Monday, November 21, 2011

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्‍यो

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म लगातार कृयाशिल बरिस्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म न्रियकार, न्रित्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोसाध्यक्षमा निर्बाचित हुनुभएको छ । कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु चुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल

Friday, November 18, 2011

फ्रान्स, जर्मनी, बेल्जियम, पोल्याण्ड, लग्जेम्बर्ग, नेदरल्याण्डस, स्पेनबाट प्रतिनिधित्व गराउंदै अन्तराष्ट्रिय कलाकार मँचको युरोप महाशाखा गठन

अन्य देशमा पनि शाखा बिस्तार गरिदै 
अन्तराष्ट्रिय कलाकार मँच , अमेरिकाको विधानअनुसार शाखाहरु बिस्तार हुने तिब्र गतिमा अघि बढेको छ। यो वर्षभित्र विश्वका कम्तिमा ३० मुलुकमा आफ्नो शाखा बिस्तार गर्ने योजनामा रहेको मँचका शाखा/प्रशाखा खुल्ने क्रम जारी रहेकै बेला अब महादेशस्तरीय महाशाखाहरु समेत गठन हुने क्रममा तिब्रता आएको छ । यसैअनुरुप युरोपका बिभिन्न मुलुकहरुमा रहेका  कला र संस्कृतिमा बिशिष्ठ

Friday, November 4, 2011

पोल्यान्ड देशमा पनि बन्यो अन्तराष्ट्रिय कलाकार मँचको नयाँ शाखा

संसार भर आफ्नो संगठन बिस्तार गर्दै कला र सँस्कृतिका लागि सक्रिय रुपमा कार्यरत अन्तराष्ट्रिय कलाकार मँचको पोल्यान्ड देशमा पनि नयाँ शाखा स्थापना भएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले

Wednesday, November 2, 2011

अन्तराष्ट्रिय कलाकार मँच संसारका 29 देशमा बिस्तार, एक बर्ष भित्र 40 देशमा पुर्याईदै, संपर्कमा आउन कलाकारलाई आव्हान

   अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका 29 देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका 4० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका बारेमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ  "अन्तरास्ट्रिय कलाकार मँचले कलाकारहरुलाई समेट्दै  हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म 29 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार

अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।

१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )

यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । 
* दुई भन्दा बढी देश गाभेर वा महादेश स्तरिय महाशाखा पनि बनाउन सकिने छ त्यसले पनि अन्य शाखा वा च्याप्टरले जस्तै केन्द्रको निती निर्देशन र बिधान अनुरुप चल्नुपर्ने छ ।  
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष महाशाखा, शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafusa.blogspot.com मा हेर्न...

Tuesday, October 18, 2011

जिरे खुर्सानी, तीतो सत्य, मेरी बास्सैका कलाकार देखि नेपालका सुप्रसिद्ध अन्य कलाकारहरु समेट्दै अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा बिस्तार !

"प्वाक्क मुखमा हान्नु जस्ता" नेपाल शाखाको अध्यक्षमा निर्बाचित !

      अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा भर्खरै बिस्तार गरिएको कुरा नेपाल शाखा अध्यक्ष एबम बरिस्ठ हाँस्य कलाकार शिवहरी पौड्यालले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । केन्द्रिय समितिले दिएको अख्तियारी अनुसार काठमाडौंमा सम्पन्न कलाकार हरुको एक भेलाले नेपाल शाखा बिस्तार गरिएको र जसमा निम्न कलाकारहरु रहनुभएको नेपाल शाखाले जनाएको छ।

Monday, October 17, 2011

संसार भरी फैलिदै छ अन्तराष्ट्रिय कलाकार मंच, पोर्तुगलमा पनि स्थापना भयो मंचको पोर्तुगल शाखा !

