Thursday, April 13, 2017

बर्षकै पहिलो निशुल्क पटलक पिकनिक, बिबिध साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा निमन्त्रणा !

( Please mark your calendar - May 20, 2017, 11 am Manassas )
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा आगामी मे २०, २०१७  शनिवारका दिन निम्न स्थान र समयमा नेपाली नयाँ वर्ष  (विक्रम सम्वत २०७४), वुद्ध जयन्ती,  ग्रीष्मकालीन ऋतुको पूर्वसन्ध्याको अवसरमा बिशेष   साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ ।  नेपाली भाषा, साहित्य, कला, सँस्कृतीको सँरक्षण सम्बर्धन र बिकासमा योगदान पुर्याउने हाम्रो यात्रामा योगदान पुर्याउनुहुन सम्पूर्ण नेपाली महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।
नोट : कृपया उक्त दिन यो  कार्यक्रमलाई असार पर्ने गरी अर्को कुनै कार्यक्रम आयोजना नगररिदिन नजुधाइदिन डिसी मेट्रो एरियाका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ । 
समय:- बिहान ११ बजे
स्थान: - Splash down water park, 7500 Ben Lomond Park Dr. Manassas VA 20109
प्रवेश: - निशुल्क
पुनश्च: - गीत, नाँच, कविता, गजल, हाँस्यब्यँग, साथमा पटलक पिकनिक सहित आयोजना गरिएको यो बिशेष कार्यक्रममा सपरिवार आउनुस् रमाइलो गर्नुस्, आनन्दित हुनुहोस । यहाँ तपाईं थुप्रै अग्रज कलाकारहरु, साहित्य क्षेत्रका अग्रजहरु सँग भेट्न र वहाँहरुका प्रस्तुती हेर्न सुन्न मात्र पाउनुहुने छैन, तपाईंको प्रस्तुती पनि प्रस्तुत गर्न मौका प्रदान गरिने छ । बरु आफ्नो कुनै प्रस्तुती पहिलेनै समाबेश गर्न अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई नाम ठेगाना फोन नम्बर सहित निम्न ईमेल inlsdc@gmail.com वा iafamerica@gmail.com वा महासचिब भुपनारायण घर्तिज्यूको ईमेल bhupnarayanagm@gmail.com मा वा वा वहाँको फोन नम्बर 571-217-6782 मा

Sunday, April 9, 2017

अमेरिकामा रहेका संघ संस्था वा समुहबाट प्रस्ताब आह्वानको सूचना !


अन्तर्राष्ट्रिय कलाकार मँचको आयोजनामा अमेरिकामा रहेका सबै बिधाका उपलब्ध कलाकारहरुको अमेरिकाको कुनै एक शहरमा दुई महिना भित्रै, एक दिने सम्मेलन गरी कार्य समिती पुनर्गठन गर्ने, बिधान परिमार्जन गर्ने, मँचका आगामी दिनका कार्यक्रम बारे छलफल र निर्णय गर्ने, सोही दिन साँझ सांस्कृतिक कार्यक्रम अर्थात शो गर्ने योजना बन्दैछ । यो सम्मेलन आफ्नो शहरमा आयोजना गर्न कुनै संघ संस्था वा समुह इच्छुक हुनुहुन्छ भने कहाँ ? कसरी ? आयोजना गर्दा बेस हुन्छ प्रस्ताब आह्वान गरिन्छ । यो सम्मेलन आयोजनाको आतिथ्य र सह आयोजना गर्ने संघ संस्था वा समुहलाइ उक्त कार्यक्रम बाट उठेको रकमबाट 75 प्रतिशत प्रदान गरिनेछ । कृपया आ अाफ्ना राय, सल्लाह, प्रस्ताब र सुझाब सहित ईमेल iafamerica@gmail.com मा वा फोन नम्बर 703-419-0924 मा संपर्कका लागि बिनम्र अनुरोध छ ।
त्यसै गरी अमेरिकाका बिभिन्न राज्यमा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई पनि उल्लेखित ईमेलमा वा यहाँ इन्बक्समा आ आफ्नो नाम, हालको ठेगाना, बिधा र आफ्नो बायोडाटा विवरण पठाई संपर्कमा रहनुहुन हार्दिक अनुरोध छ ।
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
www.iafamerica.com
Note : कुनै पनि राजनीतिक पार्टीका भगिनी संगठन बाहेक अरु स्वतन्त्र र सामाजिक संघ संस्था, समुहबाट आएका प्रस्ताब मात्र स्वीकार गरिने छ । धन्यवाद ।