Tuesday, July 4, 2023

काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ सहित सम्मान प्रदान

 
काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ सहित सम्मान प्रदान गरेको छ । सोमबार गंगबुमा आयोजित कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो । ‘सम्मानार्थ सदस्यता’ र बिशेष सम्मान प्राप्त गर्नेमा कुमार बस्नेत, रामप्रसाद खनाल, नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्व अध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे । गायिका हरिदेवी कोईराला अवस्थता र रामप्रसाद खनाल हाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन ।