Saturday, September 3, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै पुनर्गठन, चर्चित र लोकप्रिय कलाकारहरु सम्मिलित नेपाल शाखा यस्तो बन्यो !

 

अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै मात्र पुनर्गठन भएकोछ । नेपालको कलकारिताका बिभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने कुरा अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताउनुभएको छ । संसारका ३२ भन्दा बढी देशमा आफ्नो सन्जाल पुर्याइसकेको अन्तर्राष्ट्रिय कलाकार मँच कला साहित्य सँस्कृती गीत संगीत लगायतका बिभिन्न कला बिधामा कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन हो जुन सन २००७ मा अमेरिकामा शुरु भएको थियो । सन २००८ देखी अमेरिकामै रजिस्टर्ड भै अमेरिकी सरकारी स्तरबाट मान्यता प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन । अमेरिकामा