
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com ) र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।
शुरुमा ४५ मिनेटको काब्य बाचन तय गरिए पनि वाशिङ्गटन बासीको फर्माइसमा वहाँले करिब डबल समय लिनुभयो । अचम्म त के भयो भने चौधरीको काब्य बाचन शुरु भए पछी दर्शक श्रोता दीर्घा वाहवाही, ताली र साथ दिन तल्लिन देखियो भने कार्यक्रम अन्त्य भए पछी पनि चौधरी सँगै झुम्मीइ रह्यो । अमेरिकाबासी नेपालीहरुका बिच चौधरी सुपर स्टार सेलिब्रेटी जस्तै भएर बिदा हुनुभयो । बिदा हुनु अघि आधा घण्टा फोटो शेशनमा तानातान मा परेका चौधरी सँग रात्रीभोज अबधी भर पनि दर्शक श्रोता झुम्मीइ रहे ।
आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष, लोक तथा लोहोरी गायक रामप्रसाद खनालले कार्यक्रमको शुरुमै बसन्त चौधरीको विश्व काब्य यात्रा आयोजना बारेमा प्रस्ट पार्दै चौधरी सहित सबै अतिथि दर्शक र श्रोताहरुलाई स्वागत गर्नुभएको थियो ।