Tuesday, April 30, 2013

अन्तराष्ट्रिय कलाकार मंच, यूरोप महाशाखाको सूचना !

बिगत लामो समयको अध्ययन र बिबिध अन्य अफ्रिकन यूरोपियन संस्था र विशिष्ट व्यक्तिहरु संगको लामो छलफल तथा साथ सहयोगको आधारमा नेपाली कला संस्कृति सभ्यतालाई विश्व रंगमंचमा प्रस्तुत गर्दै,बजार व्यवस्थापन गर्ने हाम्रो मूल उद्देस्य  अनरुप अन्तराष्ट्रिय कलाकार मंच, यूरोप महाशाखाले आफ्नो वार्षिक कार्यक्रम तय गरेको सम्बन्धित सबैमा जानाकारी गराउदछौ। कार्यक्रम तदअनुसार हुनेछ। 2014 March 29 र 30 तारिखका दिन नेपालका चलचित्रकर्मीहरुको बिशिष्ठ संघ संस्था सम्मिलित,विशिष्ट चलचित्रकर्मीहरुको जूरीबाट छनौट भै आएका बिशेष नेपाली चलचित्र मोहत्सव जर्मनीमा गरिनेछ त्यहाँ समाविष्ट चलचित्र मध्येबाट थप यूरोपियन फिल्मकर्मीहरुको जूरी र अन्य बिबिध प्रक्रिया पुरा गरि नितान्त निष्पक्ष, चलचित्रकर्मी सबैलाई गर्व हुने गरि २३ चैत्र २०७० अर्थात 6 April 2014 मा यूरोपको राजधानी बेल्जियममा हजारौ देशी बिदेशी दर्शकहरुको माझमा सम्पन्न हुने अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको वार्षिक कार्यक्रम Multicultural solo singing competition 2014 मा विशिष्ट नेपाली चलचित्र अवार्ड घोषणा तथा हस्तान्तरण गरिने छ। साथै यस कार्यक्रम र अडियो भिडियोको बिक्रि वितरणबाट उठने सम्पूर्ण रकम अन्तराष्ट्रिय मंच कलाकार कल्याण अक्षय कोषमा जम्मा हुने छ, जसबाट प्राप्त ब्याज निरन्तर कला साहित्य र कलाकारको हितमा लगानी गरिने छ, जसको सम्पूर्ण विवरण www.iafeu.com मा चांडैनै राखिने छ। धन्यवाद .....
-  उज्ज्वल केसी - अध्यक्ष
 यूरोप महाशाखा - अन्तराष्ट्रिय कलाकार मंच


Wednesday, April 17, 2013

अन्तर्राष्ट्रिय कलाकार मंचले भब्य रुपमा नयाँ वर्ष मनायो

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले तेलभिबको ,नेविसना इस्थित काठमाडौँ कयाफेमा शुभकामना आदान प्रदान साथै संस्कृतिक कार्येक्रम अप्रिल १३ तारिक शनिबार भब्यताका साथ सम्पन्न गर्यो|  अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका अध्यक्ष ओम प्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई प्रमुख अथितिरहनु भएको थियो साथै इजरायलमा रहेका विभिन्न संघ-सस्थाका प्रतिनिधि ,मेडियाकर्मी र इजरायलमा कार्येरत नेपालीहरु उपस्थिति रहेको

थियो|प्रमुख अथीति राजदुत प्रल्हाद कुमार प्रसाई र सभापति ओम प्रसाद प्रसाईबाट संयुक्त रुपमा पानसमा दिप प्रज्वलन सगै राष्ट्रिय गानको सुमधुर धुनको साथमा शुरुवात गरिएको थियो . दुई चरणमा बिभाजित कार्यक्रममा सस्थाका उपाध्यक्ष धर्म भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने महासचिव