Tuesday, April 30, 2013

अन्तराष्ट्रिय कलाकार मंच, यूरोप महाशाखाको सूचना !

बिगत लामो समयको अध्ययन र बिबिध अन्य अफ्रिकन यूरोपियन संस्था र विशिष्ट व्यक्तिहरु संगको लामो छलफल तथा साथ सहयोगको आधारमा नेपाली कला संस्कृति सभ्यतालाई विश्व रंगमंचमा प्रस्तुत गर्दै,बजार व्यवस्थापन गर्ने हाम्रो मूल उद्देस्य  अनरुप अन्तराष्ट्रिय कलाकार मंच, यूरोप महाशाखाले आफ्नो वार्षिक कार्यक्रम तय गरेको सम्बन्धित सबैमा जानाकारी गराउदछौ। कार्यक्रम तदअनुसार हुनेछ। 2014 March 29 र 30 तारिखका दिन नेपालका चलचित्रकर्मीहरुको बिशिष्ठ संघ संस्था सम्मिलित,विशिष्ट चलचित्रकर्मीहरुको जूरीबाट छनौट भै आएका बिशेष नेपाली चलचित्र मोहत्सव जर्मनीमा गरिनेछ त्यहाँ समाविष्ट चलचित्र मध्येबाट थप यूरोपियन फिल्मकर्मीहरुको जूरी र अन्य बिबिध प्रक्रिया पुरा गरि नितान्त निष्पक्ष, चलचित्रकर्मी सबैलाई गर्व हुने गरि २३ चैत्र २०७० अर्थात 6 April 2014 मा यूरोपको राजधानी बेल्जियममा हजारौ देशी बिदेशी दर्शकहरुको माझमा सम्पन्न हुने अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको वार्षिक कार्यक्रम Multicultural solo singing competition 2014 मा विशिष्ट नेपाली चलचित्र अवार्ड घोषणा तथा हस्तान्तरण गरिने छ। साथै यस कार्यक्रम र अडियो भिडियोको बिक्रि वितरणबाट उठने सम्पूर्ण रकम अन्तराष्ट्रिय मंच कलाकार कल्याण अक्षय कोषमा जम्मा हुने छ, जसबाट प्राप्त ब्याज निरन्तर कला साहित्य र कलाकारको हितमा लगानी गरिने छ, जसको सम्पूर्ण विवरण www.iafeu.com मा चांडैनै राखिने छ। धन्यवाद .....
-  उज्ज्वल केसी - अध्यक्ष
 यूरोप महाशाखा - अन्तराष्ट्रिय कलाकार मंच


Wednesday, April 17, 2013

अन्तर्राष्ट्रिय कलाकार मंचले भब्य रुपमा नयाँ वर्ष मनायो

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले तेलभिबको ,नेविसना इस्थित काठमाडौँ कयाफेमा शुभकामना आदान प्रदान साथै संस्कृतिक कार्येक्रम अप्रिल १३ तारिक शनिबार भब्यताका साथ सम्पन्न गर्यो|  अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका अध्यक्ष ओम प्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई प्रमुख अथितिरहनु भएको थियो साथै इजरायलमा रहेका विभिन्न संघ-सस्थाका प्रतिनिधि ,मेडियाकर्मी र इजरायलमा कार्येरत नेपालीहरु उपस्थिति रहेको

थियो|प्रमुख अथीति राजदुत प्रल्हाद कुमार प्रसाई र सभापति ओम प्रसाद प्रसाईबाट संयुक्त रुपमा पानसमा दिप प्रज्वलन सगै राष्ट्रिय गानको सुमधुर धुनको साथमा शुरुवात गरिएको थियो . दुई चरणमा बिभाजित कार्यक्रममा सस्थाका उपाध्यक्ष धर्म भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने महासचिव

Sunday, December 30, 2012

अन्तराष्ट्रिय कलाकार मँच संसारका 29 देशमा बिस्तार, एक बर्ष भित्र 40 देशमा पुर्याईदै, संपर्कमा आउन कलाकारलाई आव्हान

   अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका 29 देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका 4० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका बारेमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ  "अन्तरास्ट्रिय कलाकार मँचले कलाकारहरुलाई समेट्दै  हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म 29 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि

Monday, December 24, 2012

अन्तराष्ट्रिय कलाकार मन्च, ईजरायल शाखाको भेलाले नयाँ कार्य समितिको चयन

संसार भर आफ्नो सन्जाल फैलाउँदै कला र संस्कृतिका लागि कार्यरत, २९ देश हरुमा शाखा बिस्तार गरिसकेको विश्वकै पहिलो अन्तराष्ट्रिय कलाकार मँच, International Artists Forum (www.IAFAmerica.com) को ईजरायल शाखा  सदस्यहरुको भेलाले नयाँ कार्य समितिको चयन् गरेको छ । ओम प्रसाइको अध्यक्षतामा

Monday, November 5, 2012

नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिकालाई अन्तराष्ट्रिय कलाकार मँचले मान्यता प्रदान गर्दै मँचका उपाध्यक्ष यम बराललाई मँचका तर्फबाट प्रतिनिधित्व गर्न अनुमती, मँचका कुनै पनि सदस्य उक्त संस्थामा आबद्ध भै कृयाशिल हुन सक्ने


नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिका ( UNAA -युना) ले आउने नोभेम्बर १७ तारीखको दिन न्यूयॉर्कमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यूयोर्कको कुईन्स स्थित कुईन्स प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा कलाकारहरुको जम्बो टोलीले बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्ने भएकाछन ।अमेरिकामा रहेका नेपाली कलाकारहरुको सहयोगार्थ आयोजना गरिन लागेको उक्त
कार्यक्रमलाई न्यूयोर्कमा ऐतिहासिक कार्यक्रमको रुपमा हेरिदै आएको छ ।"कार्यक्रममा गीत / संगीत र नृत्य

Tuesday, October 16, 2012

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको विधिवत उद्घाटन

- रवि रोषी, दोहा
केन्द्रिय कार्यालय अमेरिका रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्चको कतार शाखाको गत विहिवार विधिवत रुपमा उद्घाटन भएको छ । मञ्चको कतार शाखामा मोडेल तथा नायिका सोविता सिंखडा अध्यक्ष रहेकी छिन् । मञ्चका उपाध्यक्ष भविन्द्र तामाङद्धारा मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण कलाकर्मीहरुलाई समेट्ने योजना र प्रवासमा पनि गायन, अभिनय, गीत संगीतमा अभिरुचि राख्ने सवैलाई
एउटै छातामा समेट्ने हेतुले मञ्चको आवश्यकता रहेको बताएका थिए । संस्थागत रुपमा समेटिएर अघि बढ्न सकेमा कला संग आवद्ध कलाकर्मीहरुलाई परेको बिपत्ती तथा अन्य सहयोग गर्न र कलाकै क्षेत्रमा पनि एकजुट भई काम गर्दा सफलता हात पर्ने कुरा तामाङले बताएका थिए । प्रारम्भिक कमिटीमा आवद्ध सम्पुर्ण सदस्यहरुको आफु संलग्न र कलासंग सम्बद्ध प्रतिभालाई सबैमाझ प्रोजेक्टरबाट प्रस्तुत गरीएको थियो । अमेरिकामा केन्द्रिय कार्यालय रहेको सो मञ्चमा ४८ सदस्य रहेका छन् भने कतारमा चाहिँ संरक्षक, सल्लाहकार तथा मिडिया सल्लाहकार सहित १६ सदस्यीय समिती गठन भैसकेको छ । कलाकारहरुको हक हित र आपकालिन अवस्थाको लागि कल्याण कोषको आवश्यक पर्ने भएको हुनाले कल्याण कोष स्थापना गरिएको बारेमा पनि संरक्षक तथा कार्यक्रम सञ्चालक निराजन भण्डारीले सोही समय सबैमाझ घोषणा गरेका थिए । सो कार्यक्रमको समुद्घाटन नेपाली

Wednesday, October 10, 2012

विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन, मँच संसार का २९ देश मा बिस्तार

           विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन भएको छ, यो सँगै अन्तराष्ट्रिय कलाकार मँच संसार का २९ देश मा बिस्तार भएको छ । स्विजरल्याण्ड शाखा उनान्तिसौ शाखा हो ।   स्विजरल्याण्ड शाखा मा निम्नानुसार  हुनुहुन्छ :
 सल्लाहकार - जंगम खडका 
सल्लाहकार - नाशिर सरिफ्फी 
अध्यक्ष - कृष्ण सापकोटा 
उपाध्यक्ष - शशी शंकर यादव 
महासचिव - भास्कर अधिकारी
सचिव - इश्वर बर्तौला 
कोषाध्यक्ष - गौरी गुभाजु 
सदस्य - लक्ष्मी थपलिया 
सदस्य - नबराज घिमिरे 
अन्तराष्ट्रिय कलाकार मँच युरोप महाशाखाका अध्यक्ष उज्ज्वल केसी र शाखा परिवार को कृयाशिलतामा स्थापित उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँच अमेरिका ले बिधान अनुसार स्विक्रिती एबम मान्यता प्रदान गर्ने निर्णय गरेको कुरा मँच का प्रबक्ता एबम केन्द्रिय सचिब प्रकाश नेपाल ले बताउनुभएको छ ।
नेपालका अनुसार यो शाखाले पनि कला र संस्कृतिका लागि उदाहरणिय काम गर्न सकोस भन्दै मंचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल ले नब निर्बाचित सबैलाई बधाई र शुभकामना दिनुभएको छ । 

