Monday, November 30, 2015

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति अमेरिकाको जरुरी सूचना !

 १ - सार्वजनिक जानकारी :


 अन्तर्राष्ट्रिय कलाकार मँचको स्थापना भए देखी हाल सम्म स्थापित शाखाहरु, महाशाखा एबम केन्द्र बाट सम्पन्न कार्यक्रम तथा गतिबिधिहरु मँचको वेब साइट www.IAFAmerica.com मा गएर हेर्न सक्नुहुन्छ । जब तपाईंले www.IAFAmerica.com मा क्लिक गर्नुहुन्छ होम पेज खुल्ने छ । पुराना पोस्टहरु मँचका सबै गतिबिधिहरु हेर्न शुरुको होम पेज स्क्रोल गर्दै तल जानुस । होम पेजको अन्त्य अन्त्य तिर दाहिने साइडमा त्यहा OLDER POST भन्ने लिँक छ त्यसमा क्लिक गर्नुस पुरानो सङ्रालयमा जान सक्नुहुन्छ एबम तरिकाले तपाईंलाई जती पुरानो जुन चिज चाहिन्छ तपाईं त्यही OLDER POST बाटै खोज्दै जाँदा संस्था स्थापना भए देखी आज सम्मका सबै केन्द्रको जानकारीमा आए सम्मका गतिबिधी हेर्न सक्नुहुन्छ । कती पय महाशाखा शाखाहरु ले गतिबिघी गरेका भए पनि आधिकारिक रुपमा केन्द्रलाई जानकारी नगराएकोले केही गतिबिधी छुट्न गएका छन । कतिपय शाखा हरु निस्क्रिय भएकाले पनि छुट हुन गएकाछन तसर्थ अब उप्रान्त मँचको बिधान पूर्ण रुपमा पालना गर्दै बिधान अनुसार हरेक महाशाखा शाखाहरुलाई आफुले गर्न लागेका कार्यक्रम गतिबिधी गर्नु पूर्व केन्द्रलाई जानकारी गराउनुहुन र सम्पन्न गरिसके पछी पनि केन्द्रमा सो को जानकारी बिधिवत रुपमा पठाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता जानकारी केन्द्रको वेब साइट www.IAFAmerica.com मा प्रकाशन गरिनेछ र सधैंका लागि रेकर्ड पनि सुरक्षित रहनेछ । यसले मँचको बारेमा जान्न बुझ्न खोज्ने सबैलाई सहज पनि बनाउने छ भन्ने केन्द्रको विश्वाश छ ।

२ - मँचका महाशाखा, शाखाहरुलाई सूचना : 
अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रिय समितिको बिधान, निती नियम बिपरित गठन हुने वा भएका, बिधान बिपरित र केन्द्रको अनुमती बिना गठित वा गठन हुने कुनै महाशाखा, शाखा, उपशाखा इकाइहरुलाई मँचले मान्यता दिन नसक्ने जानकारी गराउँदै मँचको केन्द्रको अनुमती बिना मँचको नाम र लोगो समेत कहिं कतै दुरुपयोग भएको पाइएमा मँचको बिधान अनुसार कानुनी कार्यबाही अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै अमेरिकामा नेम ब्रान्ड दर्ता गरिसकिएको यो अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) नेपाली कलाकारहरुको मात्र अन्तरराष्ट्रिय संगठन नभएको र यसमा जुनसुकै देशका, जुनसुकै बिधाका कलाकार सँलग्न हुन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । बिधान अङ्रेजी र नेपाली दुबै भर्सनमा तथा थप जानकारीको लागि मँचको वेबसाईट www.iafamerica.com हेर्न अनुरोध गरिन्छ ।

३ - स्पस्टता : 
यो मँच कुनै सरकारी अनुदान वा दात्री संस्थाको सहयोगमा चलेको नभइ एउटा स्वायत्त संस्था स्वतन्त्र संस्था र सामाजिक, नाफा नकमाउने संस्थाका रुपमा स्थापना गरी संस्थापकहरुबाटै आफ्नै आर्थिक अनुदानमा कार्यरत रहेको सार्वजनिक जानकारी गराइन्छ । मँच ठुला कुरा गर्ने सानो काम पनि नगर्ने कुरामा विश्वाश गर्दैन तसर्थ यसका महाशाखा, शाखा, यसमा आबद्ध सबैमा केन्द्रिय समिती एउटा बिनम्र अनुरोध के गर्दछ भने - कृपया हामी जे सक्छौँ त्यो गरौँ, योगदान दिउँ, ठुला कुरा होइन साना काम गरेर योगदान दिउँ । नारा होइन काम मा विश्वाश गरौँ । केबल आलोचना होइन सकारात्मक आँखाले पनि हेरौँ । कला सँस्क्रिति गीत संगीत साहित्यको क्षेत्रमा एउटा मात्र भए पनि इँट थप्ने प्रयास गरौँ । पदको लागि मात्र मँचमा सहभागी नहोउँ । सबै सँग बिनम्र आग्रह केन्द्रिय समितिको तर्फबाट ।

