Wednesday, December 25, 2019

अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई "स्टार अफ दि इयर" को अवार्ड प्रदान

- राज लुइँटेल
काठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ ।

 साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Saturday, December 14, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च : कालापानी, लिपुलेक, लिम्पिया धुरा सहित कैयौँ नेपाली भूभागहरू माथि भारतीय कब्जाको विरोध गर्न, यो ज्यादतीका विरुद्ध संसारकै ध्यान आकर्षण गर्न आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि सबै कलाकारहरू, नेपाली समुदायमा हार्दिक अपिल

सदियौँ देखी हामी हाम्रो छिमेकी देश भारतबाट हेपिँदै, मिचिँदै, थिचिँदै आएका छौँ । हाम्रा सिमानाहरू सारिँदा, नेपाली भूभाग भारत तिर पारिँदा, हाम्रो पानी हामीलाई उपयोग गर्न नदिई बाँध बाँधेर सीमा पारी झारिँदा हामी नेपाली माथि कति अन्याय र अत्याचार भएको छ त्यसको कुनै लेखाजोखा छैन । रोटी बेटीको हाम्रो सम्बन्ध भन्दै छिमेकी राष्ट्र भारतले हामी माथि गर्दै आएको थिचोमिचो इतिहास देखी आज सम्म निरन्तर जारी छ । कालापानी, लिपुलेक, लिम्पिया धुरामा मात्र होइन नेपाल भारत सीमा क्षेत्रका हजारौँ हेक्टर नेपाली भूभाग हडप्ने, रातारात सीमा सार्ने, नेपाली भूभाग आफ्नो तिर पार्ने भारतीय गिद्दे दृष्टि अत्यन्त खेद जनक छ ।

यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।         

अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।