अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले १२ बर्ष अघि अमेरिकामा प्रारम्भ गरेको तीज महोत्सब यस पटकको आयोजना पनि १२औँ आयोजना थियो । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा सम्पन्न तीज महोत्सब २०१९ मा यस पटक अमेरिकामा रहेर उदाहरणीय काम गरेका बिभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान पनि गरियो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एबम तीज महोत्सब मुल आयोजक समितिका सँयोजक रामप्रसाद खनालको सभापतित्व एबम मँचका कोसाध्यक्ष एबम सँस्कृतीबिद, मुल आयोजक समितिका सदस्य सचिब अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ति मगरको सँचालन, अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका उपाध्यक्ष रजनी श्रेष्ठको स्वागत भासण, अर्का उपाध्यक्ष अरुण रुपाखेतिको धन्यवाद ज्ञापनमा सम्पन्न तीज महोत्सब औपचारिक समारोहमा बोल्दै राजदुत कार्कीले नेपाल बाहिर रहेर पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले यस किसिमका साँस्कृतिक महोत्सब आयोजना गरेर नेपाल र नेपालीका लागि योगदान पुर्याइरहेकोमा म नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो ।