Sunday, September 28, 2014

लोक तथा दोहोरी गायक दुर्गा रायमाझी लाई हार्दिक बधाई !


हाम्रा साथी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका पूर्व अध्यक्ष–संरक्षक एवं कलाकार कल्यााण्कारी कोषका अध्यक्ष लोक तथा दोहोरी गायक दुर्गा रायमाझी संगीत नाट्य एकाडेमी नेपालको प्राज्ञसभा सदस्य पदमा मनोनित हुनु भएकोेमा हार्दिक बधाई !
- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार

Sunday, September 7, 2014

अमेरिकाको भर्जिनिया फल्स्चर्चमा चर्चित नायक जीबन लुइटेललाई अन्तरराष्ट्रिय कलाकार मंच, युनाइटेड नेपालका तर्फबाट संयुक्त रुपमा सम्मान

अमेरिकाको भर्जिनिया फल्स्चर्चमा आयोजित एक कार्यक्रममा नेपाल को चलचित्र क्षेत्रका नयाँ पिँढिका चर्चित नायक जीबन लुइटेललाई अन्तरराष्ट्रिय कलाकार मंच, युनाइटेड नेपालका तर्फबाट संयुक्त रुपमा सम्मान गरियो । अन्तरराष्ट्रिय कलाकार मंचका सल्लाहकार एबम युनाइटेड नेपालका अध्यक्ष सरोज खनाल,  अन्तरराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल, उपाध्यक्ष किरण प्रताप केसी, मँचका केन्द्रिय सदस्य एबम चलचित्र कोरियो ग्राफर नबिन केसी, कलाकार एबम चलचित्र ठुलीका निर्माता पुस्कर पन्तले नायक लुइँटेल लाई खादा ओढाइ सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । कार्यक्रममा वहाँको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । उक्त सम्मान कार्यक्रममा पुस्कर पन्त, अनिल खड्का , किरण प्रताप केसी, रामप्रसाद खनाल, सरोज खनाल, जीबन लुइँटेलले आफ्ना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सँचालन परशु तिमील्सिनाले गर्नुभएको थियो । यस अघी आजै लोमन्स केनेमा घर मा जीबन लुइँटेल द्वारा अभिनित चलचित्र ठुली पनि प्रदर्शन गरियो जहाँ डिसी मेट्रो एरियाका नेपालीहरुले जीबन को साथमा चलचित्र हेरेका थिए ।