखा गठन, महाशाखाको अध्यक्षमा नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ एबम नेपाल कि प्रख्यात गीतकार एबम साहित्यकार उन्नती बोहरा "शीला"


अन्तरराष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका तर्फबाट सचिब एबम केन्द्रिय प्रबक्ता प्रकाश नेपालले अमेरिका मा एक प्रेस बिज्ञप्ती प्रकाशित गरी मँचको बिधान अनुरुप एशिया महाशाखा गठन गरिएको बताउनुभएको छ । संसार भर कला सँस्क्रिती र साहित्यका लागि केही गरौं भन्ने भावना लिएर बिस्तार गरिँदै लगिएको उक्त मँच संसार भर कलाका बिभिन्न क्षेत्रमा सँलग्न कलाकार र साहित्य सँग सम्बन्धित ब्यक्तित्व समेत समिटिदै लगिएको छ । एशिया महाशाखाको  अध्यक्षमा नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ एबम नेपाल कि प्रख्यात गीतकार एबम साहित्यकार उन्नती बोहरा "शीला" छानिनु भएको छ । हाल अमेरिका भ्रमण मै रहनुभएकी प्राज्ञ एबम बरिस्ठ गीतकार बोहरा "शिला" लाई वहाँले गीत संगीत र साहित्यका क्षेत्रमा पुर्याएको अतुलनिय योगदान का लागि अन्तरराष्ट्रिय कलाकार मँच, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र अमेरिका नेपाल साहित्य प्रतिस्ठान द्वारा केही दिन अगाडि मात्र वाशिङ्टन डिसीमा निम्त्याएर बिशेष सम्मान गरिएको थियो । यसै गरी वहाँ लाई न्यू योर्कमा आयोजित अन्तरराष्ट्रिय नेपाली महिला सम्मेलन मा पनि बिशेष सम्मान गरिएको थियो । वहाँ मँचको एशिया महाशाखाको अध्यक्षमा नियुक्त हुनुभए पछी हर्सित हुँदै आफुले अन्तरराष्ट्रिय कलाकार मँचको केन्द्रले आफुलाइ दिएको जिम्मेवारी अनुरुप बिधानको परिधि भित्र रही कला सँस्क्रिती र साहित्यका लागि अब 

Tuesday, March 11, 2014

अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय सल्लाहकार एबम बरिस्ठ नायिका गौरी मल्ल अमेरिका बसाइ छोट्याएर नेपाल फर्किँदै !

अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय सल्लाहकार एबम बरिस्ठ नायिका गौरी मल्ल अमेरिका बसाइ छोट्याएर नेपाल फर्किँदै हुनुहुन्छ । वहाँ लाई बिदाइ गर्नुपर्दा हामीहरु एकातिर दुखित भएका छौं भने अर्को तिर वहाँ जस्ती एउटा शशक्त कलाकार जसलाई राष्ट्रले फेरी स्वागत गर्न पाउनु सुखद कुरा पनि हो । हामी हाम्रो मँचको सल्लाहकार एबम कलाकार साथी गौरी मल्ललाई अमेरिका बाट हार्दिक बिदाइ गर्दै वहाँको सुस्वास्थ्य, दिर्घायु र   उज्जवल भबिस्यको कामना गर्दछौँ । वहाँ जहाँ रहे पनि मँचको सल्लाहकार कायमै रहेको र आगामी दिनमा पनि मँचमा वहाँको योगदान कायमै रहने स्पस्ट गर्दछौँ । धन्यवाद ।
- राम प्रसाद खनाल - अध्यक्ष  
- रमेश उप्रेती - महा सचिब एबम 
अन्तरराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार    

Saturday, March 8, 2014

अन्तरास्ट्रिय कलाकार मँच अमेरिका सहित अमेरिकामा रहेका चार संस्थाहरुको संयुक्त आयोजनामा आयोजित एउटा सम्मान कार्यक्रम भब्यरुपमा सम्पन्न


अन्तरास्ट्रिय कलाकार मँच, अमेरिका सहित अमेरिकामा रहेका चार संस्थाहरु नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अ.ने.सा.स.,डिसी म्याट्रो च्याप्टर, अमेरिका नेपाल साहित्य प्रतिस्ठानको संयुक्त आयोजनामा आयोजित एउटा सम्मान कार्यक्रम अमेरिकाका लागि काबा राजदुत ॠषि घिमिरेको प्रमुख आतिथ्यमा म्यारिल्यान्डको सिल्भर स्प्रिङ्गमा भब्यरुपमा सम्पन्न भएको छ । प्राज्ञ एबम नेपालका चर्चित