Tuesday, February 12, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गरिँदै, कलाकारहरुलाई संपर्क गर्न अनुरोध

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फबाट केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । वहाँका अनुसार पहिला केन्द्रिय समिती अमेरिका र त्यस लगत्तै अन्य देशहरु, शाखाहरुको पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । हाल सम्म कार्यरत केन्द्रिय समितिका कतिपय साथीहरु अमेरिका बहिर रहनुभएको र यसले गर्दा संगठनका काम कार्वाहीमा असर  परेकोले पुनर्गठन गरी संगठनलाई कृयाशिल पार्नु नै भेला र पुनर्गठनको उद्देस्य रहेको छ भन्दै खनालले भन्नुभएको छ:
 
अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरु !
अमेरिकामा दर्ता भै कार्यरत रहेको र नेपाल सहित संसारका बिभिन्न देशहरुमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिधाहरुमा पनि सँलग्न कलाकारहरुको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई यथाशिघ्र संपर्कका