४ - महाशाखा, शाखाहरुलाई ध्यानाकर्षण : 
स्थापित भैसकेका महाशाखा, शाखाहरुलाई कृयाशिल हुन, आबस्यक परे केन्द्रलाई जानकारी दिएर पुनर्गठन गर्न सबै महाशाखा, शाखाहरुलाई केन्द्र सूचित गर्दछ । दुई बर्ष सम्म कुनै कार्यक्रम वा गतिबिधी नगरेका कुनै पनि शाखाहरु भएमा त्यस्ता शाखाहरुलाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्थापन गर्न समेत सक्ने बिधान मा ब्यबस्था / नियम प्रति सबैलाई केन्द्र ध्यानाकर्षण गराउँछ । कुनै कुनै शाखाहरुद्वारा निर्मित फेसबुक वालहरुमा असान्दर्भिक कुराहरु पोस्ट गरिएको देखिन आएकोले त्यस्ता शाखाहरुलाई तत्काल वाल बाट असान्दर्भिक कुरा हटाउन समेत केन्द्र निर्देश गर्दछ । शाखा, महाशाखाहरुलाई यो पनि सुचित गरिन्छकी कुनै देशमा दर्ता गर्दा कानुनी कठिनाई आएमा ब्यबहारिकतालाई हेरी महाशाखा वा शाखा नलेखी अन्तर्राष्ट्रिय कलाकार मँच (International Artists Forum) + देशको नाम लेख्न केन्द्रले छुट दिईएको छ तर बोली, व्यबहार र अन्य लेखाइ, पत्राचार, समाचार सम्प्रेसण हरेक कुरामा महा शाखा वा शाखा वा उपशाखा केहो प्रस्ट खुलाउन अनुरोध गर्दै त्यसो नगर्ने, बिधान बिपरित कार्य गर्ने वा केन्द्रलाई जानकारी नगराइ कुनै बिधान बिपरित हुनेगरी कार्य गरेको पाइएमा बिधान अनुसार त्यस्ता महाशाखा वा शाखालाई निलम्बन देखी आबस्यक परे खारेज सम्म गरिने कुरा यसै सूचना द्वारा सूचित गरिन्छ ।

५ - शाखा बिस्तार प्रक्रिया :
 शाखा नभएका देशहरुमा शाखा बिस्तार वा काम गर्न इच्छुक कलाकारहरुले iafamerica@gmail.com मा संपर्क राख्न समेत अनुरोध गरिन्छ । " अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्यहुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्तीमा सात जना र बढीमा आवश्यकता अनुसार रहने गरी : गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
 * उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
*  सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
* संरक्षक - एक राख्न सकिने (अनिबार्य छैन )
यो अन्तर्राष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafamerica.com मा हेर्नसक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।
सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिन सक्नुहुन्छ ।
ईमेल : IAFAmerica@gmail.com , Internationalartistsforum@gmail.com
website : www.iafamerica.com
          भवदीय 
- प्रकाश नेपाल - प्रबक्ता एबम सचिब
 अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्यालय, 
 भर्जिनिया, अमेरिका

Monday, November 16, 2015

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँचका उपाध्यक्ष एबम पूर्व प्राज्ञ नाटक धरोहर हरी बहादुर थापाको निर्देशनमा पहिलो पटक नाटक प्रत्यक्ष प्रदर्शन गरिँदै !

न्यूयोर्कमा पहिलो शो डिसेम्बर १३ मा, वाशिङटन डिसीमा थिएटर हलको खोजी हुँदै !
आउंदो डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्क म्यानह्याटनको ब्रोडवेमा पहिलो पटक नेपाली नाटक मञ्चन हुंदैछ । आइतबार न्युयोर्क शहरको ज्याक्सन हाइट्समा पत्रकार सम्मेलन मार्फत यससम्बन्धी जानकारी दिइयो ।  जोडियोस् भत्किएका मनहरु नामक नाटकका लेखक हुन् अशेष मल्ल ।  नेपाली रंगमञ्चको इतिहास केलाउंदा अशेष मल्लका स्थान के हो भनी लेखिरहनै पर्दैन । नेपाली रंगमञ्चको स्थापित नाट्य समुह सर्वनामका निर्देशक हुन् मल्ल । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भुकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गर्दैछन् । अशेष मल्ल जस्ता अग्रज कलाकारसंग जोडिएका छन् रंगमञ्चकै अर्का हस्ती अर्थात हरिबहादुर थापा ।