Monday, December 28, 2015

अन्तर्राष्ट्रिय कलाकार मँच, कुवेत शाखा गठन,केन्द्र द्वारा मान्यता प्रदान



अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिकाको अनुमती लिएर बिधान बमोजिम गठित अन्तर्राष्ट्रिय कलाकार मँच, कुवेत शाखालाई मँच, केन्द्रिय समिति, अमेरिकाले मान्यता प्रदान गरेको छ । केन्द्रले भेलाले छानेका कार्य समितिका सबै पदाधिकारी एबम सदस्य लाई हार्दिक बधाई ज्ञापन गर्दै मँचको बिधान अनुसार कुवेत शाखा अगाडि बढ्ने विश्वाश लिएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, कुवेत शाखा, नामावली यस प्रकार

Wednesday, December 9, 2015

अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाको हालै सम्पन्न भेलाले गरेको पुनर्गठनलाई मँचको केन्द्रिय समिति अमेरिकाले गर्‍यो अनुमोदन

अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाको हालै सम्पन्न भेलाले गरेको पुनर्गठन लाई मँचको केन्द्रिय समिति अमेरिकाले आगामी दिनमा मँचको बिधान, निती, नियमलाई पूर्ण रुपमा परिपालन गर्ने गरी अनुमोदन गर्दै पुनर्गठित कार्य समितिमा आएका सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । दुई कार्यकाल पुरा गरी बिदा हुने सन्दर्भमा पुनर्गठन अघि अध्यक्ष उज्ज्वल केसीले दिनु भएको राजिनामा लाई पनि मँचको बिधानको धारा ६ अनुसार स्वीक्रित गर्दै वहाँले पहिले महाशाखाको महा सचिबको रुपमा र पछी अध्यक्षको रुपमा मँचलाई दिनु

Monday, November 30, 2015

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति अमेरिकाको जरुरी सूचना !

 १ - सार्वजनिक जानकारी :


 अन्तर्राष्ट्रिय कलाकार मँचको स्थापना भए देखी हाल सम्म स्थापित शाखाहरु, महाशाखा एबम केन्द्र बाट सम्पन्न कार्यक्रम तथा गतिबिधिहरु मँचको वेब साइट www.IAFAmerica.com मा गएर हेर्न सक्नुहुन्छ । जब तपाईंले www.IAFAmerica.com मा क्लिक गर्नुहुन्छ होम पेज खुल्ने छ । पुराना पोस्टहरु मँचका सबै गतिबिधिहरु हेर्न शुरुको होम पेज स्क्रोल गर्दै तल जानुस । होम पेजको अन्त्य अन्त्य तिर दाहिने साइडमा त्यहा OLDER POST भन्ने लिँक छ त्यसमा क्लिक गर्नुस पुरानो सङ्रालयमा जान सक्नुहुन्छ एबम तरिकाले तपाईंलाई जती पुरानो जुन चिज चाहिन्छ तपाईं त्यही OLDER POST बाटै खोज्दै जाँदा संस्था स्थापना भए देखी आज सम्मका सबै केन्द्रको जानकारीमा आए सम्मका गतिबिधी हेर्न सक्नुहुन्छ । कती पय महाशाखा शाखाहरु ले गतिबिघी गरेका भए पनि आधिकारिक रुपमा केन्द्रलाई जानकारी नगराएकोले केही गतिबिधी छुट्न गएका छन । कतिपय शाखा हरु निस्क्रिय भएकाले पनि छुट हुन गएकाछन तसर्थ अब उप्रान्त मँचको बिधान पूर्ण रुपमा पालना गर्दै बिधान अनुसार हरेक महाशाखा शाखाहरुलाई आफुले गर्न लागेका कार्यक्रम गतिबिधी गर्नु पूर्व केन्द्रलाई जानकारी गराउनुहुन र सम्पन्न गरिसके पछी पनि केन्द्रमा सो को जानकारी बिधिवत रुपमा पठाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता जानकारी केन्द्रको वेब साइट www.IAFAmerica.com मा प्रकाशन गरिनेछ र सधैंका लागि रेकर्ड पनि सुरक्षित रहनेछ । यसले मँचको बारेमा जान्न बुझ्न खोज्ने सबैलाई सहज पनि बनाउने छ भन्ने केन्द्रको विश्वाश छ ।

२ - मँचका महाशाखा, शाखाहरुलाई सूचना : 
अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रिय समितिको बिधान, निती नियम बिपरित गठन हुने वा भएका, बिधान बिपरित र केन्द्रको अनुमती बिना गठित वा गठन हुने कुनै महाशाखा, शाखा, उपशाखा इकाइहरुलाई मँचले मान्यता दिन नसक्ने जानकारी गराउँदै मँचको केन्द्रको अनुमती बिना मँचको नाम र लोगो समेत कहिं कतै दुरुपयोग भएको पाइएमा मँचको बिधान अनुसार कानुनी कार्यबाही अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै अमेरिकामा नेम ब्रान्ड दर्ता गरिसकिएको यो अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) नेपाली कलाकारहरुको मात्र अन्तरराष्ट्रिय संगठन नभएको र यसमा जुनसुकै देशका, जुनसुकै बिधाका कलाकार सँलग्न हुन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । बिधान अङ्रेजी र नेपाली दुबै भर्सनमा तथा थप जानकारीको लागि मँचको वेबसाईट www.iafamerica.com हेर्न अनुरोध गरिन्छ ।

३ - स्पस्टता : 
यो मँच कुनै सरकारी अनुदान वा दात्री संस्थाको सहयोगमा चलेको नभइ एउटा स्वायत्त संस्था स्वतन्त्र संस्था र सामाजिक, नाफा नकमाउने संस्थाका रुपमा स्थापना गरी संस्थापकहरुबाटै आफ्नै आर्थिक अनुदानमा कार्यरत रहेको सार्वजनिक जानकारी गराइन्छ । मँच ठुला कुरा गर्ने सानो काम पनि नगर्ने कुरामा विश्वाश गर्दैन तसर्थ यसका महाशाखा, शाखा, यसमा आबद्ध सबैमा केन्द्रिय समिती एउटा बिनम्र अनुरोध के गर्दछ भने - कृपया हामी जे सक्छौँ त्यो गरौँ, योगदान दिउँ, ठुला कुरा होइन साना काम गरेर योगदान दिउँ । नारा होइन काम मा विश्वाश गरौँ । केबल आलोचना होइन सकारात्मक आँखाले पनि हेरौँ । कला सँस्क्रिति गीत संगीत साहित्यको क्षेत्रमा एउटा मात्र भए पनि इँट थप्ने प्रयास गरौँ । पदको लागि मात्र मँचमा सहभागी नहोउँ । सबै सँग बिनम्र आग्रह केन्द्रिय समितिको तर्फबाट ।

