Sunday, December 30, 2012

अन्तराष्ट्रिय कलाकार मँच संसारका 29 देशमा बिस्तार, एक बर्ष भित्र 40 देशमा पुर्याईदै, संपर्कमा आउन कलाकारलाई आव्हान

   अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका 29 देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका 4० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका बारेमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ  "अन्तरास्ट्रिय कलाकार मँचले कलाकारहरुलाई समेट्दै  हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म 29 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि

Monday, December 24, 2012

अन्तराष्ट्रिय कलाकार मन्च, ईजरायल शाखाको भेलाले नयाँ कार्य समितिको चयन

संसार भर आफ्नो सन्जाल फैलाउँदै कला र संस्कृतिका लागि कार्यरत, २९ देश हरुमा शाखा बिस्तार गरिसकेको विश्वकै पहिलो अन्तराष्ट्रिय कलाकार मँच, International Artists Forum (www.IAFAmerica.com) को ईजरायल शाखा  सदस्यहरुको भेलाले नयाँ कार्य समितिको चयन् गरेको छ । ओम प्रसाइको अध्यक्षतामा

Monday, November 5, 2012

नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिकालाई अन्तराष्ट्रिय कलाकार मँचले मान्यता प्रदान गर्दै मँचका उपाध्यक्ष यम बराललाई मँचका तर्फबाट प्रतिनिधित्व गर्न अनुमती, मँचका कुनै पनि सदस्य उक्त संस्थामा आबद्ध भै कृयाशिल हुन सक्ने


नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिका ( UNAA -युना) ले आउने नोभेम्बर १७ तारीखको दिन न्यूयॉर्कमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यूयोर्कको कुईन्स स्थित कुईन्स प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा कलाकारहरुको जम्बो टोलीले बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्ने भएकाछन ।अमेरिकामा रहेका नेपाली कलाकारहरुको सहयोगार्थ आयोजना गरिन लागेको उक्त
कार्यक्रमलाई न्यूयोर्कमा ऐतिहासिक कार्यक्रमको रुपमा हेरिदै आएको छ ।"कार्यक्रममा गीत / संगीत र नृत्य

Tuesday, October 16, 2012

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको विधिवत उद्घाटन

- रवि रोषी, दोहा
केन्द्रिय कार्यालय अमेरिका रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्चको कतार शाखाको गत विहिवार विधिवत रुपमा उद्घाटन भएको छ । मञ्चको कतार शाखामा मोडेल तथा नायिका सोविता सिंखडा अध्यक्ष रहेकी छिन् । मञ्चका उपाध्यक्ष भविन्द्र तामाङद्धारा मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण कलाकर्मीहरुलाई समेट्ने योजना र प्रवासमा पनि गायन, अभिनय, गीत संगीतमा अभिरुचि राख्ने सवैलाई
एउटै छातामा समेट्ने हेतुले मञ्चको आवश्यकता रहेको बताएका थिए । संस्थागत रुपमा समेटिएर अघि बढ्न सकेमा कला संग आवद्ध कलाकर्मीहरुलाई परेको बिपत्ती तथा अन्य सहयोग गर्न र कलाकै क्षेत्रमा पनि एकजुट भई काम गर्दा सफलता हात पर्ने कुरा तामाङले बताएका थिए । प्रारम्भिक कमिटीमा आवद्ध सम्पुर्ण सदस्यहरुको आफु संलग्न र कलासंग सम्बद्ध प्रतिभालाई सबैमाझ प्रोजेक्टरबाट प्रस्तुत गरीएको थियो । अमेरिकामा केन्द्रिय कार्यालय रहेको सो मञ्चमा ४८ सदस्य रहेका छन् भने कतारमा चाहिँ संरक्षक, सल्लाहकार तथा मिडिया सल्लाहकार सहित १६ सदस्यीय समिती गठन भैसकेको छ । कलाकारहरुको हक हित र आपकालिन अवस्थाको लागि कल्याण कोषको आवश्यक पर्ने भएको हुनाले कल्याण कोष स्थापना गरिएको बारेमा पनि संरक्षक तथा कार्यक्रम सञ्चालक निराजन भण्डारीले सोही समय सबैमाझ घोषणा गरेका थिए । सो कार्यक्रमको समुद्घाटन नेपाली

