Friday, October 31, 2008

अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!

गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

-अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com
www.iafamerica.blogspot.com

Thursday, October 30, 2008

संसार भरिका कलाकारहरुको साझा चौतारी : अन्तरराष्ट्रिय कलाकार मन्च


- लेखनाथ गौतम-
फेरी अर्को संस्था जन्म्यो । जन्मनु र मर्नु वा बन्द हुनु सामान्य कुरा हुन् । संस्था जन्माउनु एक अर्थमा सामान्य नै भन्नु पर्छ । त्यस्को उद्देश्य निर्धारण गर्नु र केही गर्छु भन्ने नै सबैको चाहना हुन्छ । संस्था खोल्दा वा कुनै सामाजिक समुह श्रीजना गर्दा असल उद्देश्य र नियत नै राखिएको हुन्छ । तर त्यस्ले के गर्छ त्यो प्रमुख कुरा हो । त्यस्को कथनी र करणी बिच कत्तिको फरक छ हेर्ने त्यो हो । कसैले थाहा पाएका छैनन् भन्ने भ्रम पाले पनि तिनिहरुलाई समाजले कर्के नजरले

Friday, October 24, 2008

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको केन्द्रिय समिती बिस्तार

बिभिन्न देशहरुमा पनि मन्चका शाखाहरु बिस्तार हुने

अमेरिका केही समय अघी अमेरिकामा स्थापित अन्तराष्ट्रिय कलाकार मँचको केन्द्रिय समिती हालै बिस्तार गरिएको । गीत, संगीत , चलचित्र , हाँस्यब्यँग, नाट्य, बाद्यबादन, न्रित्य, प्रहसन, उदघोसण् लगायत बिबिध कलासँग सम्बन्धित कलाकारहरुलाई समेटेर गरिएको बिस्तार अनुसार बरिश्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनाल अध्यक्ष्य (भर्जिनिया अमेरिका), बरिस्ठ नाट्यकर्मी (मालती मंगले गिती नाटकका मंगले) हरीबहादुर थापा ऊपाध्यक्ष्य (नीयोर्क अमेरिका), थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याति कमाएकी लोकप्रिय नायिका जल शाह ऊपाध्यक्ष्य (साल्टलेकसिटी, अमेरिका), दर्जनौ चलचित्रका सफल नायक युबा ढुकढुकी रमेश उप्रेती महा -सचिब (बाल्टिमोर अमेरिका), नायिका एबम न्रित्यँगना अनुपमा प्रसाइ कोइराला सचिब (भर्जिनिया अमेरिका) , चलचित्र अभिनेता, निर्देशक कृष्णमुरारी ढुङ्गेल कोसाध्यक्ष्य (क्लोराडो अमेरिका ) रहनु भएको

केन्द्रिय कार्यसमितीका सम्मानित सदस्यहरुमा बरिश्ठ कलाकारहरु क्रमश : नायिका शर्मिला मल्ल (नेपाल), लोकप्रिय नायिकाहरु करिस्मा मानन्धर पूजा चन्द (बाल्टिमोर अमेरिका), नायक सुरेश मरहठ्हा, गायिका ममता दीप बीम (क्यलिफोर्निया अमेरिका), प्यारोडी सम्राट रतन सुबेदी (बाल्टिमोर अमेरिका), चर्चित नायिका एबम कुशल न्रित्यङाना सारँगा श्रेष्ठ (मारिल्यान्ड अमेरिका) , सुप्रशिद्ध गायक गायिका एबम पप स्टारहरु क्रमश:  सन्जीव प्रधान र सरिस्मा आमात्य (बाल्टिमोर अमेरिका), चर्चित नायक सुधाम्शु जोशी , दर्जनौ सिरियल तथा फिल्ममा कलाकार रही सकेका बिदेशमा पनि नेपाली कला संगीत कै लागि समर्पित हरी सिवाकोटी (बेलायत), चर्चित हाँस्यब्यङगकार नारायण त्रिपाठी (वशिङ्टन डिशि, अमेरिका), बाद्यबादक्, न्रित्यकार एबम नाट्यकर्मी राज कपुर (नीयोर्क अमेरिका) , लोकप्रिय कलाकर्मी अनिल पाण्डे (क्यलिफोर्निया अमेरिका), कलाकर्मी एबम चर्चित उदघोसिका रचना सिंह (सन्फ्रान्शिस्को अमेरिका), नयाँ पुस्ताका तर प्रखर लोक तथा दोहोरी गायक पवन ओली (मारिल्यान्ड अमेरिका}, छानिनुभएको