४ - महाशाखा, शाखाहरुलाई ध्यानाकर्षण : 
स्थापित भैसकेका महाशाखा, शाखाहरुलाई कृयाशिल हुन, आबस्यक परे केन्द्रलाई जानकारी दिएर पुनर्गठन गर्न सबै महाशाखा, शाखाहरुलाई केन्द्र सूचित गर्दछ । दुई बर्ष सम्म कुनै कार्यक्रम वा गतिबिधी नगरेका कुनै पनि शाखाहरु भएमा त्यस्ता शाखाहरुलाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्थापन गर्न समेत सक्ने बिधान मा ब्यबस्था / नियम प्रति सबैलाई केन्द्र ध्यानाकर्षण गराउँछ । कुनै कुनै शाखाहरुद्वारा निर्मित फेसबुक वालहरुमा असान्दर्भिक कुराहरु पोस्ट गरिएको देखिन आएकोले त्यस्ता शाखाहरुलाई तत्काल वाल बाट असान्दर्भिक कुरा हटाउन समेत केन्द्र निर्देश गर्दछ । शाखा, महाशाखाहरुलाई यो पनि सुचित गरिन्छकी कुनै देशमा दर्ता गर्दा कानुनी कठिनाई आएमा ब्यबहारिकतालाई हेरी महाशाखा वा शाखा नलेखी अन्तर्राष्ट्रिय कलाकार मँच (International Artists Forum) + देशको नाम लेख्न केन्द्रले छुट दिईएको छ तर बोली, व्यबहार र अन्य लेखाइ, पत्राचार, समाचार सम्प्रेसण हरेक कुरामा महा शाखा वा शाखा वा उपशाखा केहो प्रस्ट खुलाउन अनुरोध गर्दै त्यसो नगर्ने, बिधान बिपरित कार्य गर्ने वा केन्द्रलाई जानकारी नगराइ कुनै बिधान बिपरित हुनेगरी कार्य गरेको पाइएमा बिधान अनुसार त्यस्ता महाशाखा वा शाखालाई निलम्बन देखी आबस्यक परे खारेज सम्म गरिने कुरा यसै सूचना द्वारा सूचित गरिन्छ ।

५ - शाखा बिस्तार प्रक्रिया :
 शाखा नभएका देशहरुमा शाखा बिस्तार वा काम गर्न इच्छुक कलाकारहरुले iafamerica@gmail.com मा संपर्क राख्न समेत अनुरोध गरिन्छ । " अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्यहुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्तीमा सात जना र बढीमा आवश्यकता अनुसार रहने गरी : गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
 * उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
*  सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
* संरक्षक - एक राख्न सकिने (अनिबार्य छैन )
यो अन्तर्राष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafamerica.com मा हेर्नसक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।
सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिन सक्नुहुन्छ ।
ईमेल : IAFAmerica@gmail.com , Internationalartistsforum@gmail.com
website : www.iafamerica.com
          भवदीय 
- प्रकाश नेपाल - प्रबक्ता एबम सचिब
 अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्यालय, 
 भर्जिनिया, अमेरिका

Monday, November 16, 2015

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँचका उपाध्यक्ष एबम पूर्व प्राज्ञ नाटक धरोहर हरी बहादुर थापाको निर्देशनमा पहिलो पटक नाटक प्रत्यक्ष प्रदर्शन गरिँदै !

न्यूयोर्कमा पहिलो शो डिसेम्बर १३ मा, वाशिङटन डिसीमा थिएटर हलको खोजी हुँदै !
आउंदो डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्क म्यानह्याटनको ब्रोडवेमा पहिलो पटक नेपाली नाटक मञ्चन हुंदैछ । आइतबार न्युयोर्क शहरको ज्याक्सन हाइट्समा पत्रकार सम्मेलन मार्फत यससम्बन्धी जानकारी दिइयो ।  जोडियोस् भत्किएका मनहरु नामक नाटकका लेखक हुन् अशेष मल्ल ।  नेपाली रंगमञ्चको इतिहास केलाउंदा अशेष मल्लका स्थान के हो भनी लेखिरहनै पर्दैन । नेपाली रंगमञ्चको स्थापित नाट्य समुह सर्वनामका निर्देशक हुन् मल्ल । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भुकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गर्दैछन् । अशेष मल्ल जस्ता अग्रज कलाकारसंग जोडिएका छन् रंगमञ्चकै अर्का हस्ती अर्थात हरिबहादुर थापा ।

Wednesday, October 28, 2015

बहराइनमा लोक सँस्क्रिती, कला, संगीतमा आबद्ध, यस क्षेत्रलाई माया गर्नेहरुको एक भेलाले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखा स्थापना गरे

बहराइनमा लोक सँस्क्रिती कला संगीतमा आबद्ध, यस क्षेत्रलाई माया गर्नेहरुको एक भेलाले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखा स्थापना गरेका छन । मँचको केन्द्रिय कार्यालय अमेरिकाको अनुमती एबम निर्देशनमा गठित उक्त शाखालाई केन्द्रले अनुमोदन गर्दै शाखामा आबद्ध सबैलाई केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले स्वागत र बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष खनालले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखाले कला र सँगीत लगायत यसको बिधानले समेटेका हरेक बिधामा बहराइन शाखा सफल हुनेछ भन्दै शुभकामना पनि दिनुभएको छ ।
मँचको बहराइन शाखा यस प्रकार छ :

Sunday, September 13, 2015

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सब भब्य रुपमा सम्पन्न, अमेरिकामा नेपालको झल्को !


अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजना, रातै रातै भएर सारी ब्लाउज, पोते, तिलहरी र श्रीँगार सहित आएका अमेरिकाबासी दिदी बहिनी आमा र भाउजुहरु, मग मग बसाउँदै थियो दिदी बहिनीले छरेको अत्तर, भर्जिनियाको मनासस शहरमा रहेको Splashdown Water Park, दाजुभाइ पनि के कम कम्मर मर्काउँदै, दिदी बहिनीसँग जोडको तोड गर्दै तिजका गीतमा नाच्न मस्त देखिन्थे ।
अमेरिकामा हाल सम्म भएका तिज कार्यक्रम मध्येकै भब्य र रमाइलो भन्दै मज्जा लिँदै थिए दर्शक । करिब ५ घण्टा लगातार नाचेर तिज महोत्सब मनाए नेपाली चेलीबेटी र दाजुभाइ सम्म सबैले । कोही हतार हतार नाच्दै म त काममा जानुछ भन्दै निस्किँदै थिए त कोही म त भर्खर काम सकेर आएको ढिला भएँ माफ पाउँ है भन्दै दर खाँदै र नाच्दै थिए । आउने जाने क्रम चलिरह्यो साँझ सम्म । पटलक गरी ल्याइएका बिभिन्न परिकारका मज्जा बेग्लै थिए । उद्घोसक उपाध्यक्ष भूपनारायण घर्ति मगर, सचिब परशु तिमल्सिनाहरु दर खान सबैलाई आमन्त्रित गर्दै र पाहुनाको सत्कार मा खट्दै थिए भने पुस्पा घिमिरे, शुभद्रा पराजुली, मन कुमारी थापा, बिमला निरौला, राम अधिकारी, लगायतका आयोजक सदस्यहरु र थुप्रै अरु सहयोगी हातहरुलाई तिजको दर ब्यबस्थापन,

Saturday, September 5, 2015

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा नेपाली चेलीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा तीज महोत्सव हुँदै !

कार्यक्रममा सबै भन्दा राम्रो नाच्ने तीन जना दिदी बहिनीलाई निर्णायकहरुद्वारा प्रथम द्वितिय र त्रितिय घोषणा गरी पुरस्कार स्वरुप पदक प्रदान गरिने, प्रतियोगितामा समुह वा ब्यक्तिगत रुपमा नाच्ने जो कोही पनि प्रतियोगीका रुपमा सहभागी हुन सक्ने,  महिलाहरुको नेपाली पोशाकमा आकर्शक ढंगले सजिएर आउने एक जना दिदी वा बहिनीलाई, यसै गरी नेपाली पोशाक दौरा शुरवाल ढाका टोपीमा सजिएर आउने मध्ये बाट एक जना दाजु वा भाईलाई र कार्यक्रममा सबै भन्दा बढी सक्रिय भै खट्ने योगदान दिने एक जनालाई समेत बिशेष पुरस्कार स्वरुप एक एक पदक अन्तर्राष्ट्रिय कलाकार मँचको तर्फबाट प्रदान गरिने ।
आगामी September 13, 2015 आईतवारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच,  केन्द्रिय समिती अमेरिकाको संयुक्त आयोजनामा नेपाली चेलीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा तीज महोत्सव अमेरिका (प्रतियोगी / अप्रतियोगी बिशेष कार्यक्रम)  Ben Lomond Park Dr Manassas VA 20109 (Splashdown Water Park ) मा नेपाल कै झल्को आउनेगरी नेपाली पाराले चौरमा बसेर सभ्य र अनुशासित ढंगले तीज गीत गाउने

Sunday, August 30, 2015

लोकप्रिय कलाकारहरु प्रेमराजा महत, रामप्रसाद खनाल, रतन सुबेदी, जितु नेपाल मुन्द्रे, बद्री पंगेनी, शिला आले, निरु खड्का, ढकाल बर्दर्श हरुले जुरुक्क उछाले अमेरिकाको पेन्शल्भेनियाको रमणिय शहर पिट्स्बर्ग !




