Monday, September 10, 2018

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा नेपालको तीज बिर्साउने गरी अमेरिकामा यसरी सम्पन्न भयो तीज महोत्सब २०१८ !


 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजना ।  दुई दिन देखिको लगातार वर्षा, तर पनि अमेरिकामा रहेका दिदी बहिनीको मुहारमा छाएकै थियो हर्ष । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो - हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए ।  सेप्टेम्बर ९ तारिख आइतबार बिहान १२ बजे देखी सुरु भएको तीज महोत्सव बेलुकी ६ बजे सम्म लगातार चलिरह्यो ।

Sunday, September 2, 2018

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीद्वारा अमेरिकामा तिज महोत्सब आयोजना

तीज महोत्सब अमेरिका २०१८ : निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरु पनि !

मिती : सेप्टेम्बर ९ तारिख आईतवार
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
सबैलाई खुल्ला निमन्त्रणा 
सबैलाई निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरुको पनि ब्यबस्था ।        

आदरणीय नेपाली सँस्कृति प्रेमीज्यूहरू,
नमस्कार ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा आगामी मिति सन् २०१८ सेप्टेम्बर ९ आईतवारका  दिन फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित
दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ मनाउन गईरहेको ब्यहोरा सबैलाई अबगतै छ। उक्त कार्यक्रममानाँच तथा गितमा भागलिन चाहने दिदी-बहिनीहरूले निम्न बमोजिम मापदण्डको पालना गरि निम्न लिखित