       नेपालबाट पोर्तुगल आइ बसोबास गरिरहेका कला प्रेमीहरुको बैठकले अन्तराष्ट्रिय कलाकार मंच पोर्तुगल शाखाको गठन गरेको छ । कमल बिष्टको संयोजकत्वमा बोलाईएको बैठकले आइतबार लिस्बनमा मंचको शाखा गठन गरेको हो। बैठकले कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्सीय कार्य समितीको चयन गरेको छ। समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा गोपाल रिजाल ,महा-सचिबमा कमल बिष्ट, सचिबमा रामहरि लामिछाने , सह -सचिबमा शिब कुँवर ,कोषध्यक्षमा कृष्ण शर्मा रहनु भएको छ। यसै गरि सदस्यहरुमा शान्ति क्षेत्री ,राधिका सापकोटा ,बिनोद खड्का , अमित गान्धारी ,इश्वरी प्रसाद कंडेल ,हरि

Tuesday, September 27, 2011

विजया दशमी तथा शुभ दिपावली २०६८ को अवसरमा
* रामप्रसाद खनाल - अध्यक्ष एबम
- अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार

Saturday, September 24, 2011

केही सुप्रसिद्ध नेपाली तथा अमेरिकी कलाकारहरुलाई केन्द्रिय कार्य समितिमा थप गर्दै अन्तराष्ट्रिय कलाकार मँचको तेस्रो चरणको बिस्तार, कलाकार र कलाकार संस्थालाई संपर्कमा आउन आह्वान

अन्तराष्ट्रिय कलाकार मँचको बिधान अनुसार केही सुप्रसिद्ध नेपाली तथा अमेरिकी कलाकारहरुलाई केन्द्रिय कार्य समितिमा थप गरिएको मँचका केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले प्रेस रिलिज जारी गर्दै जानकारी गराउनुभएको छ। अन्तराष्ट्रिय कलाकार मँचलाई अझ

Wednesday, September 21, 2011

अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना, अन्यत्र पनि बिस्तारको क्रम जारी

संसार भर शाखा उपशाखा गठन गर्दै अन्तराष्ट्रिय स्तरको कलाकार सन्जाल बनाउने अभियानका साथ अगाडि बढेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजाधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना भएको छ। अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष

Wednesday, September 7, 2011

विश्व भर नै कलाकारको एउटा ठुलो सन्जाल बनाउने निती, क्यानाडामा पनि स्थापना भयो अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा

विश्वका अन्य मुलुकका साथै अमेरिकाको बिभिन्न स्टेटमा समेत  शाखाहरु विस्तार गर्दै अगाडी बढी रहेको  अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा अहिले क्यानाडामा पनि स्थापना भएको छ | सो शाखाको  अध्यक्ष्यमा  चलचित्र नायक, निर्माता, कलाकार  इश्वर थापा, उपाध्यक्षमा कलाकार कमल थपलिया, सचिवमा गायिका तथा कवयत्री राधिका खरेल (वहा हाल एन आर एन क्यानाडाको कोषाधक्ष्य पनि हुनुहुन्छ) भने सदस्य हरुमा

Friday, September 2, 2011

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण गर्दै अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन

करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय  रुपमा काम गरिरहेको,  हाल सम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तराष्ट्रिय कलाकार मँच पुनर्गठन/बिस्तार गरिएको छ । अन्तरास्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा सन्स्क्रिती सँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र शलभ, सरोज खनाल रहनुभएको छ ।
मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल

Thursday, September 1, 2011

संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्चको फ्लोरिडा शाखा गठन

अमेरिकाको फ्लोरिडामा अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन भएको छ। संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखामा कलाकारहरु,  फ्लोरिडाका गीत संगीत कला साहित्य लाई माया गर्ने देखी समाजसेबी प्रबुद्ध सम्म क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, डा धर्म आचार्य, बिमल नेपाल, कृष्ण श्रेष्ठ र चुडामणी खनाल सल्लाहकार रहनुभएको छ भने अध्यक्ष्य मा धन मान थापा, उपाध्यक्ष्य मा देब राइ, राजेन्द्र सिंह राउत, बिकास देबकोटा, सचिबमा मोनिका प्रधान, कोसाध्यक्ष्य मा नगेन्द्र ढकाल हुनुहुन्छ। मन्चका केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालको उपस्थितीमा ओर्ल्यान्डोमा सम्पन्न भेलाले शाखाको नेत्रित्व चयन गरेको थियो। कार्य समितिका सदस्यहरुमा शान्ता घिमिरे, अशोक खनाल, हरी पौडेल, गोपाल भट्ट, तकत रावल, प्रभात सिंह, साधना शर्मा, दीपेन्द्र अधीकारी, भुवन खनाल, अन्जना डङ्गोल, बिष्णु घिमिरे, सुभाश

Saturday, August 27, 2011

तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल : पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन !

संसारभर इन्टरनेट मार्फत नेपालमदर डट कम र अन्य साइट हेर्ने महानुभाबहरु !
आज अमेरिकाको भर्जिनिया मनाससमा १३ संस्थाहरुको सहयोग र साथमा अन्तरराष्ट्रिय कलाकार मन्चद्वारा आयोजित अत्यन्त भब्य र एतिहासिक तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल गर्नुपरेकोमा फेरी एक पटक हामी क्षमा माग्दै प्रमुख आयोजकका तर्फबाट नेपाली राजदुताबास, राजदुत डा. शंकर शर्मा, सबै कलाकार, आमन्त्रित सबै, सह आयोजक, मिडिया पार्टनर सबैलाई धन्यवाद र आभार प्रकट गर्दै औपचारिक समारोहमा अभिनन्दन गर्न असमर्थ भए पनि आज पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले हामी निम्न बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन गर्दैछौं । यसरी सार्वजनिक रुपमा आम संचार माध्यम बाट अभिनन्दन गरिएको यो नै सम्भबत पहिलो पटक हुनुपर्छ । समारोह प्राकृतिक प्रकोपको कारण स्थगित भएकाले यसरी संचार माध्यम मार्फत अभिनन्दन गरिएकोमा   यसलाई सबैले सहजपूर्वक लिइदिनुहुन बिनम्र अनुरोधछ । अभिनन्दन पत्रहरु आफै यसरी बोल्छन :

Wednesday, July 20, 2011

अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुल्यो

संसारका बिभिन्न ९ वटा देशमा शाखाहरु रहेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुलेको छ। मँचका केन्द्रिय अध्यक्ष्य रामप्रसाद खनाल र कोसाध्यक्ष्य कृष्णमुरारी ढुंगेलको उपस्थिती र परामर्शमा नबगठित कोलोराडो च्याप्टरमा अध्यक्ष्य बरिस्ठ कलाकार निर्मल प्याकुरेल रहनुभएको छ । कार्य समितिको उपाध्यक्ष्यमा गायिका निर्मला श्रेष्ठ, सचिब नबराज श्रेष्ठ, कोसाध्यक्ष्य तारा अधिकारी, सदस्यहरुमा भुपेन्द्र महत, बासुदेब खनाल, शुदर्शन अधिकारी, शैलेश पोखरेल, कुमारजंग कार्की, राजु सिटौला रहनु भएको छ । अन्तराष्ट्रिय कलाकार मँचको यो कोलोराडो च्याप्टरलाई ब्यबस्थित र कृयासिल बनाउन कलाकारलाई र कला सँस्कृतिलाई माया गर्ने कोलोराडोका अभिभाबक रोहिणी शर्मा सल्लाहकार नियुक्त हुनुभएको छ । नब गठित कार्य समितिलाई हार्दिक बधाई दिदै केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले यो च्याप्टरले नेपाली कला र सँस्क्रिति को जगेर्नामा महत्वपूर्ण योगदान दिने विश्वाश ब्यक्त गर्नुभयो।

Friday, July 8, 2011

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य