World business management and consultancy को आयोजना, पेन्शल्भेनिया को रमणिय शहर पिट्स्बर्ग, भुटानी र नेपाली दुबै समुदायका करिब एक हजार दर्शकले खचाखच भरिएको हलमा जब लोकप्रिय कलाकारहरु, ख्याती प्राप्त कलाकारहरु प्रेमराजा महत, रामप्रसाद खनाल, रतन सुबेदी, जितु नेपाल मुन्द्रे, बद्री पंगेनी, शिला आले, निरु खड्का, ढकाल बर्दर्शहरु गीत, प्रहशन, नाच प्रस्तुत गर्दै गए दर्शक हरु पुरै मोहित भएर कार्यक्रम को भरपुर मनोरन्जन लिइरहेका थिए । दर्शक दिर्घामा बसेका प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की देखी बिशिस्ठ अतिथिहरु र दर्शक हरुलाई ताली पिट्दै र कलाकार हरुलाई साथ दिँदै फुर्सद थिएन । प्रेमराजा महतको पानको पात देखी बाँझो खेत मा सम्म, राम प्रसाद खनालको छाता ओझेल पारिदेउ, देउरालीमा पिपल छायाँले देखी नारायणघाटैमा लगायतका गीतहरु सम्म, रतन सुबेदीको प्यारोडी, जितु नेपाल को हाँस्यब्यँग, बद्री

Wednesday, July 29, 2015

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका सल्लाहकार आदरणीय अग्रज कलाकार, नेपाली चलचित्र क्षेत्रका धुर्ब तारा श्री नीर शाहज्यू लाई हार्दिक बधाई !

अन्तर्राष्ट्रिय  कलाकार मँच केन्द्रिय समितिका सल्लाहकार आदरणीय अग्रज कलाकार, 
नेपाली चलचित्र क्षेत्रका धुर्ब तारा 
श्री नीर शाहज्यू 
राष्ट्रपती रामवरण यादवबाट राष्ट्रिय चलचित्र दिर्घ साधना सम्मानबाट सम्मानित र नगद पुरस्कारबाट पुरस्क्रित हुनुभएकोमा मँच गौरवान्वित छ । यस अबसरमा मँचका सल्लाहकार श्री शाहज्यू लाई मँच केन्द्रिय समिती र समस्त शाखा, महा शाखाहरुका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय  कलाकार मँच, केन्द्रिय समिति अमेरिका 
समस्त परिवार 
आज अपरान्ह शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार एवं चलचित्र दीर्घ साधना सम्मान समारोहमा राष्ट्रिय डा. रामवरण यादव ज्यूबाट चलचित्र दीर्घ साधना सम्मान ग्रहण गर्दै । नगद रु. ३ लाख ५१ हजार १ सय ११ रुपैया सहितको यो सम्मान र पुरस्कारका लागि चलचित्र बिकास बोर्डले मलाई योग्य ठहर्याएकोमा मुरी मुरी धन्यवाद दिन चाहान्छु ।
- नीर शाह
 

Monday, June 15, 2015

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट बिरामी एबम भुकम्प पीडित लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछानेलाई सहयोग प्रदान


अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक बिज्ञप्ती प्रकाशित गर्दै भनेका छन " हाम्रा लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछाने प्यारालाइशिस भएर थलिनु भएको, उपचार खर्चको अभाबमा पिल्सिरहनुभएको र यसै अवस्थामा वहाँको घर भुकम्पले क्षतिभएको, बिरामी मान्छे, घर बाहिरको बास भएको खबरले हाम्रो मुटु छिया छिया भएको छ । ब्यक्तिगत रुपमा मेरा अभिन्न मित्र, सहयात्री, लोक गायक लामिछानेलाई सरकार, कुनै संघ संस्थाबाट पनि कुनै किसिमको सहयोग नभएको भन्ने गुनासो सुन्दा म झनै मर्माहित भएको छु । यस दु:खद घडीमा वहाँ लाई म सँलग्न दुई वटै संस्था अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट पचास हजार रुपैयाँं सहयोग आजै पठाएको अबगत गराउँदै देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन म अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान गर्दछु ।" अध्यक्ष खनालले अगाडि भनेका छन " लोकका गीत गाउने एउटा लोक गायक बुद्धी कृष्ण लामिछाने सबैको साझा सम्पत्ती हुन, उनलाई बँचाउनु हामी सबैको दायित्व हो, यस दु:खद घडीमा झन भुकम्पले उनलाई झनै आहत पुर्याएकोले भत्किएको घर पुनर्निर्माणमा पनि सहयोग गरिदिन म सबै सबैमा बिनम्रता पूर्वक आग्रह गर्दछु । लोक गायक लामिछानेको उपचार र बसोबास निर्माणमा सहयोगी बनेका नेपाल टेलिभिजनको मेरो कार्यक्रम "लोक दोहोरी" का मेरा पूर्व सहयोगी भाई, हालका चर्चित कलाकार, टेलिभिजन कार्यक्रम प्रस्तोता कृष्ण कंडेललाई बिशेष धन्यवाद दिँदै सहयोगी मनहरुलाई उनको मोबाइल नम्बर ९८४९३२९३१९ मा फोन गरी संपर्क गर्न, सहयोग गर्न म तर्फबाट सार्वजनिक रुपमा आह्वान गर्दछु ।"



- सरोज केसी, काठमाडौँ : पिडिमा बसेर मेरै बाटो हेरेर भन्दै गित गाउने गायक बुद्धि कृष्ण लामिछाने साच्चै यति बेला पिडि मा नै बसेर दिन काट्ने गर्दछन।  उनको शरीरको दाहिने भाग नचलेको चार बर्ष भई सक्दा पनि कुनै

Tuesday, June 9, 2015

अन्तरास्ट्रिय कलाकार मँच केन्द्रका तर्फबाट अमेरिकाबाट पठाइएको राहत र त्यसमा मँचको नेपाल शाखाबाट समेत थप गरी काभ्रे जिल्लाको ढाड गाऊमा भुकम्प पिडीतहरूलाई राहत बितरण


 अन्तरास्ट्रिय कलाकार मँच केन्द्रका तर्फबाट अमेरिकाबाट पठाइएको राहत र त्यसमा मँचको नेपाल शाखाबाट समेत थप गरी काभ्रे जिल्लाको ढाड गाऊमा भुकम्प पिडीतहरूलाई राहत बितरण गर्दै अन्तरास्ट्रिय कलाकार मँच  नेपाल शाखाका अध्यक्ष शिबहरि पौड्याल, बरिस्ठ उपाध्यक्ष किरण केसि, उपाध्यक्ष मनोज आचार्य, सदस्य सुरेन्द्र केसि र सदस्य सौगात कंडेल र साथीहरु । २०७२।२।२४


Saturday, May 23, 2015

अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती, अमेरिकाद्वारा भुकम्प पीडितहरुको उध्दार, राहत बितरणमा संलग्न सबै कलाकार हरुलाई बिशेष धन्यवाद र सम्मान ब्यक्त