Wednesday, October 10, 2012

विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन, मँच संसार का २९ देश मा बिस्तार

           विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन भएको छ, यो सँगै अन्तराष्ट्रिय कलाकार मँच संसार का २९ देश मा बिस्तार भएको छ । स्विजरल्याण्ड शाखा उनान्तिसौ शाखा हो ।   स्विजरल्याण्ड शाखा मा निम्नानुसार  हुनुहुन्छ :
 सल्लाहकार - जंगम खडका 
सल्लाहकार - नाशिर सरिफ्फी 
अध्यक्ष - कृष्ण सापकोटा 
उपाध्यक्ष - शशी शंकर यादव 
महासचिव - भास्कर अधिकारी
सचिव - इश्वर बर्तौला 
कोषाध्यक्ष - गौरी गुभाजु 
सदस्य - लक्ष्मी थपलिया 
सदस्य - नबराज घिमिरे 
अन्तराष्ट्रिय कलाकार मँच युरोप महाशाखाका अध्यक्ष उज्ज्वल केसी र शाखा परिवार को कृयाशिलतामा स्थापित उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँच अमेरिका ले बिधान अनुसार स्विक्रिती एबम मान्यता प्रदान गर्ने निर्णय गरेको कुरा मँच का प्रबक्ता एबम केन्द्रिय सचिब प्रकाश नेपाल ले बताउनुभएको छ ।
नेपालका अनुसार यो शाखाले पनि कला र संस्कृतिका लागि उदाहरणिय काम गर्न सकोस भन्दै मंचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल ले नब निर्बाचित सबैलाई बधाई र शुभकामना दिनुभएको छ । 

Thursday, August 30, 2012

अन्तर्राष्ट्रिय कलाकार मञ्चले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठलाई सम्मानका साथै आर्थिक सहयोग

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनी शाखाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठलाई सम्मानका साथै आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तुलसी घिमिरे, निर्माता तथा नायक आकाश अधिकारी, गायक धीरज राई लगायतको

अन्तराष्ट्रिय कलाकार मंचको २८ औँ शाखा कतारमा स्थापना

अन्तराष्ट्रिय कलाकार मंच - INTERNATIONAL ARTISTS FORUM (www.IAFAmerica.com) को अर्को शाखा कतारमा पनि स्थापना भएको छ । मँचका यस अघि नै २७ देश मा शाखाहरु बिस्तार भैसकेकाले यो २८ औँ शाखा हुन पुगेको छ । संसार मै पहिलो पटक कला र संस्कृतिका लागि काम गर्ने, संसार भरिका

Monday, August 13, 2012

अन्तराष्ट्रिय कलाकार मंचको बेल्जियम शाखा गठन

 अन्तराष्ट्रिय कलाकार मँचद्वारा  युरोप महाशाखाको समेत सिफारिशमा मँचको बिधान बमोजिम गठित उक्त बेल्जियम शाखालाई मान्यता प्रदान
मिति १२-०८-२०१२ मा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाका अध्यक्ष उज्ज्वल के.सी. को सभापतित्वमा बसेको कलाकर्मी तथा समाजसेवीहरुको भेलाले तपसिलका पदाधिकारी ज्यूहरु रहने गरि अन्तराष्ट्रिय कलाकार मंचको बेल्जियम शाखा गठन गरेको छ । मँचको युरोप महाशाखाले जनाए अनुसार