Thursday, August 30, 2012

अन्तर्राष्ट्रिय कलाकार मञ्चले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठलाई सम्मानका साथै आर्थिक सहयोग

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनी शाखाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठलाई सम्मानका साथै आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तुलसी घिमिरे, निर्माता तथा नायक आकाश अधिकारी, गायक धीरज राई लगायतको

अन्तराष्ट्रिय कलाकार मंचको २८ औँ शाखा कतारमा स्थापना

अन्तराष्ट्रिय कलाकार मंच - INTERNATIONAL ARTISTS FORUM (www.IAFAmerica.com) को अर्को शाखा कतारमा पनि स्थापना भएको छ । मँचका यस अघि नै २७ देश मा शाखाहरु बिस्तार भैसकेकाले यो २८ औँ शाखा हुन पुगेको छ । संसार मै पहिलो पटक कला र संस्कृतिका लागि काम गर्ने, संसार भरिका

Monday, August 13, 2012

अन्तराष्ट्रिय कलाकार मंचको बेल्जियम शाखा गठन

 अन्तराष्ट्रिय कलाकार मँचद्वारा  युरोप महाशाखाको समेत सिफारिशमा मँचको बिधान बमोजिम गठित उक्त बेल्जियम शाखालाई मान्यता प्रदान
मिति १२-०८-२०१२ मा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाका अध्यक्ष उज्ज्वल के.सी. को सभापतित्वमा बसेको कलाकर्मी तथा समाजसेवीहरुको भेलाले तपसिलका पदाधिकारी ज्यूहरु रहने गरि अन्तराष्ट्रिय कलाकार मंचको बेल्जियम शाखा गठन गरेको छ । मँचको युरोप महाशाखाले जनाए अनुसार

Wednesday, August 1, 2012

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको सूचना तथा अनुरोध

 राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका  कलाकर्मीहरु संग सहकार्य गर्दै २००८ बाट अमेरिकामा केन्द्रिय कार्यालयको रुपमा रजिष्टर्ड भै हाल बिभिन्न मुलुकमा शाखा बिस्तारित  मुलत : बिदेशमा रहनु भएका अभिनय,नृत्य,संगीत,लेखन,चित्रका रिता कुनै पनि कलाकर्ममा लाग्नु भएका कलाकर्मी ज्यूहरुको आधिकारिक अभिलेख तयार पार्दै वहाँहरुका  सृजना र पहिचानलाई अन्तराष्ट्रिय जगतमा स्थापित गर्नका लागि सक्रिय हुन् र  हाम्रो नेपाली कला साहित्य र संस्कृतिको प्रचार प्रसार र कलाकर्मीहरुलाई बिदेशी भूमिमा आवस्यक पर्दा साथ सहयोग जुटाउन एक जुट हुँदै आएको यस मंचको बेल्जियममा पनि शाखा गठन  गर्न उपस्थित भै सहभागिताको लागि सम्पूर्ण बेल्जियमवासी  कलाकर्मी ज्यूहरुलाई हार्दिक अनुरोधका साथमा समय अभावका कारणले उपस्थित हुन् नसक्नु हुने कलाकर्मी ज्यूहरुले कृपया आफनो सहकार्यको सहमति वा बिमति सम्बन्धमा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको ई -मेल  iartistf@gmail.com  मा वा 0032488288783 मा SMS मार्फत  लिखित जानकारी प्रेषित गरिदिनुहुन साथै यदि मंचको कुनै पदीय दाइत्व लिई कार्य गर्न चाहनुहुन्छ भने अनिवार्य रुपले उपस्थित भै दिनुहुन यसै सूचना द्वारा  हार्दिक आमान्त्रण तथा  अनुरोध गर्दछौ  साथै अन्य यूरोपेली मूलुकमा रहनु भएका कलाकर्मी ज्यूहरु यदि तपाईहरु रहनु भएको

