Sunday, May 4, 2014

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखा द्वारा IAF awards 2015 ( अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५) को आयोजना


 "हाम्रो अभियान कलाकर्मीलाई बिश्वब्यापी पहिचान र सम्मान" नाराका साथ २०११ बाट यूरोपमा बिस्तारित अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखाले सन् २०१५ सेप्टेम्बर २६ शनिवारका दिनबाट प्रतेक वर्ष बिभिन्न राष्ट्रहरुमा नेपाली कला, संगीत,चलचित्रको प्रचार प्रसार र बजार सृजनार्थ तथा नेपाली कला, संगीत,चलचित्र र समाजसेवीको सम्मानार्थ IAF awards 2015 ( अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५) को आयोजना गर्दैछ, जसको पहिलो सस्करण बेल्जियमको Casino Chaudfontaine ,Esplanade 1, 4050 Chaudfontaine Belgium. मा पाँच सय यूरोपियन र दूइसय नेपाली गरि जम्मा ७०० दर्शकहरुको माझ समापन गर्ने छ। उक्त कार्यक्रमलाई सफल पार्न बेल्जियमको अर्को संस्था BNFA ले सहकार्य गर्दैछ भने साथमा बेल्जियमको तर्फबाट आधिकारिक निकायको सहभागिता र प्रायोजन रहेको छ। उक्त कार्यक्रममा नेपाली कला संगीत र चलचित्र विधाका सम्मानित संस्थाका र बरिष्ठ बिज्ञ व्यक्तिहरुको बिशेष कमिटि द्वारा छनौट भै हिमालयन टि.भि., क्लासिक एफ.एम.१०१.२ मेगाहर्ज,www.iafeu.com तथा अन्य थप संचार माध्यमबाट प्राप्त दर्शक श्रोताको भोटिंगको आधारमा १४ विधाका कलाकर्मीलाई सम्मान गरिने छ भने एक नेपालका निम्ति बिदेशी भूमिबाट योगदान पुर्याउने समाजसेवीलाई समाजसेवा सम्मानबाट सम्मानित गरिने छ। कुल १५ विधामा सम्मान प्रदान गरिने कार्यक्रमको दोस्रो दिन २७ तारिखका दिन बेल्जियमको अर्को शहर एन्त्रोपेनमा सम्मानित कलाकारहरुको सम्मानमा सम्मान साँझको कार्यक्रम रहनेछ। यस कार्यक्रमको सम्पूर्ण मुनाफा अन्तराष्ट्रिय कलाकार मंच यूरोपले सन् २०१२ मा सम्पन्न यूरोप स्तरीय एक्कल नृत्य प्रतियोगिता २०१२ मा घोषणा गरि सुरु गरेको अन्तराष्ट्रिय कलाकार मंच सहायता अक्षयकोषमा जम्मा हुने छ। जुन अक्षयकोष एक करोड नेपाली रुपियाँ बराबरको हुनेछ जसबाट प्राप्त ब्याज रकम कुनै पनि कलाकर्मी आपद बिपद्मा पर्दा आवश्यक आर्थिक सहयोग गरिनेछ। वर्षान्तमा सो रकम खर्च