Wednesday, August 1, 2012

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको सूचना तथा अनुरोध

 राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका  कलाकर्मीहरु संग सहकार्य गर्दै २००८ बाट अमेरिकामा केन्द्रिय कार्यालयको रुपमा रजिष्टर्ड भै हाल बिभिन्न मुलुकमा शाखा बिस्तारित  मुलत : बिदेशमा रहनु भएका अभिनय,नृत्य,संगीत,लेखन,चित्रका रिता कुनै पनि कलाकर्ममा लाग्नु भएका कलाकर्मी ज्यूहरुको आधिकारिक अभिलेख तयार पार्दै वहाँहरुका  सृजना र पहिचानलाई अन्तराष्ट्रिय जगतमा स्थापित गर्नका लागि सक्रिय हुन् र  हाम्रो नेपाली कला साहित्य र संस्कृतिको प्रचार प्रसार र कलाकर्मीहरुलाई बिदेशी भूमिमा आवस्यक पर्दा साथ सहयोग जुटाउन एक जुट हुँदै आएको यस मंचको बेल्जियममा पनि शाखा गठन  गर्न उपस्थित भै सहभागिताको लागि सम्पूर्ण बेल्जियमवासी  कलाकर्मी ज्यूहरुलाई हार्दिक अनुरोधका साथमा समय अभावका कारणले उपस्थित हुन् नसक्नु हुने कलाकर्मी ज्यूहरुले कृपया आफनो सहकार्यको सहमति वा बिमति सम्बन्धमा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको ई -मेल  iartistf@gmail.com  मा वा 0032488288783 मा SMS मार्फत  लिखित जानकारी प्रेषित गरिदिनुहुन साथै यदि मंचको कुनै पदीय दाइत्व लिई कार्य गर्न चाहनुहुन्छ भने अनिवार्य रुपले उपस्थित भै दिनुहुन यसै सूचना द्वारा  हार्दिक आमान्त्रण तथा  अनुरोध गर्दछौ  साथै अन्य यूरोपेली मूलुकमा रहनु भएका कलाकर्मी ज्यूहरु यदि तपाईहरु रहनु भएको

Thursday, July 26, 2012

अन्तराष्ट्रिय कलाकार मँच युरोप महा शाखा पुनर्गठन

संसार का २५ भन्दा बढी देशमा अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार, बिस्तारको क्रम जारी

अन्तराष्ट्रिय कलाकार मँचको बिधान बमोजिम, केन्द्रिय कार्यसमितिको निती र निर्देशन लाई अनुशरण गर्दै मँच को युरोप महा शाखाका काबा अध्यक्ष उज्ज्वल केसीको पहलमा युरोप बासी कलाकार हरुको भेला, समझदारिमा महाशाखा को तदर्थ समिती लाई बिघटन गरी अन्तरराष्ट्रिय  कलाकार मँच युरोप महा शाखा पुनर्गठन गरिएको छ । पुनर्गठित कार्यसमितिमा निम्नानुसार कलाकारहरु रहनुभएको मँचको युरोप महा

Friday, July 20, 2012

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न

यहि जुलाई १३ तारिख शुक्रबार अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ,नेपाली नारिआवज इजरायल र सत्य साही केन्द्र इजरायलले इजरायलमा रहेका नेपाली हरुको भैपरी आउने सहयोगको लागि आयोजना गरेको सो कार्यक्रममा कलाकार मंचले बिबिध रोचक प्रस्तुतिको साथ हास्य व्यंग्य प्रस्तुत गरेको थियो,कलाकार मंचको सास्कृतिक कार्यक्रम पछी नेपाली फिल्म स्वीकार प्रदर्शन गरिएको थियो! सोही चलचित्रका निर्माता तथा निर्देशक श्री,रबी अर्यालको पनि उपस्थिती थियो!यसै गरी नेपाली नारी आवाज कि अध्यक्ष श्रीमती,अंबिका क्षत्री,श्री सत्य शाइ केन्द्र कि अध्यक्ष शु-श्री,नेहा गुरुङ साईराम पनि उपस्थिती हुनु भएको थियो !उक्त कार्यक्रम एक्दमै रोचक भएको र चलचित्र पनि सन्देश मुलक रहेको दर्शकहरुको भनाइ थियो !कार्यक्रमको अन्तमा सबै दर्शकहरु हर्शलाह्स पूर्ण आयोजक टीम लाई धन्न्यबाद दिदै आ-आफ्नो गन्तब्य स्थान तिर लागेका थिए ! अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाका सबै पदाधिकारी तथा सदस्य हरु र सहयोगीहरुलाइ यो सफल कार्यक्रम का लागि धन्यवाद र बधाई मँचको केन्द्रिय समितिको तर्फबाट पनि । स्मरण रहोस इजरायल शाखाले अब तिज को उपलक्ष्य मा पनि इजरायलमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।      http://www.youtube.com/watch?v=7Z4CzG3eVyE&feature=player_detailpage .