Thursday, July 26, 2012

अन्तराष्ट्रिय कलाकार मँच युरोप महा शाखा पुनर्गठन

संसार का २५ भन्दा बढी देशमा अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार, बिस्तारको क्रम जारी

अन्तराष्ट्रिय कलाकार मँचको बिधान बमोजिम, केन्द्रिय कार्यसमितिको निती र निर्देशन लाई अनुशरण गर्दै मँच को युरोप महा शाखाका काबा अध्यक्ष उज्ज्वल केसीको पहलमा युरोप बासी कलाकार हरुको भेला, समझदारिमा महाशाखा को तदर्थ समिती लाई बिघटन गरी अन्तरराष्ट्रिय  कलाकार मँच युरोप महा शाखा पुनर्गठन गरिएको छ । पुनर्गठित कार्यसमितिमा निम्नानुसार कलाकारहरु रहनुभएको मँचको युरोप महा

Friday, July 20, 2012

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न

यहि जुलाई १३ तारिख शुक्रबार अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ,नेपाली नारिआवज इजरायल र सत्य साही केन्द्र इजरायलले इजरायलमा रहेका नेपाली हरुको भैपरी आउने सहयोगको लागि आयोजना गरेको सो कार्यक्रममा कलाकार मंचले बिबिध रोचक प्रस्तुतिको साथ हास्य व्यंग्य प्रस्तुत गरेको थियो,कलाकार मंचको सास्कृतिक कार्यक्रम पछी नेपाली फिल्म स्वीकार प्रदर्शन गरिएको थियो! सोही चलचित्रका निर्माता तथा निर्देशक श्री,रबी अर्यालको पनि उपस्थिती थियो!यसै गरी नेपाली नारी आवाज कि अध्यक्ष श्रीमती,अंबिका क्षत्री,श्री सत्य शाइ केन्द्र कि अध्यक्ष शु-श्री,नेहा गुरुङ साईराम पनि उपस्थिती हुनु भएको थियो !उक्त कार्यक्रम एक्दमै रोचक भएको र चलचित्र पनि सन्देश मुलक रहेको दर्शकहरुको भनाइ थियो !कार्यक्रमको अन्तमा सबै दर्शकहरु हर्शलाह्स पूर्ण आयोजक टीम लाई धन्न्यबाद दिदै आ-आफ्नो गन्तब्य स्थान तिर लागेका थिए ! अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाका सबै पदाधिकारी तथा सदस्य हरु र सहयोगीहरुलाइ यो सफल कार्यक्रम का लागि धन्यवाद र बधाई मँचको केन्द्रिय समितिको तर्फबाट पनि । स्मरण रहोस इजरायल शाखाले अब तिज को उपलक्ष्य मा पनि इजरायलमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।      http://www.youtube.com/watch?v=7Z4CzG3eVyE&feature=player_detailpage .


Wednesday, July 18, 2012

अन्तराष्ट्रिय कलाकार मँचद्वारा भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट

अन्तराष्ट्रिय कलाकार मँचले एक प्रेस रिलिज जारी गर्दै भर्खरै मात्र  निधन भएका भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट गरेको छ । कला र सँस्कृतिको लागि जिबन भर योगदान दिएका यि दुई हस्ती को जती प्रसँशा गरेपनी कम हुन्छ भन्दै मँचले वहाँहरुको योगदान लाई ईतिहासले कहिलै बिर्सिने छैन भनेको छ । मँचमा आबद्ध संसार भर छरिएर रहेका कलाकारहरु र मँचका २५ देशमा बिस्तारित सबै शाखा, महा शाखाका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा जारी गर्नुभएको प्रेस रिलिजमा भनिएको छ "राजेश खन्ना र दारा सिँह जस्ता कलाकारहरु मरेर पनि दर्शकहरुको मन मुटुमा सधैं  बाँचिरहनेछन र उनिहरुले देखाएको बाटोमा अरु कलाकारहरु हिंड्ने छन, यस दु:खद घडीमा हामी दुबै महान कलाकारहरु प्रती
श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं"      

Friday, June 29, 2012

अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखाले नेपालको एतिहासिक बिषयमा बनेको चलचित्र ''दशगजा'' को प्रदर्शन गर्दै


जर्मनीको एतिहासिक शहर मुनिस्टरमा राष्ट्रिय भावनाले ओतप्रोत नेपाली कथानक चलचित्र दशगजा निम्न समय, मिति र स्थानमा प्रदर्शन हुने भएको छ। हालसालै मात्र अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा गठन भएको र सो शाखाको नयाँ कार्यसमितीले नेपालको एतिहासिक बिषयमा बनेको चलचित्र ''दशगजा'' को प्रदर्शन गरि जर्मनीमा रहेका नेपाली र नेपालीका दोस्रो पुस्ताहरुलाई पनि नेपाल सम्बन्धि यस फिल्मको कथावस्तुको जानकारी हेतु कार्यक्रमको आयोजना गर्न लागेको यस अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा का महासचिव बेल गुरुङ्ले बताउनु भएको छ। बिदेशमा रहेर पनि

Sunday, June 17, 2012

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार रहनुभएको छ :    

Monday, June 4, 2012

अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना

अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको सबैभन्दा ठुलो राज्य टेक्सासका तीन ठुला शहर हरु डाल्लस, अस्टिन, हिउस्टनमा हुने भब्य कार्यक्रममा मँचका सल्लाहकार एबम लोकप्रिया नायक सरोज खनाल, चर्चित हाँस्य कलाकार मनोज गजुरेल

Thursday, March 1, 2012

नेदरल्यान्डस देशमा पनि अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन

 अमेरिकामा केन्द्रिय कार्यालय रहेको, संसारका २२ देशमा पुगिसकेको अन्तरराष्ट्रिय कलाकार मँचलाई छाता संगठन को रुपमा ग्रहण गर्दै यसको बिधान र निती नियम पालना गर्ने गरी  अन्तराष्ट्रिय कलाकार मन्चको शाखा नेदरल्यान्डसमा समेत बिस्तार भएको छ । "कला र संस्कृतिको प्रवर्द्धन र कलाकारहरुको
हितको लागि विश्वभरका कलाकार तथा कलाप्रेमीहरु एकजुटौ बनौं" भन्ने मूल उद्देश्यसहित स्थापित अन्तराष्ट्रिय कलाकार मन्चको शाखा नेदरल्यान्डसमा समेत बिस्तार भएको हो । नेदरल्यान्डसमा रहेका

Thursday, February 23, 2012

अन्तराष्ट्रिय कलाकार मँचको एक्काइसौँ देश स्तरिय शाखाको रुपमा इजरायल शाखा गठन, केन्द्रद्वारा स्वीकृती प्रदान

संसार भर फैलिदै गएको एक मात्र कला, सँस्कृती, साहित्य लगायतका बिभिन्न बिधा सँग आबद्ध कलाकार हरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन अन्तरराष्ट्रिय कलाकार मँच अब एक्काइस देशमा बिस्तार भैसकेको
छ भने यसै बर्ष भित्र तिस भन्दा बढी देशमा पुर्याउने लक्ष का साथ मँच बिस्तार अगाडि बढेको छ । यसै बिच

Monday, February 20, 2012

संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना

यस अघि नै संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना भएको छ । नेपाली, भुटानी, अमेरिकन कलाकार हरु सम्मिलित उक्त टेक्स्सास शाखाको अध्यक्ष्यमा कलाकार हरी थापा,

Monday, January 2, 2012

हाल सम्म संसार का १९ देशमा स्थापना भैसकेको अन्तरराष्ट्रिय कलाकार मँच ( International Artists Forum - www.IAFAmerica.com) को जर्जिया एटलान्टा शाखा गठन

सन २०११ को अन्तिम दिन डिसेम्बर ३१ तारिख, २०१२ को स्वागत गर्न सिँगो नेपाली समुदाय एटलान्टा शहरको हवेली रेस्टुरेन्टको सभा हलमा नेपाली साँस्कृतिक कार्यक्रमका साथमा झुमिरहेको थियो । प्रमुख अतिथी कलाकार थिए अन्तरराष्ट्रिय कलाकार मँचका

अध्यक्ष्य राम प्रसाद खनाल, साथ मा थिईेन अर्की गायिका कुमारी लामा । भुट्निज कलाकार र केही स्थानिय कलाकार समेतको सहभागिता । झुस्स दाढी पालेका तर मिठो उदघोसण गर्ने कला

Monday, November 21, 2011

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्‍यो

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म लगातार कृयाशिल बरिस्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म न्रियकार, न्रित्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोसाध्यक्षमा निर्बाचित हुनुभएको छ । कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु चुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल

Friday, November 18, 2011

फ्रान्स, जर्मनी, बेल्जियम, पोल्याण्ड, लग्जेम्बर्ग, नेदरल्याण्डस, स्पेनबाट प्रतिनिधित्व गराउंदै अन्तराष्ट्रिय कलाकार मँचको युरोप महाशाखा गठन

अन्य देशमा पनि शाखा बिस्तार गरिदै 
अन्तराष्ट्रिय कलाकार मँच , अमेरिकाको विधानअनुसार शाखाहरु बिस्तार हुने तिब्र गतिमा अघि बढेको छ। यो वर्षभित्र विश्वका कम्तिमा ३० मुलुकमा आफ्नो शाखा बिस्तार गर्ने योजनामा रहेको मँचका शाखा/प्रशाखा खुल्ने क्रम जारी रहेकै बेला अब महादेशस्तरीय महाशाखाहरु समेत गठन हुने क्रममा तिब्रता आएको छ । यसैअनुरुप युरोपका बिभिन्न मुलुकहरुमा रहेका  कला र संस्कृतिमा बिशिष्ठ

Friday, November 4, 2011

पोल्यान्ड देशमा पनि बन्यो अन्तराष्ट्रिय कलाकार मँचको नयाँ शाखा

संसार भर आफ्नो संगठन बिस्तार गर्दै कला र सँस्कृतिका लागि सक्रिय रुपमा कार्यरत अन्तराष्ट्रिय कलाकार मँचको पोल्यान्ड देशमा पनि नयाँ शाखा स्थापना भएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले

Wednesday, November 2, 2011

अन्तराष्ट्रिय कलाकार मँच संसारका 29 देशमा बिस्तार, एक बर्ष भित्र 40 देशमा पुर्याईदै, संपर्कमा आउन कलाकारलाई आव्हान

   अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका 29 देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका 4० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका बारेमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ  "अन्तरास्ट्रिय कलाकार मँचले कलाकारहरुलाई समेट्दै  हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म 29 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार

अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।

१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )

यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । 
* दुई भन्दा बढी देश गाभेर वा महादेश स्तरिय महाशाखा पनि बनाउन सकिने छ त्यसले पनि अन्य शाखा वा च्याप्टरले जस्तै केन्द्रको निती निर्देशन र बिधान अनुरुप चल्नुपर्ने छ ।  
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष महाशाखा, शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafusa.blogspot.com मा हेर्न...

Tuesday, October 18, 2011

जिरे खुर्सानी, तीतो सत्य, मेरी बास्सैका कलाकार देखि नेपालका सुप्रसिद्ध अन्य कलाकारहरु समेट्दै अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा बिस्तार !

"प्वाक्क मुखमा हान्नु जस्ता" नेपाल शाखाको अध्यक्षमा निर्बाचित !

      अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा भर्खरै बिस्तार गरिएको कुरा नेपाल शाखा अध्यक्ष एबम बरिस्ठ हाँस्य कलाकार शिवहरी पौड्यालले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । केन्द्रिय समितिले दिएको अख्तियारी अनुसार काठमाडौंमा सम्पन्न कलाकार हरुको एक भेलाले नेपाल शाखा बिस्तार गरिएको र जसमा निम्न कलाकारहरु रहनुभएको नेपाल शाखाले जनाएको छ।

Monday, October 17, 2011

संसार भरी फैलिदै छ अन्तराष्ट्रिय कलाकार मंच, पोर्तुगलमा पनि स्थापना भयो मंचको पोर्तुगल शाखा !

       नेपालबाट पोर्तुगल आइ बसोबास गरिरहेका कला प्रेमीहरुको बैठकले अन्तराष्ट्रिय कलाकार मंच पोर्तुगल शाखाको गठन गरेको छ । कमल बिष्टको संयोजकत्वमा बोलाईएको बैठकले आइतबार लिस्बनमा मंचको शाखा गठन गरेको हो। बैठकले कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्सीय कार्य समितीको चयन गरेको छ। समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा गोपाल रिजाल ,महा-सचिबमा कमल बिष्ट, सचिबमा रामहरि लामिछाने , सह -सचिबमा शिब कुँवर ,कोषध्यक्षमा कृष्ण शर्मा रहनु भएको छ। यसै गरि सदस्यहरुमा शान्ति क्षेत्री ,राधिका सापकोटा ,बिनोद खड्का , अमित गान्धारी ,इश्वरी प्रसाद कंडेल ,हरि

Tuesday, September 27, 2011

विजया दशमी तथा शुभ दिपावली २०६८ को अवसरमा
* रामप्रसाद खनाल - अध्यक्ष एबम
- अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार

Saturday, September 24, 2011

केही सुप्रसिद्ध नेपाली तथा अमेरिकी कलाकारहरुलाई केन्द्रिय कार्य समितिमा थप गर्दै अन्तराष्ट्रिय कलाकार मँचको तेस्रो चरणको बिस्तार, कलाकार र कलाकार संस्थालाई संपर्कमा आउन आह्वान

अन्तराष्ट्रिय कलाकार मँचको बिधान अनुसार केही सुप्रसिद्ध नेपाली तथा अमेरिकी कलाकारहरुलाई केन्द्रिय कार्य समितिमा थप गरिएको मँचका केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले प्रेस रिलिज जारी गर्दै जानकारी गराउनुभएको छ। अन्तराष्ट्रिय कलाकार मँचलाई अझ

Wednesday, September 21, 2011

अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना, अन्यत्र पनि बिस्तारको क्रम जारी

संसार भर शाखा उपशाखा गठन गर्दै अन्तराष्ट्रिय स्तरको कलाकार सन्जाल बनाउने अभियानका साथ अगाडि बढेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजाधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना भएको छ। अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष

Wednesday, September 7, 2011

विश्व भर नै कलाकारको एउटा ठुलो सन्जाल बनाउने निती, क्यानाडामा पनि स्थापना भयो अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा

विश्वका अन्य मुलुकका साथै अमेरिकाको बिभिन्न स्टेटमा समेत  शाखाहरु विस्तार गर्दै अगाडी बढी रहेको  अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा अहिले क्यानाडामा पनि स्थापना भएको छ | सो शाखाको  अध्यक्ष्यमा  चलचित्र नायक, निर्माता, कलाकार  इश्वर थापा, उपाध्यक्षमा कलाकार कमल थपलिया, सचिवमा गायिका तथा कवयत्री राधिका खरेल (वहा हाल एन आर एन क्यानाडाको कोषाधक्ष्य पनि हुनुहुन्छ) भने सदस्य हरुमा

Friday, September 2, 2011

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण गर्दै अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन

करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय  रुपमा काम गरिरहेको,  हाल सम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तराष्ट्रिय कलाकार मँच पुनर्गठन/बिस्तार गरिएको छ । अन्तरास्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा सन्स्क्रिती सँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र शलभ, सरोज खनाल रहनुभएको छ ।
मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल

Thursday, September 1, 2011

संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्चको फ्लोरिडा शाखा गठन

अमेरिकाको फ्लोरिडामा अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन भएको छ। संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखामा कलाकारहरु,  फ्लोरिडाका गीत संगीत कला साहित्य लाई माया गर्ने देखी समाजसेबी प्रबुद्ध सम्म क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, डा धर्म आचार्य, बिमल नेपाल, कृष्ण श्रेष्ठ र चुडामणी खनाल सल्लाहकार रहनुभएको छ भने अध्यक्ष्य मा धन मान थापा, उपाध्यक्ष्य मा देब राइ, राजेन्द्र सिंह राउत, बिकास देबकोटा, सचिबमा मोनिका प्रधान, कोसाध्यक्ष्य मा नगेन्द्र ढकाल हुनुहुन्छ। मन्चका केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालको उपस्थितीमा ओर्ल्यान्डोमा सम्पन्न भेलाले शाखाको नेत्रित्व चयन गरेको थियो। कार्य समितिका सदस्यहरुमा शान्ता घिमिरे, अशोक खनाल, हरी पौडेल, गोपाल भट्ट, तकत रावल, प्रभात सिंह, साधना शर्मा, दीपेन्द्र अधीकारी, भुवन खनाल, अन्जना डङ्गोल, बिष्णु घिमिरे, सुभाश

Saturday, August 27, 2011

तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल : पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन !

संसारभर इन्टरनेट मार्फत नेपालमदर डट कम र अन्य साइट हेर्ने महानुभाबहरु !
आज अमेरिकाको भर्जिनिया मनाससमा १३ संस्थाहरुको सहयोग र साथमा अन्तरराष्ट्रिय कलाकार मन्चद्वारा आयोजित अत्यन्त भब्य र एतिहासिक तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल गर्नुपरेकोमा फेरी एक पटक हामी क्षमा माग्दै प्रमुख आयोजकका तर्फबाट नेपाली राजदुताबास, राजदुत डा. शंकर शर्मा, सबै कलाकार, आमन्त्रित सबै, सह आयोजक, मिडिया पार्टनर सबैलाई धन्यवाद र आभार प्रकट गर्दै औपचारिक समारोहमा अभिनन्दन गर्न असमर्थ भए पनि आज पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले हामी निम्न बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन गर्दैछौं । यसरी सार्वजनिक रुपमा आम संचार माध्यम बाट अभिनन्दन गरिएको यो नै सम्भबत पहिलो पटक हुनुपर्छ । समारोह प्राकृतिक प्रकोपको कारण स्थगित भएकाले यसरी संचार माध्यम मार्फत अभिनन्दन गरिएकोमा   यसलाई सबैले सहजपूर्वक लिइदिनुहुन बिनम्र अनुरोधछ । अभिनन्दन पत्रहरु आफै यसरी बोल्छन :

Wednesday, July 20, 2011

अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुल्यो

संसारका बिभिन्न ९ वटा देशमा शाखाहरु रहेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुलेको छ। मँचका केन्द्रिय अध्यक्ष्य रामप्रसाद खनाल र कोसाध्यक्ष्य कृष्णमुरारी ढुंगेलको उपस्थिती र परामर्शमा नबगठित कोलोराडो च्याप्टरमा अध्यक्ष्य बरिस्ठ कलाकार निर्मल प्याकुरेल रहनुभएको छ । कार्य समितिको उपाध्यक्ष्यमा गायिका निर्मला श्रेष्ठ, सचिब नबराज श्रेष्ठ, कोसाध्यक्ष्य तारा अधिकारी, सदस्यहरुमा भुपेन्द्र महत, बासुदेब खनाल, शुदर्शन अधिकारी, शैलेश पोखरेल, कुमारजंग कार्की, राजु सिटौला रहनु भएको छ । अन्तराष्ट्रिय कलाकार मँचको यो कोलोराडो च्याप्टरलाई ब्यबस्थित र कृयासिल बनाउन कलाकारलाई र कला सँस्कृतिलाई माया गर्ने कोलोराडोका अभिभाबक रोहिणी शर्मा सल्लाहकार नियुक्त हुनुभएको छ । नब गठित कार्य समितिलाई हार्दिक बधाई दिदै केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले यो च्याप्टरले नेपाली कला र सँस्क्रिति को जगेर्नामा महत्वपूर्ण योगदान दिने विश्वाश ब्यक्त गर्नुभयो।

Friday, July 8, 2011

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य

Sunday, September 19, 2010

अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा तितो सत्य तथा साँगितिक साँझ अभुतपुर्ब रुपमा सम्पन्न !

अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान, अमेरिका नेपाल सहयोगी समाज, पासापुच अमेरिकाय, नेवा ओर्गनाइजेसन, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारी, तमु समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपालबाट आएका सुप्रसिद्ध हाँस्य कलाकार दिपक राज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारीले दर्शक लाई भरपुर हसाएर नचाएर मनोरन्जन प्रदान गरे, यसै गरी बरिस्ठ गायक यम बराल, चन्चले स्वभाबकी लोकप्रिय पप गायिका नलिना चित्रकार, र नब एबम हालकी चर्चित लोक गायिका सुनिता दुलालका प्रस्तुतिले पनि दर्शक हरु रमे । साथमा आयुसा खनाल र केही स्थानिय कलाकार हरुको प्रस्तुती पनि राम्रो थियो। खचा खच भरिएको हलमा नेपाली राजदुत डा शंकर शर्माले सबै कलाकार हरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रम को शुरुवात र सम्मान समारोहको सँचालन बरिस्ठ कबि, साहित्यकार एबम नेपाली साहित्य प्रतिस्ठानका महा सचिब हेमन्त श्रेष्ठ, धन्यवाद मन्तब्य अन्तराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य राम प्रसाद खनाल र सँचालन टिका पुन, सुनिता दुलाल, गोपाल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बरिस्ठ चलचित्र नायक सरोज खनालले अक्टोबर ९ मा हुने दशैं सास्कृतिक साँझमा सबैलाई निमन्त्रणा गर्दै सहयोग का लागि आह्वान गर्नुभएको थियो।

Monday, September 6, 2010

अमेरिकामा अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अन्य सात संस्थाको सहयोगमा आयोजित नाचेर उदघाटन भएको तिज महोत्सब भब्य रुपमा सम्पन्न !

अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका,
नेवा अर्गनाइजेसन अमेरिका, नेपाल पासापुच अमेरिकाय, धरान अमेरिका समाज,  America Nepal Women Association, अमेरिका नेपाल चौपारी समेतको सहयोगमा अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको....फोटोहरु र भिडियोको लागि Read More क्लिक गरेर भित्र जानुस्......