Sunday, September 19, 2010

अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा तितो सत्य तथा साँगितिक साँझ अभुतपुर्ब रुपमा सम्पन्न !

अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान, अमेरिका नेपाल सहयोगी समाज, पासापुच अमेरिकाय, नेवा ओर्गनाइजेसन, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारी, तमु समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपालबाट आएका सुप्रसिद्ध हाँस्य कलाकार दिपक राज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारीले दर्शक लाई भरपुर हसाएर नचाएर मनोरन्जन प्रदान गरे, यसै गरी बरिस्ठ गायक यम बराल, चन्चले स्वभाबकी लोकप्रिय पप गायिका नलिना चित्रकार, र नब एबम हालकी चर्चित लोक गायिका सुनिता दुलालका प्रस्तुतिले पनि दर्शक हरु रमे । साथमा आयुसा खनाल र केही स्थानिय कलाकार हरुको प्रस्तुती पनि राम्रो थियो। खचा खच भरिएको हलमा नेपाली राजदुत डा शंकर शर्माले सबै कलाकार हरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रम को शुरुवात र सम्मान समारोहको सँचालन बरिस्ठ कबि, साहित्यकार एबम नेपाली साहित्य प्रतिस्ठानका महा सचिब हेमन्त श्रेष्ठ, धन्यवाद मन्तब्य अन्तराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य राम प्रसाद खनाल र सँचालन टिका पुन, सुनिता दुलाल, गोपाल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बरिस्ठ चलचित्र नायक सरोज खनालले अक्टोबर ९ मा हुने दशैं सास्कृतिक साँझमा सबैलाई निमन्त्रणा गर्दै सहयोग का लागि आह्वान गर्नुभएको थियो।

Monday, September 6, 2010

अमेरिकामा अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अन्य सात संस्थाको सहयोगमा आयोजित नाचेर उदघाटन भएको तिज महोत्सब भब्य रुपमा सम्पन्न !

अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका,
नेवा अर्गनाइजेसन अमेरिका, नेपाल पासापुच अमेरिकाय, धरान अमेरिका समाज,  America Nepal Women Association, अमेरिका नेपाल चौपारी समेतको सहयोगमा अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको....फोटोहरु र भिडियोको लागि Read More क्लिक गरेर भित्र जानुस्......

Sunday, August 15, 2010

अन्तराष्ट्रिय कलाकार मँच अमेरिका सहित सात संस्थाको आयोजनामा अमेरिकामा नेपाली सांगितिक कार्यक्रम भब्यरुपमा सम्पन्न,

सेप्टेम्बर १८ मा फेरी ८ संस्थाको आयोजनामा तितो सत्य तथा सांगितिक साँझ आयोजना
अन्तराष्ट्रिय कलाकार मँच अमेरिका, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीको को संयुक्त आयोजना र अमेरिका नेपाल सहयोगी समाजको बिशेष सहयोगमा "नमस्ते अमेरिका" अमेरिकाको भर्जिनिया फल्सचर्च् मा (नेपाली कलाकारहरुको सांगितिक) कार्यक्रम...

Tuesday, August 3, 2010

अन्तराष्ट्रिय कलाकार मंचद्वारा अमेरिका भ्रमणमा रहेका कलाकारहरुको सम्मानमा स्वागत तथा जलपान कार्यक्रम आयोजना

नेपालबाट अमेरिकामा कार्यक्रमका सिलसिलामा आएका नेपालका चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, गोपाल अधिकारी -तितो सत्य), र वरिष्ठ गायक यम बरालको सम्मानमा अन्तराष्ट्रिय कलाकार मंच, अमेरिकाको तर्फबाट अध्यक्ष रामप्रसाद खनालले भर्जिनिया स्थित आफ्नै निवासमा एक स्वागत तथा जलपान कार्यक्रमको आयोजना गर्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला,...

Tuesday, July 27, 2010

अन्तराष्ट्रिय कलाकार मन्च, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका सहित् ७ सस्थाको आयोजनामा "नमस्ते अमेरिका" कार्यक्रम !

For details please click:

Sunday, July 18, 2010

 वरिष्ठ कलाकार तथा प्राज्ञ हरि बहादुर थापा, वरिष्ठ नायक, नायिकाद्वयः सरोज खनाल र पूजा चन्दलाई अभिनन्दन, ५ मिडिया र २ समाजसेबीलाई सम्मान
 भर्जिनिया, अमेरिका/ अन्तराष्ट्रिय   कलाकार मंच, अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा अमेरिकाको मनासस सहर नजिक हेमार्केटको डोमिनियन भ्याली, जेम्स पार्कमा सांस्कृतिक कार्यक्रम, वनभोज साथ साथै अभिनन्दन र सम्मान कार्यक्रम भव्य रुपमा....

Tuesday, May 18, 2010

अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवारको तर्फबाट हार्दिक बधाई शिवहरी पौड्याल् लाई !

अन्तराष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष्य एबम लोकप्रिय, सुप्रसिद्ध हास्य कलाकार, जिरे खुर्सानीका नायक, निर्देशक हाम्रा मित्र शिवहरी पौड्याल् भर्खरै नेपालमा सम्पन्न 'टेली अवार्ड २०६७' मा सर्बाधिक सफल "अभिनेता" को अवार्डबाट बिभुसित हुनुभएकोमा हार्दिक बधाई तथा अझ उत्तरोत्तर् प्रगतिका लागि शुभ कामना ।
-* रामप्रसाद खनाल - अध्यक्ष्य एबम
अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवार

Thursday, April 22, 2010

बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन

हाल अमेरिकामा स्टेज शो तथा भ्रमणमा रहनु भएका नेपालका चर्चित हाँस्य कलाकार, जिरे खुर्सानीका निर्देसक तथा बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन गरिएकोछ । अमेरिका मा केन्द्रिय समिती रहेको उक्त मन्चको बिभिन्न देश हरुमा शाखा हरु बिस्तार गर्ने क्रममा भर्खरै नेपाल शाखा बिस्तार गरिएको अन्तरराष्ट्रिय कलाकार मन्च का केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले प्रेस रिलिज मार्फत सबैमा जानकारी गराउनु भएको छ । साथै नेपालमा रहेका सबै कलाकारहरु लाई नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य श्री पौड्याल सँगको समन्वयमा अगाडि बढ्न आग्रह पनि गर्नु भएको छ । केही समय भित्रै नेपाल मा हरेक बिधाका कलाकार हरुको ब्यापक भेला गरिने र सो भेलाले मन्चको नेपाल शाखा लाई अझ बिस्तार गरी अगाडि बढ्ने कुरा नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य पौड्यालले जानकारी दिनु भयो ।