Thursday, August 14, 2014

लोक गायक सरोजगोपाल बज्राचार्यको ६५ वर्षको उमेरमा निधन, अन्तरराष्ट्रिय कलाकार मँच परिवार स्तब्ध


अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिका मा एक प्रेस बिज्ञप्ती जारी गर्दै    पोखरामा बस्दै आएका पुराना लोक गायक  सरोजगोपाल बज्राचार्यको बिहीवार बिहान ६५ वर्षको उमेरमा निधन भएको खबरले मँच परिवार स्तब्ध भएको बताउनुभएको छ । लोकप्रिय चलचित्र नायक श्री कृष्ण श्रेष्ठको निधनको आलो घाऊ सुक्न नपाउँदै फेरी अर्का जिबन्त लोक गायक सरोज गोपाललाई गुमाउनुपरेको दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा अन्तराट्रिय कलाकार मँच समस्त परिवार हार्दिक समबेदना प्रकट गर्दछ खनालले भन्नुभएको छ । पोखरा १ बगर स्थित निवासमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । बुधवार बेलुका परिवारका अन्य सदस्यसंग खानपिन गरेर सुतेका बज्राचार्य बिहान आठ बजेसम्म नउठेपछि छोरी उठाउन गएकी थिईन । तर, छोरी उठाउन जाँदा उनि अचेत भईसकेका थिए । बुबा नउठेपछि छोरीले नजिकैको मेडिकलवाट चिकित्सक बोलाएर

Wednesday, August 13, 2014

भाबपूर्ण श्रध्दान्जली !

नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक श्री कृष्ण श्रेष्ठको दु:खद निधन भएको खबरले अन्तरराष्ट्रिय कलाकार मँच स्तब्ध छ । स्वर्गिय श्रेष्ठ प्रती भाबपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवार प्रती समबेदना प्रकट गर्दछौँ ।
- रामप्रसाद खनाल, अध्यक्ष
अन्तरराष्ट्रिय कलाकार मँच एबम समस्त परिवार
 

अलबिदा श्री कृष्ण तिमीलाई !

-ध्रुव थापा, क्यालिफोर्निया 
कृष्णको लीलानै बुझ्नै नसक्ने हुन्छ भन्ने कुरा त हामीले धर्म शास्त्रमा पडदै आएका छौ तर नेपाली चलचित्रको कृष्णले पनि त्यस्तै लीला देखाएर हामीलाई छाडेर गएको घटनाले एउटा प्रश्न उब्जाएको छ।  के वास्तवमै उनलाई र उनले हालै बिवाह गरेर हनिमुन समेतमा रमाउन न पाएकी स्वेतालाई उनीहरुको बैवाहिक जीवन एति छोटो र अधुरो रहन्छ भन्ने थाहा थियो? सायद थिएन  होला, नत्र भने कुन नारी बिवाह गरेको ३१ दिनमै बिधवी हुन् चाहन्छिन  वा कुन पुरुषले अब म मरनै लागे हतार हतार बिवाह गरि हाल्छु भनेर सोच्थ्यो होला।  यो जीवन चक्र पनि कस्तो अनौठो र रहस्यमय हुन्छ।  नत्र किन  स्वेता खड्का बिहान आफ्नो बिरामी श्रीमानलाई “श्री उठ्नु न “ भन्दा श्रीकृष्ण को अचल सरिर देखेर त्यहि उनकै सिरानीमा मुर्छा पर्थिन होलि र ? कति करुणादायी : स्वेताको ३१ दिने बैबाहिक जीवन ????

हालै पत्र पत्रिकामा आएको जानकारी अनुसार  र दैनिक खबरमा लेखिए अनुसार ”अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ ।श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार ‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । यद्यपि परिवारमा तनाव हुने भन्दै यो खबरलाई गोप्य नै राखिएको थियो ।श्रीकृष्णको फोक्सोको समस्या पुरानै थियो । श्रीकृष्णलाई केही वर्षदेखि सुगर पनि थियो । फोक्सोमा समस्या,
सुगर, सुख्खा खोकी, निमोनिया र अन्तिममा ‘वोन क्यान्सर’ नै श्रीकृष्णको निधनको प्रमुख कारण बन्यो ।”

मृत्यु को मुखेन्जी आएर  समेत मृत्युलाई चिन्न नसक्नु मानव बिकाशले हासिल गर्न नसकेको अहिले सम्मको उपलब्धि हो।  हामि जत्ति नै नया कुराको अविस्कार किन नगरौ मृत्युलाई रोक्न सक्दैनौ न कि यसलाई रि प्रोग्रमिंग गरेर पुन संचालन गर्न सक्छौ।  भनिन्छ इश्वरले