
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Thursday, December 4, 2014
बरिस्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले संयुक्त रुपमा गरे भब्य अभिनन्दन र बिदाइ !
Saturday, November 22, 2014
अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा पुनर्गठन, पुनर्गठित कार्य समितिलाई २ बर्षका लागि केन्द्रले गर्यो अनुमोदन
मिति १४ /११ /२०१४ को दिन अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा को बैठक अध्यक्ष गायिका सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त बैठकमा उपस्थित कलाकारहरुको भेलाले गायिका सुनिता पाख्रिन अध्यक्षतमा विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी 2७ जना सदस्यहरुको नयाँ कार्य समितिको चयन (पुनर्गठन ) गरेको छ साथै दुइ सदस्यीय सल्लाहकारहरुको पनि चयन गरेको छ | सम्पूर्ण नव गठित पदाधिकारीहरुले (कलाकारहरुले) मंचको लक्ष्य तथा
Tuesday, October 14, 2014
नेपाली लोकगीत र संगीतक्षेत्रका एक अथक योद्धा, लोकगीत पिता जन कबि केशरी श्री धर्मराज थापा ज्यु को निधनले अन्तरराष्ट्रिय कलाकार मँच मर्माहत !
अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती प्रकासित गर्दै नेपाली लोकगीत र संगीतक्षेत्रका एक अथक योद्धा, लोकगीत पिता जन कबि केशरी श्री धर्मराज थापा ज्यु को निधनले मँच मर्माहत भएको छ भन्दै स्वर्गिय थापा ज्यु प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभएको छ । "नेपाली लोकगीत ईतिहासका कहिलै नअस्ताउने तारा श्री थापा अब हामी बीच रहनुभएन तर पनि वहाँ का कृति र वहाँले दिनुभएको अमुल्य योगदान हामी बीच सधैं बाँचिरहने छन, वहाँ को योगदान लाई अन्तरराष्ट्रिय कलाकार ऊच्च सम्मान का साथ सधैंब सम्झिरहने छ र वहाँका पाइलाहरुलाइ पछ्याइरहने छ" अध्यक्ष खनालले बिज्ञप्तीमा भन्नु भएको छ । "मँच स्वर्गिय जनकबी केशरी थापा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछ" भन्दै वहाँले "आफुलाइ ब्यक्तिगत रुपमा पनि श्री थापाले जहिले पनि लोकगीत दोहोरीगीतको क्षेत्रमा अग्रसर हुन गर्नुभएको प्रोत्साहन र दिशा निर्देशलाई पनि म सधैं सम्झिरहने छु" भन्नुभएको छ ।
Sunday, September 28, 2014
लोक तथा दोहोरी गायक दुर्गा रायमाझी लाई हार्दिक बधाई !

- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार
Monday, September 8, 2014
Sunday, September 7, 2014
अमेरिकाको भर्जिनिया फल्स्चर्चमा चर्चित नायक जीबन लुइटेललाई अन्तरराष्ट्रिय कलाकार मंच, युनाइटेड नेपालका तर्फबाट संयुक्त रुपमा सम्मान
अमेरिकाको भर्जिनिया फल्स्चर्चमा आयोजित एक कार्यक्रममा नेपाल को चलचित्र
क्षेत्रका नयाँ पिँढिका चर्चित नायक जीबन लुइटेललाई अन्तरराष्ट्रिय कलाकार
मंच, युनाइटेड नेपालका तर्फबाट संयुक्त रुपमा सम्मान गरियो ।
अन्तरराष्ट्रिय कलाकार मंचका सल्लाहकार एबम युनाइटेड नेपालका अध्यक्ष सरोज
खनाल, अन्तरराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल, उपाध्यक्ष
किरण प्रताप केसी, मँचका केन्द्रिय सदस्य एबम चलचित्र कोरियो ग्राफर नबिन
केसी, कलाकार एबम चलचित्र ठुलीका निर्माता पुस्कर पन्तले नायक लुइँटेल लाई
खादा ओढाइ सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । कार्यक्रममा वहाँको
सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । उक्त सम्मान कार्यक्रममा पुस्कर
पन्त, अनिल खड्का , किरण प्रताप केसी, रामप्रसाद खनाल, सरोज खनाल, जीबन लुइँटेलले
आफ्ना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सँचालन परशु तिमील्सिनाले
गर्नुभएको थियो । यस अघी आजै लोमन्स केनेमा घर मा जीबन लुइँटेल द्वारा
अभिनित चलचित्र ठुली पनि प्रदर्शन गरियो जहाँ डिसी मेट्रो एरियाका
नेपालीहरुले जीबन को साथमा चलचित्र हेरेका थिए ।

Friday, September 5, 2014
Thursday, August 14, 2014
लोक गायक सरोजगोपाल बज्राचार्यको ६५ वर्षको उमेरमा निधन, अन्तरराष्ट्रिय कलाकार मँच परिवार स्तब्ध
अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिका मा एक प्रेस बिज्ञप्ती जारी गर्दै पोखरामा बस्दै आएका पुराना लोक गायक सरोजगोपाल बज्राचार्यको बिहीवार बिहान ६५ वर्षको उमेरमा निधन भएको खबरले मँच परिवार स्तब्ध भएको बताउनुभएको छ । लोकप्रिय चलचित्र नायक श्री कृष्ण श्रेष्ठको निधनको आलो घाऊ सुक्न नपाउँदै फेरी अर्का जिबन्त लोक गायक सरोज गोपाललाई गुमाउनुपरेको दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा अन्तराट्रिय कलाकार मँच समस्त परिवार हार्दिक समबेदना प्रकट गर्दछ खनालले भन्नुभएको छ । पोखरा १ बगर स्थित निवासमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । बुधवार बेलुका परिवारका अन्य सदस्यसंग खानपिन गरेर सुतेका बज्राचार्य बिहान आठ बजेसम्म नउठेपछि छोरी उठाउन गएकी थिईन । तर, छोरी उठाउन जाँदा उनि अचेत भईसकेका थिए । बुबा नउठेपछि छोरीले नजिकैको मेडिकलवाट चिकित्सक बोलाएर
Wednesday, August 13, 2014
भाबपूर्ण श्रध्दान्जली !
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक श्री कृष्ण श्रेष्ठको दु:खद निधन भएको खबरले अन्तरराष्ट्रिय कलाकार मँच स्तब्ध छ । स्वर्गिय श्रेष्ठ प्रती भाबपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवार प्रती समबेदना प्रकट गर्दछौँ ।
- रामप्रसाद खनाल, अध्यक्ष
अन्तरराष्ट्रिय कलाकार मँच एबम समस्त परिवार
- रामप्रसाद खनाल, अध्यक्ष
अन्तरराष्ट्रिय कलाकार मँच एबम समस्त परिवार
अलबिदा श्री कृष्ण तिमीलाई !
-ध्रुव थापा, क्यालिफोर्निया
कृष्णको लीलानै बुझ्नै नसक्ने हुन्छ भन्ने कुरा त हामीले धर्म शास्त्रमा पडदै आएका छौ तर नेपाली चलचित्रको कृष्णले पनि त्यस्तै लीला देखाएर हामीलाई छाडेर गएको घटनाले एउटा प्रश्न उब्जाएको छ। के वास्तवमै उनलाई र उनले हालै बिवाह गरेर हनिमुन समेतमा रमाउन न पाएकी स्वेतालाई उनीहरुको बैवाहिक जीवन एति छोटो र अधुरो रहन्छ भन्ने थाहा थियो? सायद थिएन होला, नत्र भने कुन नारी बिवाह गरेको ३१ दिनमै बिधवी हुन् चाहन्छिन वा कुन पुरुषले अब म मरनै लागे हतार हतार बिवाह गरि हाल्छु भनेर सोच्थ्यो होला। यो जीवन चक्र पनि कस्तो अनौठो र रहस्यमय हुन्छ। नत्र किन स्वेता खड्का बिहान आफ्नो बिरामी श्रीमानलाई “श्री उठ्नु न “ भन्दा श्रीकृष्ण को अचल सरिर देखेर त्यहि उनकै सिरानीमा मुर्छा पर्थिन होलि र ? कति करुणादायी : स्वेताको ३१ दिने बैबाहिक जीवन ????
