Saturday, October 29, 2016

धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट हार्दिक बधाई सहित सलाम

* मह जोडीले धुर्मुस र सुन्तलीले सरकारलाई नै पछि पारेको बताए

* धुर्मुस र सुन्तलीलेबस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा ब्यक्तीलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने बताए 
* राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन् 
आखिर गरे के नहुँदो रहेछ र ! के असम्भब रहेछ र ? कलाकारहरु आफ्नो कलकारिता बाट मात्र होइन मन मुटु देखिनै सामाजिक कार्यमा पनि, जनताका दु:खमा पनि साथ हुन सक्छन, हुन्छन भन्ने कुरा धुर्मुस र सुन्तलीले गरेर व्यबहारमा देखाएका छन । अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै मँचमा आबध्द हस्ती द्वय धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई मँचको तर्फबाट हार्दिक बधाई सहित सलाम गर्दछौं भनेका छन । धुर्मुस र सुन्तलीले हामी सबै कलाकारहरुलाई एउटा नौलो परिक्षणमा पनि उतारेका छन, जनता सँग जनताका दु:खहरुमा घुलमिल हुन पनि सिकाएका छन र यसबाट हामी सबैले पाठ सिक्नुपर्ने भएको छ भन्दै खनालले धुर्मुस र सुन्तलीलाई मँचका तर्फबाट निकट भबिस्यमै