नेपालमा हालै गएका ठुला २ भुकम्प पछि अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट चर्चित र लोकप्रिय कलाकारहरु क्रमश अन्तराष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल, बरिस्ठ उपाध्यक्ष किरण केसी, उपाध्यक्ष जितु नेपाल, नेपाल शाखामै आबध्द सिताराम कट्टेल, कुन्जना घिमिरे, केदार घिमिरे  देखी केन्द्रिय समितिमा रहेका लोकप्रिय कलाकारहरु हरि बहादुर थापा,  शर्मिला मल्ल, दिपकराज गिरी, दीपाश्री निरौला, अनिल पाण्डे सहित सबै कलाकार साथीहरु, यसै गरी केन्द्रिय समितिका सल्लाहकारहरु आदरणिय निर शाह देखी कृष्ण मल्ल, नारायण रायमाझी, राजाराम पौडेल, गौरी मल्ल, सरोज खनाल, राजेन्द्र शलभ सम्म सबैले उध्दार तथा राहत बितरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी भै देखाउनुभएको मानबियता र आ आफ्नो ठाउँबाट कुनै न कुनै रुपमा दिनुभएको योगदानको अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिती मुक्त कन्ठले प्रशँशा गर्दै मँचका यस्ता हस्तीहरु प्रति हार्दिक सम्मान ब्यक्त गर्दछ । यसै गरि अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका तर्फबाट हामीले गरेको सहयोगको आह्वानलाई साकार बनाउन मँचको नेपाल शाखाका सबै पदाधिकारी तथा सदस्यहरु, कतार शाखा, अध्यक्ष भबिन तामाङ देखी अन्य देशमा रहेका शाखाहरु र त्यहाँ रहेका सबै पदाधिकारी तथा सदस्यहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा खेल्नुभएको भूमिका, जे जसरी जुन माध्यमबाट भएपनी भुकम्प पिडितहरुलाइ गर्नुभएको डोनेशन सहयोग सबैका लागि पनि मँच केन्द्रिय समिती सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यस आपतको घडीमा तपाईंहरुले गर्नुभएको मानबिय, आर्थिक, भौतिक सहयोग, भुकम्प पिडितहरुलाइ दिनुभएको साथ नेपालको इतिहासमा सुनौला अक्षरमा अँकित रहनेछ । अझै पनि तपाईं हाम्रो साथ र सहयोग नेपालका भुकम्प पिडितहरुलाइ जरुरी छ र सहयोगका हातहरु लगातार अगाडि बढी रहुन केन्द्र सबैमा हार्दिक आह्वान गर्दछ ।
 - रामप्रसाद खनाल - अध्यक्ष 
अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती, अमेरिका
                               उध्दार तथा राहत बितरण : फोटोहरु अाफै यसरी बोल्छन   
     


बाँकी फोटो र भिडियोहरु हेर्न Read more »  मा क्लिक गर्नुस्

Sunday, April 26, 2015

Pray For Nepal, Help Nepal !


- International Artists Forum family 
 - International Nepali Literary society
 Washington DC, Family

Sunday, April 5, 2015

अमेरिका भर यो टिमले यसै गरि सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्नेछ !

नेपालको कलाकारिता क्षेत्रका अहिलेका चर्चित हस्तीहरु एबम् हाम्रा प्रिय कलाकार भाइहरु सिताराम कट्टेल ‘धुर्मुस’, प्रमोद खरेल, पशुपति शर्मा, बहिनिहरु कुञ्जना घिमिरे ‘सुन्तली’ तथा संगिता थापा मगर जसले हिंजो राति भर्जिनियामा आ - आफ्नो कलाको जादु देखाउनु भएर दर्शकको माया जित्नुभयो वहाँहरु सबैलाइ धन्यबाद र बधाई ! एउटा सफल कार्यक्रम, भब्य कार्यक्रम । समय बितेको पत्तै भएन ! यस बाहेक भाइ बहिनीहरुले दाजुहरु प्रति देखाएको सम्मान र माया प्रति दाजुहरु आभारी छन् । हामीलाइ पुरा बिश्वास छ अमेरिका भर भाइबहिनीहरुको यो टिमले यसै गरि सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्नेछ । दर्शकले पनि भरपुर मनोरन्जन हाशिलगर्न सक्ने छन् । यो टिमलाइ सबैको साथ र सहयोग रहोस् हाम्रो आग्रह छ ।
- रामप्रसाद खनाल
/ प्रेमराजा महत  ( अन्तराष्ट्रिय कलाकार मन्च समस्त परिवार )

Saturday, January 10, 2015

अन्तरराष्ट्रिय कलाकार मँच केन्द्रिय समितिको अत्यन्त जरुरी सूचना !