हालै पत्र पत्रिकामा आएको जानकारी अनुसार र दैनिक खबरमा लेखिए अनुसार ”अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ ।श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार ‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । यद्यपि परिवारमा तनाव हुने भन्दै यो खबरलाई गोप्य नै राखिएको थियो ।श्रीकृष्णको फोक्सोको समस्या पुरानै थियो । श्रीकृष्णलाई केही वर्षदेखि सुगर पनि थियो । फोक्सोमा समस्या,
सुगर, सुख्खा खोकी, निमोनिया र अन्तिममा ‘वोन क्यान्सर’ नै श्रीकृष्णको निधनको प्रमुख कारण बन्यो ।”
मृत्यु को मुखेन्जी आएर समेत मृत्युलाई चिन्न नसक्नु मानव बिकाशले हासिल गर्न नसकेको अहिले सम्मको उपलब्धि हो। हामि जत्ति नै नया कुराको अविस्कार किन नगरौ मृत्युलाई रोक्न सक्दैनौ न कि यसलाई रि प्रोग्रमिंग गरेर पुन संचालन गर्न सक्छौ। भनिन्छ इश्वरले
Sunday, June 29, 2014
अन्तराष्ट्रिय कलाकार मंच बहराइनमा पनि बिस्तार
बहराइनमा रहनु भएर
पनि कलाकारितामा सक्रिय
रहनु भएका कलाकारहरु
सम्भव भए सम्मका
औसत कलाकारहरुलाई मानामा
बहराइन ,सितल रेस्टुरेन्टमा
भेला बोलाइ बहराइनमा
सक्रिय समाजसेवीहरुको रोहवरमा अन्तराष्ट्रिय कलाकार
मंच बहराइन शाखा
गठन गरिएको छ। नव
निर्मित कार्य समिति यस
प्रकार रहेको छ। बिशेष सल्लाहकार सन्तोस
दाहाल,दुर्गा गिरी,शालिकराम पन्त ,कृष्ण
हमाल ठकुरी ,काशीनाथ
Friday, June 20, 2014
Sunday, May 4, 2014
अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखा द्वारा IAF awards 2015 ( अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५) को आयोजना
"हाम्रो अभियान कलाकर्मीलाई बिश्वब्यापी पहिचान र सम्मान" नाराका साथ २०११ बाट यूरोपमा बिस्तारित अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखाले सन् २०१५ सेप्टेम्बर २६ शनिवारका दिनबाट प्रतेक वर्ष बिभिन्न राष्ट्रहरुमा नेपाली कला, संगीत,चलचित्रको प्रचार प्रसार र बजार सृजनार्थ तथा नेपाली कला, संगीत,चलचित्र र समाजसेवीको सम्मानार्थ IAF awards 2015 ( अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५) को आयोजना गर्दैछ, जसको पहिलो सस्करण बेल्जियमको Casino Chaudfontaine ,Esplanade 1, 4050 Chaudfontaine Belgium. मा पाँच सय यूरोपियन र दूइसय नेपाली गरि जम्मा ७०० दर्शकहरुको माझ समापन गर्ने छ। उक्त कार्यक्रमलाई सफल पार्न बेल्जियमको अर्को संस्था BNFA ले सहकार्य गर्दैछ भने साथमा बेल्जियमको तर्फबाट आधिकारिक निकायको सहभागिता र प्रायोजन रहेको छ। उक्त कार्यक्रममा नेपाली कला संगीत र चलचित्र विधाका सम्मानित संस्थाका र बरिष्ठ बिज्ञ व्यक्तिहरुको बिशेष कमिटि द्वारा छनौट भै हिमालयन टि.भि., क्लासिक एफ.एम.१०१.२ मेगाहर्ज,www.iafeu.com तथा अन्य थप संचार माध्यमबाट प्राप्त दर्शक श्रोताको भोटिंगको आधारमा १४ विधाका कलाकर्मीलाई सम्मान गरिने छ भने एक नेपालका निम्ति बिदेशी भूमिबाट योगदान पुर्याउने समाजसेवीलाई समाजसेवा सम्मानबाट सम्मानित गरिने छ। कुल १५ विधामा सम्मान प्रदान गरिने कार्यक्रमको दोस्रो दिन २७ तारिखका दिन बेल्जियमको अर्को शहर एन्त्रोपेनमा सम्मानित कलाकारहरुको सम्मानमा सम्मान साँझको कार्यक्रम रहनेछ। यस कार्यक्रमको सम्पूर्ण मुनाफा अन्तराष्ट्रिय कलाकार मंच यूरोपले सन् २०१२ मा सम्पन्न यूरोप स्तरीय एक्कल नृत्य प्रतियोगिता २०१२ मा घोषणा गरि सुरु गरेको अन्तराष्ट्रिय कलाकार मंच सहायता अक्षयकोषमा जम्मा हुने छ। जुन अक्षयकोष एक करोड नेपाली रुपियाँ बराबरको हुनेछ जसबाट प्राप्त ब्याज रकम कुनै पनि कलाकर्मी आपद बिपद्मा पर्दा आवश्यक आर्थिक सहयोग गरिनेछ। वर्षान्तमा सो रकम खर्च
Saturday, March 15, 2014
अन्तरराष्ट्रिय कलाकार मँच एशिया महाशाखा गठन, महाशाखाको अध्यक्षमा नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ एबम नेपाल कि प्रख्यात गीतकार एबम साहित्यकार उन्नती बोहरा "शीला"

Thursday, March 13, 2014
Tuesday, March 11, 2014
अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय सल्लाहकार एबम बरिस्ठ नायिका गौरी मल्ल अमेरिका बसाइ छोट्याएर नेपाल फर्किँदै !
अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय सल्लाहकार एबम बरिस्ठ नायिका गौरी मल्ल अमेरिका बसाइ छोट्याएर नेपाल फर्किँदै हुनुहुन्छ । वहाँ लाई बिदाइ गर्नुपर्दा हामीहरु एकातिर दुखित भएका छौं भने अर्को तिर वहाँ जस्ती एउटा शशक्त कलाकार जसलाई राष्ट्रले फेरी स्वागत गर्न पाउनु सुखद कुरा पनि हो । हामी हाम्रो मँचको सल्लाहकार एबम कलाकार साथी गौरी मल्ललाई अमेरिका बाट हार्दिक बिदाइ गर्दै वहाँको सुस्वास्थ्य, दिर्घायु र उज्जवल भबिस्यको कामना गर्दछौँ । वहाँ जहाँ रहे पनि मँचको सल्लाहकार कायमै रहेको र आगामी दिनमा पनि मँचमा वहाँको योगदान कायमै रहने स्पस्ट गर्दछौँ । धन्यवाद ।
- राम प्रसाद खनाल - अध्यक्ष
- रमेश उप्रेती - महा सचिब एबम
अन्तरराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार
Saturday, March 8, 2014
अन्तरास्ट्रिय कलाकार मँच अमेरिका सहित अमेरिकामा रहेका चार संस्थाहरुको संयुक्त आयोजनामा आयोजित एउटा सम्मान कार्यक्रम भब्यरुपमा सम्पन्न
.jpg)
Saturday, February 22, 2014
दोहा - कतारमा अन्तराष्ट्रिय कलाकार मँच कतार शाखाले मँचका केन्द्रिय उपाध्यक्ष गायक यम बराललाई भब्य कार्यक्रमको आयोजना गरी सम्मान
कतारमा सांगितीक कार्यक्रममा आइपुगेका अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय उपाध्यक्ष एबम लोकप्रिय गायक यम बराल तथा लोकप्रिय गायीका रेश्मा सुनुवारलाई अन्तराष्ट्रिय कलाकार मँच कतार शाखाले एक भब्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । मँचका शाखा अध्यक्ष भबिन्द्र तामाङको सभापतित्वमा संम्पन्न कार्यक्रममा अध्यक्षले खादा ओढाएर तथा
Sunday, February 16, 2014
Sunday, February 2, 2014
अन्तर्राष्ट्रिय कलाकार मंचको १ करोडको अक्षयकोष खडा हुने, युरोप महाशाखा पुर्नगठन
बेल्जियम, २ फ्रेब्रुअरी । अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका अन्तरगत रही, यसकै निती नियम र बिधान पालना गर्दै युरोपमा महा शाखाको रुपमा गठित र कृयाशिल अन्तर्राष्ट्रिय कलाकार मंच, युरोप महाशाखाको साधारण सभा बेल्जियमको एन्त्वरपेनमा आइतवार सम्पन्न गर्दै सभाले पुरानो कार्यसमितिलाई विघटन गरेर कलाकार / निर्देशक उज्जल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति
Sunday, January 19, 2014
हार्दिक बधाई "६ एकान ६"
अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय समितिमा रहेका हाम्रा मित्र हरु दिपक राज गिरी, दीपा श्री निरौला, नेपाल शाखा अध्यक्ष शिवहरी पौडेल देखी मँचकै सदस्य परिवार द्वारा निर्मित अभिनित नेपाली चलचित्र "६ एकान ६" को अपार सफलताको लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई । यसले एउटा नयाँ इतिहास रच्न सकोस हार्दिक शुभकामना ।
Monday, January 13, 2014
इजरायलमा अन्तराष्ट्रिय कलाकार मंचको भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न, प्रशान्त तामाङ, अमित पौल लगायतका कलाकारको बेजोड प्रस्तुती
अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा र नमस्ते इन्टरटेनमेन्ट एसोसियसन प्रा. लि.को संयुक्त प्रस्तुति ''नेपाली साँझ २०१४ '' कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व अन्तराष्ट्रिय
कलाकार मंच इजरायल शाखाका अध्यक्ष सुनिता पाख्रिनले गर्नुभएको थियो । त्यस्तै गरि इजरायलमा रहेका संघ संस्थाका पदाधिकारीहरु अतिथिको रुपमा रहनुभएको थियो |कलाकार इण्डियन आइडल प्रशान्त तामांग , अमित पौल
Subscribe to:
Posts (Atom)