काठमाडौं। नेपाली लोकसङ्गीत, दोहोरीगीत, कला, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ लोकगायक, गीतकार, सङ्गीतकार, साहित्यकार, पत्रकार तथा बहुआयामिक व्यक्तित्व रामप्रसाद खनाललाई ‘लोकगीत, दोहोरीगीत, सङ्गीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६’ प्रदान गरिएको छ।
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Saturday, October 10, 2026
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका संस्थापक तथा अध्यक्ष, वरिष्ठ लोकगायक, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान
चार दशकभन्दा लामो समयदेखि नेपाली लोकसङ्गीत, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाद्वारा सम्मानपत्र प्रदान
पोखरा, नेपाल। नेपाली लोकसङ्गीत, कला, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ लोकगायक, गीतकार, सङ्गीतकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान गरिएको छ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको सांस्कृतिक संस्थानद्वारा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक तथा अध्यक्ष रामप्रसाद खनालको विशेष अभिनन्दन
चार दशकभन्दा लामो समयदेखि नेपाली लोकसङ्गीत, कला, साहित्य, पत्रकारिता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय खनालको योगदानको उच्च कदर, सम्मानले थप जिम्मेवारीबोध गराएको प्रतिक्रिया
काठमाडौं। नेपाली लोकसङ्गीत, कला, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ लोकगायक, गीतकार, सङ्गीतकार, साहित्यकार, पत्रकार, कलाकार तथा बहुआयामिक लोकप्रिय व्यक्तित्व रामप्रसाद खनाललाई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको सांस्कृतिक संस्थानले विशेष अभिनन्दन गरेको छ।
Saturday, July 26, 2025
सबैभन्दा लोकप्रिय लोक गायकका रूपमा पुरस्कृत, सम्मानित भए अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल
काठमाडौं / अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष, पत्रकार, अभिनेता, गायक तथा समाजसेवी रामप्रसाद खनाललाई Global Star Award 2025 अन्तर्गत "Most Popular Singer – Male – Folk" विधामा सम्मानित गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा खनाललाई नेपाली लोकसंगीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो।
हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खनालले विदेशमा रहँदा पनि लोकगीत, दोहोरी, तीज गीत लगायतका ८ वटा मौलिक गीत एक वर्षभित्र सार्वजनिक गरेका छन्। उनले उल्लेख गरेअनुसार, नेपालबाट धेरै कार्यक्रम आयोजकहरूले फोन, सन्देशमार्फत सम्झिरहँदा आफू अत्यन्तै आभारी छन्।
Saturday, November 9, 2024
भर्जिनियाका Senator Danica Roam बाट DMV Artist award 2024 ग्रहण गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष रामप्रसाद खनाल
Saturday, December 23, 2023
कृष्ण कँडेललाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट लोक दोहोरी र समाजसेवाको क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप मञ्चको मानार्थ सदस्यता सहित मायाको चिनो प्रदान
Monday, October 30, 2023
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा स्वागत र सम्मान
- कमल भण्डारी / सिड्नी, अस्ट्रेलिया / अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा आयोजित एक विशेष कार्यक्रममा रुपन्देही सोसियल नेटवर्क अस्ट्रेलियाले भव्य स्वागत र वहाँको सम्मानमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नी पुगेका खनाललाई अस्ट्रेलियावासी नेपालीहरूको तर्फबाट आयोजना गरिएको उक्त कार्यक्रममा खनालले विभिन्न गीतहरू गाएर उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई नेपाली राजनीति र गुटबन्दीबाट परै बस्न सुझाउनुभएको थियो ।
Monday, October 2, 2023
लोक गायिका आदरणीय हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकाललाई मञ्चको मानार्थ सदस्यता र मायाको चिनो प्रदान
Saturday, September 30, 2023
अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई
समाजसेवाका क्षेत्रमा लगातार क्रियाशील खनालले स्वयमसेबकका रूपमा अमेरिकामा पुर्याउनुभएको विशेष योगदानको अमेरिकाका राष्ट्रपति जो बाइडेनले सम्मान पत्रमा प्रशंसा गर्नुभएको छ ।
Tuesday, July 4, 2023
काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ सहित सम्मान प्रदान
Sunday, March 19, 2023
हार्दिक बधाई र कार्यकालको सफलताका लागि शुभकामना !
- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
Sunday, November 6, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) का अध्यक्ष रवीन्द्र खड्का सम्मानित

नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) केन्द्रीय कार्य समितिका अध्यक्ष रवीन्द्र खड्का अमेरिकामा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन । खड्कालाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष एबम बरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले सम्मान गरेका हुन । खड्का नेपाली चलचित्रका पुराना र अग्रज कलाकार हुन । उनी चलचित्रहरुमा नायकको भूमिका समेत निर्वाह गरिसकेका छन । खड्कालाई बिभिन्न कलाकारहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट बिशेष पदक र सम्मान पत्रका साथ
Monday, October 10, 2022
पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड एवम् चलचित्र महोत्सव २०२२, अक्टोबर १३, १४ र १५ को भव्य सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना !
Saturday, August 6, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको महासचिवमा सरोज केसी, बोर्ड अफ डाइरेक्टरमा कलाकार द्वय पुस्कर पन्त र रुसा केसी नियुक्त
Tuesday, June 28, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको अनुरोध !
कलाकारहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको आयोजनामा (कोभिडका कारण ढिलो भएको) अमेरिका भर रहेका गायक, गायिका, चलचित्र देखी अन्य क्षेत्र सम्म जुनसुकै विधामा रहेका, भएका जुनसुकै कलाकारहरूको अमेरिकाब्यापी सम्मेलन आयोजना गरिँदै छ ।
उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको नयाँ ढाँचा, नयाँ नेतृत्व चयन, विधान परिमार्जन गर्ने र अन्तर्राष्ट्रिय कलाकार मञ्चका सबै देशमा रहेका निष्क्रिय शाखाहरूलाई विघटन गर्दै नयाँ शाखा बनाउने अभियान लाई मूर्त रूप दिने कार्य योजना तय गर्ने कार्यक्रम पनि छ ।
यो सम्मेलनमा यो वा त्यो होइन सबै क्षेत्रका हरेक कलाकारहरूलाई निमन्त्रणा गरिने छ र सबैको सहभागितामा नयाँ बाटो तय गरिने छ । अमेरिकामा रहेका जुनसुकै विधा र क्षेत्रका सबै कलाकारहरू लाई यो सम्मेलन कहिले कुन सिटीमा गर्दा बढी उपयुक्त होला राय सल्लाहका दिनुहुन सादर अनुरोध गरिन्छ । दशैं तिहारको सेरोफेरोमा वा सो अगावै सम्मेलन गर्ने अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको सोच रहेको छ ।
पुराना, नयाँ सबै क्षेत्र र विधाका कलाकार मित्रहरू, हामी तपाईँको आवाज सुनेर सबैलाई पायक पर्ने ठाउँ र मिति तय गर्ने छौँ तसर्थ तपाईँहरूको राय सल्लाह यहाँ, इन्बक्समा वा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इमेल iafamerica@gmail.com मा पठाइ सहयोग गरिदिनुहुन सादर अनुरोध गरिन्छ । यो सम्मेलन आफ्नै सिटीमा आयोजना गर्न कुनै कलाकार साथीहरू र समूह तयार हुनुहुन्छ भने वा अमेरिकामा रहेका कुनै पनि सामाजिक संस्थाहरूले यो सम्मेलनको आयोजना गरी आतिथ्यता र ऐक्यबद्धता जनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
* संपर्क फोन नम्बर - 703-419-0924.
* iafamerica@gmail.com
* rampdkhanal@gmail.com
- अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका
www.IAFAmerica.com
Thursday, June 23, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इजरायल शाखामा नयाँ नेतृत्व, केन्द्रद्वारा मान्यता प्रदान, नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई हार्दिक धन्यवाद
Sunday, June 12, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले गर्यो वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा अभिनन्दन
अमेरिका / कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा आयोजित एक बिशेष कार्यक्रममा अभिनन्दन गरेको छ । अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान सुमधुर साँझका अवसरमा वहाँहरूलाई अभिनन्दन गरिएको हो ।




.jpg)






