Thursday, December 15, 2016

अन्तर्राष्ट्रिय कलाकार मँचको प्रेस बिज्ञप्ती

अन्तर्राष्ट्रिय कलाकार मँच, यूरोप महाशाखाका अध्यक्ष दयाराम पौड्यालले महाशाखाको तर्फबाट केन्द्रलाई दिनुभएको जानकारी जारी गर्नुभएको प्रेस बिज्ञप्ती अनुसार मँचको शाखाबाट बर्खास्त भैसकेका लक्ष्मण जोशी हाल मँचबाट बिदा भैसकेका उज्वल केसीले मँचको लोगो नाम दुरुपयोग गरी यस संस्थाको हित बिपरित कार्य गरिरहेको, भ्रम छरिरहेको, बर्खास्त भैसकेको मान्छेले शाखाको नाममा फेसबुक च्याट चलाइरहेको  प्रति मँच अत्यन्त गम्भीर महाशाखाको अनुरोध अनुसार निज जोशी केसीलाई शाखाबाट गरिएको कार्वाही अनुमोदन गर्दै निजहरुले नाम जोडेका संस्थाका केही अन्य सदस्यहरुलाई पनि तत्काल आफ्नो स्थिती महाशाखा अध्यक्ष दयाराम पौड्याल सँग क्लियर गर्न सचेत गराइन्छ   मँचका बिरुध्द भ्रम फैलाउने, फेसबुकमा मँचको नक्कली अाइडीमा चलखेल गर्ने कार्य तुरुन्त रोक्न मँच आग्रह गर्दै यूरोप  महाशाखालाई तत्काल त्यस शाखामा देखिएको बिबाद सुल्झ्याउन निर्देश गर्दछ यदी यो आग्रहलाई बेवास्ता गरेमा मँचले कडा कदम चल्न वाध्य हुने कुरा सम्बन्धितहरुलाई पुन स्मरण गराइन्छ धन्यवाद  
- अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका  
****************************************************************************  
अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाद्वारा शाखामा देखिएको बिबाद बारे स्पस्ट पार्न अध्यक्ष दयाराम पौड्यालद्वारा जारी प्रेस बिज्ञप्ती
आफु मात्र कलाकार र अरु सबैलाई मानब तस्कर हुन् भन्दै दुई बर्ष महा सचिब र पछिल्लो चार बर्ष अध्यक्ष भएर केही काम गर्न नसकेका, पछिल्लो पटक उनकै अध्यक्षतामा भएको भेला बाट हटाइएका अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाका भूतपुर्ब अध्यक्ष उज्ज्वल केसीको उक्साहट र सँलग्नतामा युरोप महाशाखाले केही दिन अघि नियम बिपरित काम गरेकाले बर्खास्त गरेका महासचिब लक्ष्मण जोशीले भ्रमपूर्ण तरिकाले फेसबुक र अनलाइनहरुमा मँच बिभाजन भएको भन्ने भ्रमपूर्ण हल्ला चलाएकोले सो निन्दनिय कार्यको भ्रत्सना गर्दै उज्ज्वल केसी र लक्ष्मण जोशी दुबै मँचको युरोप महाशाखाको कुनै पदमा नरहेको र वहाँहरु दुबै जनालाई संस्थाको छबी माथि हिलो छ्याप्ने दुस्साहस नगर्न युरोप महाशाखा चेतावनी दिन चाहन्छ । यस प्रकारको वहाँहरुको भ्रममा नपर्न र मँचको केन्द्रलाई समेत बिबादमा तान्न केसी र जोशीले गरेको दुस्प्रयासबाट सजक रहन मँचका महाशाखा र नजिकमा रहेका शाखाहरु सँग युरोप महा शाखा हार्दिक अनुरोध गर्दै यस्ता गुटबन्दी गर्ने, संस्थामा समेत नरहेका ब्यक्ती बाट सचेत रहन सम्बन्धित सबैमा युरोप महाशाखा आग्रह गर्दछ ।
 * दयाराम पौड्याल - अध्यक्ष 
अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखा

Friday, December 9, 2016

हार्दिक श्रध्दान्जली अन्तर्राष्ट्रिय कलाकार मँचको तर्फबाट























अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखाका सदस्य, सबैको प्यारो कलाकार आरपी भट्टराई (लाजालाम) को अल्पायुमै निधन भएको भन्ने खबरले हामीलाई स्तब्ध तुल्याएको छ । यस दु:खद घडीमा स्वर्गीय आरपी भट्टराई प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जन लगायत सबैमा हार्दिक समबेदना ब्यक्त गर्दछौँ । यस दु:खद घडीमा शोक मनाउँदै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै आज Dec. 09, 2016 बेलुकी 7 बजे केन्डिल प्रज्ज्वलन गरिदिन मँचका सबै महाशखा, शाखा र केन्द्रमा रहनुभएका सबै कलाकारमित्रहरुलाई अनुरोध गरिन्छ
                                 - रामप्रसाद खनाल, अध्यक्ष एबम 

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती समस्त परिवार 

- शिवहरी पौडेल,  अध्यक्ष एबम 

अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखा समस्त परिवार