अन्तरराष्ट्रिय कलाकार मँचको केन्द्रिय समितिको बिधान, निती नियम बिपरित गठन हुने वा भएका, बिधान बिपरित र केन्द्रको अनुमती बिना गठित वा गठन हुने कुनै महाशाखा, शाखा, उपशाखा इकाइहरुलाई मँचले मान्यता दिन नसक्ने जानकारी गराउँदै मँचको केन्द्रको अनुमती बिना मँचको नाम र लोगो समेत कहिं कतै दुरुपयोग भएको पाइएमा मँचको बिधान अनुसार कानुनी कार्यबाही अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै अमेरिकामा नेम ब्रान्ड दर्ता गरिसकिएको यो अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) नेपाली कलाकारहरुको मात्र अन्तरराष्ट्रिय संगठन नभएको र यसमा जुनसुकै देशका, जुनसुकै बिधाका कलाकार सँलग्न हुन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । बिधान तथा थप जानकारीको लागि मँचको वेबसाईट www.iafamerica.com हेर्न अनुरोध गरिन्छ । स्थापित भैसकेका महाशाखा, शाखाहरुलाई कृयाशिल हुन, आबस्यक परे केन्द्रलाई जानकारी दिएर पुनर्गठन गर्न सबै महाशाखा, शाखाहरुलाई केन्द्र सूचित गर्दछ । दुई बर्ष सम्म कुनै कार्यक्रम वा गतिबिधी नगरेका कुनै पनि शाखाहरु भएमा त्यस्ता शाखाहरुलाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्थापन गर्न समेत सक्ने नियम प्रति सबैलाई ध्यानाकर्षण गराउँछ । कुनै कुनै शाखाहरु द्वारा निर्मित फेसबुक वालहरुमा असान्दर्भिक कुराहरु पोस्ट गरिएको देखिन आएकोले त्यस्ता शाखाहरुलाई तत्काल वाल बाट असान्दर्भिक कुरा हटाउन समेत केन्द्र निर्देश गर्दछ । शाखा, महाशाखाहरुलाई यो पनि सुचित गरिन्छकी कुनै देशमा दर्ता गर्दा कानुनी कठिनाई आएमा ब्यबहारिकतालाई हेरी महाशाखा वा शाखा नलेखी अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) + देशको नाम लेख्न केन्द्रले छुट दिएको छ तर बोली, व्यबहार र अन्य लेखाइ, पत्राचार, समाचार सम्प्रेसण हरेक कुरामा महा शाखा वा शाखा वा उपशाखा केहो प्रस्ट खुलाउन अनुरोध गर्दै त्यसो नगर्ने, बिधान बिपरित कार्य गर्ने वा केन्द्रलाई जानकारी नगराइ कुनै बिधान बिपरित हुनेगरी कार्य गरेको पाइएमा बिधान अनुसार त्यस्ता महाशाखा वा शाखालाई निलम्बन देखी आबस्यक परे खारेज सम्म गरिने कुरा यसै सूचना द्वारा सूचित गरिन्छ । शाखा नभएका देशहरुमा शाखा बिस्तार वा काम गर्न इच्छुक कलाकारहरुले iafamerica@gmail.com मा संपर्क राख्न समेत अनुरोध गरिन्छ । 
- प्रकाश नेपाल - प्रबक्ता एबम सचिब 
अन्तरराष्ट्रिय कलाकार मँच 
                केन्द्रिय कार्यालय भर्जिनिया अमेरिका