Wednesday, December 25, 2019

अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई "स्टार अफ दि इयर" को अवार्ड प्रदान

- राज लुइँटेल
काठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ ।

 साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Saturday, December 14, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च : कालापानी, लिपुलेक, लिम्पिया धुरा सहित कैयौँ नेपाली भूभागहरू माथि भारतीय कब्जाको विरोध गर्न, यो ज्यादतीका विरुद्ध संसारकै ध्यान आकर्षण गर्न आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि सबै कलाकारहरू, नेपाली समुदायमा हार्दिक अपिल

सदियौँ देखी हामी हाम्रो छिमेकी देश भारतबाट हेपिँदै, मिचिँदै, थिचिँदै आएका छौँ । हाम्रा सिमानाहरू सारिँदा, नेपाली भूभाग भारत तिर पारिँदा, हाम्रो पानी हामीलाई उपयोग गर्न नदिई बाँध बाँधेर सीमा पारी झारिँदा हामी नेपाली माथि कति अन्याय र अत्याचार भएको छ त्यसको कुनै लेखाजोखा छैन । रोटी बेटीको हाम्रो सम्बन्ध भन्दै छिमेकी राष्ट्र भारतले हामी माथि गर्दै आएको थिचोमिचो इतिहास देखी आज सम्म निरन्तर जारी छ । कालापानी, लिपुलेक, लिम्पिया धुरामा मात्र होइन नेपाल भारत सीमा क्षेत्रका हजारौँ हेक्टर नेपाली भूभाग हडप्ने, रातारात सीमा सार्ने, नेपाली भूभाग आफ्नो तिर पार्ने भारतीय गिद्दे दृष्टि अत्यन्त खेद जनक छ ।

यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।         

अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।

Monday, September 16, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकामा बसन्त चौधरीका १० कृति लोकार्पण, अभिनन्दन र विश्व काब्य यात्रा सम्पन्न, चौधरीको कला देखेर डिसी दङ्ग !

 Image may contain: 8 people, including Ram Prasad Khanal and Goma Adhikari, people smiling, people standing, suit, wedding and indoor अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र वहाँको "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी २० औं श्रृंखला" अत्यन्त भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com ) र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई  मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।

शुरुमा ४५ मिनेटको काब्य बाचन तय गरिए पनि वाशिङ्गटन बासीको फर्माइसमा वहाँले करिब डबल समय लिनुभयो । अचम्म त के भयो भने चौधरीको काब्य बाचन शुरु भए पछी दर्शक श्रोता दीर्घा वाहवाही, ताली र साथ दिन तल्लिन देखियो भने कार्यक्रम अन्त्य भए पछी पनि चौधरी सँगै झुम्मीइ रह्यो । अमेरिकाबासी नेपालीहरुका बिच चौधरी सुपर स्टार सेलिब्रेटी जस्तै भएर बिदा हुनुभयो । बिदा हुनु अघि आधा घण्टा फोटो शेशनमा तानातान मा परेका चौधरी सँग रात्रीभोज अबधी भर पनि दर्शक श्रोता झुम्मीइ रहे ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष, लोक तथा लोहोरी गायक रामप्रसाद खनालले कार्यक्रमको शुरुमै बसन्त चौधरीको विश्व काब्य यात्रा आयोजना बारेमा प्रस्ट पार्दै चौधरी सहित सबै अतिथि दर्शक र श्रोताहरुलाई स्वागत गर्नुभएको थियो ।

Saturday, August 31, 2019

अमेरिकामा १२ औँ तीज महोत्सब यसरी मनाइयो !

अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले पानसमा बत्ती बालेर र विद्वान पण्डित डा. रघुनाथ अर्यालले स्वस्ति बाचन गरेर शुरु गरिएको तीज महोत्सब अगस्त २४ दिउँसो १२ बजे शुरु भएर ६ घण्टा सम्म तीजको नाच गान लगायत बिबिध कार्यक्रम सहित सकियो ।

Tuesday, August 13, 2019

वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका लोकार्पण र "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" हुँदै

Image may contain: one or more people, eyeglasses and textImage may contain: textअन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका  लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" आयोजना गरिएको छ ।

Sunday, July 28, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार मँचका संस्थापक एबम अध्यक्ष रामप्रसाद खनालले सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त गरी नेपाल शाखाको भेलाका क्रममा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । मँचका प्रमुख सल्ल्लाहकार नीर शाह र अध्यक्ष खनाल दुबैले थप सल्लाहकारहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । यसरी सल्लाहकार नियुक्त हुनुहुने अग्रज कलाकारहरुमा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अग्रज कलाकार, चलचित्र निर्देशक, अभिनेता एबम संचारकर्मी दिनेश डिसी र लोकप्रिय हाँस्यकलाकार राजाराम पौडेल हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा शैलेन्द्र सिँखडा सहितको नयाँ कार्यसमिति, केन्द्रीय अध्यक्ष खनालका तीन कृति बिमोचन

कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजना
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF- www.IAFAmerica.com ) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेत्रित्व चयन कार्यक्रम मँचका प्रमुख सल्लाहकार एबम अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति "मुर्दाहरुको बस्ती", गीति सिडी " रामप्रसाद खनालका गीतहरु" र डिभिडी "रामप्रसाद खनालका सदाबहार गीतहरु" को सामुहिक रुपमा बिमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिवहरी पौड्यालले नेत्रित्व गर्नुभएको मँचको नेपाल शाखा कार्य समितिलाई बिदाई गरी नेपालका प्रसिद्ध कलाकार एबम कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ । 

नेपालका अग्रज कलाकारहरु क्रमश: सम्भुजित बास्कोटा, सन्तोष पन्त, हरि बहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशब भट्टराई लगायतका कलाकारहरु, प्राज्ञहरु, बुद्धिजिबीहरु, साहित्यकारहरुको गुणस्तरीय उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कला क्षेत्रका भिस्म पितामह, ज्युँदा इतिहास नीर शाहले आफु अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका स्थापना काल देखी नै यसमा आबध्द रहेको र यसले कला, सँस्कृती, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले खेल्नुभएको भूमिका अतुलनिय रहेकाले आफु अहिले पनि यो संस्थासँग जोडीइरहेको बताउनुभयो । 

Tuesday, May 21, 2019

हार्दिक धन्यवाद र आभार - अन्तर्राष्ट्रिय कलाकार मञ्च

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF - www.iafamerica.com ) को केन्द्रीय समिति हालै पुनर्गठन पश्चात हामी र हाम्रो टिमलाई बधाई ज्ञापन गर्नुहुने सबै सबैमा हार्दिक आभार प्रकट गर्दछौँ । यसै गरी हाम्रो समाचारलाई प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरिदिनुहुने सबै पत्रकार मित्रहरु, मिडियाहरुमा पनि हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौँ ।  हाम्रो संस्था के हो ? कसरी काम गरिरहेको छ ? यसका गतिबिधी कस्ता छन ? हेर्नुहोस www.iafamerica.com मा । वेबसाइट हेर्दैगर्दा पेजको अन्त्यमा आउने Older Post मा क्लिक गर्दै जानुभयो भने संस्थाका सबै गतिबिधिहरु हेर्न बुझ्न सकिने छ । धन्यवाद । प्रकाशित समाचारका केही लिँकहरु:
http://www.newsofnepal.com/2019/05/16/211507/…
https://www.brtnepal.com/2019/05/14/83747.html
https://www.enepalese.com/2019/05/228854.html
http://www.nepalayanews.com/archives/114910
http://www.iafamerica.com/2019/05/blog-post.html
http://www.nepalmother.com/2019/05/blog-post_13.html
https://voiceofwashington.blogspot.com/2019/…/blog-post.html
http://www.loksangitparakhi.com/16049/…
https://www.khasokhas.com/85425…
http://www.khullamanch.com/archives/13283…
https://www.facebook.com/…/a.81063844246…/1059718554225806/…
http://www.pahilopost.com/content/20190515113051.html…
https://www.hamropatro.com/news/details/5635940823990272…
http://www.dcnepal.com/international-artist-munch…
https://www.jananinepal.com/2019/32733…
http://jhilko.com/post/--2448…
http://www.filmykhabar.com/news/17433/…
http://www.thuloparda.com/post/30446…
http://www.plus977.net/…
https://nepalijanta.com/2019/05/127726…
http://cinepati.com/read/post/3191…
http://www.nepalesediaspora.com/archives/8697
http://www.globenepal.com/…/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%…
https://www.hollywoodkhabar.com/internationl-nepali-artisto…
https://www.beautynewsnepal.com/9634/…
https://www.jananinepal.com/2019/32966…
https://www.himalayakhabar.com/detail/70067.html…
http://www.khullamanch.com/archives/13283…
http://www.nepalayanews.com/archives/114910…

