Friday, November 4, 2016

अन्तर्राष्ट्रिय कलाकार मँचको जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न, दुबै देशमा नयाँ कार्य समिती बने

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको बिधान र परामर्श अनुसार मँचका दुई शाखाहरु जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न भएका छन । मँचको युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्यालले केन्द्रलाई दिनुभएको जानकारी अनुसार जर्मनीमा बेल गुरुङको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच जर्मनी शाखा को नयाँ कार्य समिती बनेको छ भने साइप्रसमा कोपिला दाहाल सुबेदीको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच साइप्रस शाखा कार्य समिती बनेको छ । युरोप महाशाखाको अनुरोध अनुसार अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रले दुबै शाखालाई अनुमोदन गर्दै मँचको केन्द्रको बिधान को अधिनमा रही कला, साहित्य, सँस्कृती लगायतका सम्बन्न्धित क्षेत्रमा क्रियाशिल भै काम गर्न निर्देश गर्दै दुबै कार्य समितिमा आउनुभएका कार्य समितिका अध्यक्ष सहित सबै पदाधिकारी, सदस्य, सँरक्षक, सल्लाहकार सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । शाखा बन्नु मात्र ठुलो कुरा होइन कुन शाखाले कती योगदान दिन सक्छन त्यो महत्वपूर्ण कुराहो भन्दै कला र सँस्कृतिका लागि आ आफ्नो ठाउँं बाट महत्वपूर्ण भूमिका निर्वहाँ गर्न म जर्मनी र साइप्रस दुबै शाखा का नब निर्बाचित मित्रहरुलाई आह्वान