- रामप्रसाद खनाल, अध्यक्ष एबम 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, 
केन्द्रीय समिति अमेरिका समस्त परिवार 

Monday, May 20, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाको सूचना !

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका ले संसार भर रहेका कलाकारहरुलाई एकताबध्द बनाउँदै कला, लोक सँस्कृती, गीत संगीत, साहित्यका लागि काम गर्दै अगाडि बढ्ने क्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका अब बिभिन्न देशहरुमा शाखाहरु बिस्तार गर्ने अभियानमा जुटेको छ । जुन सुकै बिधाका कलाकारहरु यसमा रहेर सक्रिय रुपमा काम गर्न सक्नुहुन्छ । इच्छुक कुनै पनि बिधाका कलाकारहरुलाई iafamerica@gmail.com वा  rampdkhanal@gmail.com वा अध्यक्ष वा महासचिबको  फेसबुकको इन्बक्समा आफ्नो नाम, बिधा, हालको फोन नम्बर, ठेगाना सहित संपर्कमा आउन अनुरोध गरिन्छ । कृपया आफु शाखामा बसी काम गर्न इच्छुक भएमा आफु कुन देशमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ सो समेत खुलाई संपर्क गर्नुहुन सादर अनुरोध छ ।

केन्द्रिय समितिको पुनर्गठन पछि बिभिन्न देशमा भएका शाखाहरुको पनि पुनर्गठन, निस्क्रिय शाखाहरु बिघटन गरि नयाँ गठन गर्ने निर्णय भए अनुसार यो सूचना प्रकाशित गरिएकोछ ।

कलाकार मित्रहरु, कृपया यो सूचना तपाईंलाई जानकारी भएका अरु कलाकार साथीहरुलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।

नयाँ शाखा गठन वा पुनर्गठनमा :  

Monday, May 13, 2019

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन

* समेटिए सिनियर देखी जुनियर कलाकार सम्म, अमेरिका स्तरीय कलाकार सम्मेलन एक बर्ष भित्र, विश्व सम्मेलन दुई बर्ष भित्र गरिने 


* दुई बर्ष भन्दा बढी समय देखी निस्क्रिय शाखाहरु खारेज, ६ महिना भित्र सबै शाखाको पुनर्गठन गरिने
अमेरिकी नियम कानुन अनुसार अमेरिकामा दर्ता भई हाल संसारका कयौँ देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरी गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत दश वर्ष देखी कार्यरत, कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF - www.iafamerica.com ) को केन्द्रीय समिति हालै पुनर्गठन गरिएको छ ।

Tuesday, February 12, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गरिँदै, कलाकारहरुलाई संपर्क गर्न अनुरोध

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फबाट केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । वहाँका अनुसार पहिला केन्द्रिय समिती अमेरिका र त्यस लगत्तै अन्य देशहरु, शाखाहरुको पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । हाल सम्म कार्यरत केन्द्रिय समितिका कतिपय साथीहरु अमेरिका बहिर रहनुभएको र यसले गर्दा संगठनका काम कार्वाहीमा असर  परेकोले पुनर्गठन गरी संगठनलाई कृयाशिल पार्नु नै भेला र पुनर्गठनको उद्देस्य रहेको छ भन्दै खनालले भन्नुभएको छ:
 
अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरु !
अमेरिकामा दर्ता भै कार्यरत रहेको र नेपाल सहित संसारका बिभिन्न देशहरुमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिधाहरुमा पनि सँलग्न कलाकारहरुको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई यथाशिघ्र संपर्कका