Wednesday, July 18, 2012

अन्तराष्ट्रिय कलाकार मँचद्वारा भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट

अन्तराष्ट्रिय कलाकार मँचले एक प्रेस रिलिज जारी गर्दै भर्खरै मात्र  निधन भएका भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट गरेको छ । कला र सँस्कृतिको लागि जिबन भर योगदान दिएका यि दुई हस्ती को जती प्रसँशा गरेपनी कम हुन्छ भन्दै मँचले वहाँहरुको योगदान लाई ईतिहासले कहिलै बिर्सिने छैन भनेको छ । मँचमा आबद्ध संसार भर छरिएर रहेका कलाकारहरु र मँचका २५ देशमा बिस्तारित सबै शाखा, महा शाखाका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा जारी गर्नुभएको प्रेस रिलिजमा भनिएको छ "राजेश खन्ना र दारा सिँह जस्ता कलाकारहरु मरेर पनि दर्शकहरुको मन मुटुमा सधैं  बाँचिरहनेछन र उनिहरुले देखाएको बाटोमा अरु कलाकारहरु हिंड्ने छन, यस दु:खद घडीमा हामी दुबै महान कलाकारहरु प्रती
श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं"      

Friday, June 29, 2012

अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखाले नेपालको एतिहासिक बिषयमा बनेको चलचित्र ''दशगजा'' को प्रदर्शन गर्दै


जर्मनीको एतिहासिक शहर मुनिस्टरमा राष्ट्रिय भावनाले ओतप्रोत नेपाली कथानक चलचित्र दशगजा निम्न समय, मिति र स्थानमा प्रदर्शन हुने भएको छ। हालसालै मात्र अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा गठन भएको र सो शाखाको नयाँ कार्यसमितीले नेपालको एतिहासिक बिषयमा बनेको चलचित्र ''दशगजा'' को प्रदर्शन गरि जर्मनीमा रहेका नेपाली र नेपालीका दोस्रो पुस्ताहरुलाई पनि नेपाल सम्बन्धि यस फिल्मको कथावस्तुको जानकारी हेतु कार्यक्रमको आयोजना गर्न लागेको यस अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा का महासचिव बेल गुरुङ्ले बताउनु भएको छ। बिदेशमा रहेर पनि

Sunday, June 17, 2012

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार रहनुभएको छ :    

Monday, June 4, 2012

अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना

अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको सबैभन्दा ठुलो राज्य टेक्सासका तीन ठुला शहर हरु डाल्लस, अस्टिन, हिउस्टनमा हुने भब्य कार्यक्रममा मँचका सल्लाहकार एबम लोकप्रिया नायक सरोज खनाल, चर्चित हाँस्य कलाकार मनोज गजुरेल

Thursday, March 1, 2012

नेदरल्यान्डस देशमा पनि अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन

 अमेरिकामा केन्द्रिय कार्यालय रहेको, संसारका २२ देशमा पुगिसकेको अन्तरराष्ट्रिय कलाकार मँचलाई छाता संगठन को रुपमा ग्रहण गर्दै यसको बिधान र निती नियम पालना गर्ने गरी  अन्तराष्ट्रिय कलाकार मन्चको शाखा नेदरल्यान्डसमा समेत बिस्तार भएको छ । "कला र संस्कृतिको प्रवर्द्धन र कलाकारहरुको
हितको लागि विश्वभरका कलाकार तथा कलाप्रेमीहरु एकजुटौ बनौं" भन्ने मूल उद्देश्यसहित स्थापित अन्तराष्ट्रिय कलाकार मन्चको शाखा नेदरल्यान्डसमा समेत बिस्तार भएको हो । नेदरल्यान्डसमा रहेका

Thursday, February 23, 2012

अन्तराष्ट्रिय कलाकार मँचको एक्काइसौँ देश स्तरिय शाखाको रुपमा इजरायल शाखा गठन, केन्द्रद्वारा स्वीकृती प्रदान

संसार भर फैलिदै गएको एक मात्र कला, सँस्कृती, साहित्य लगायतका बिभिन्न बिधा सँग आबद्ध कलाकार हरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन अन्तरराष्ट्रिय कलाकार मँच अब एक्काइस देशमा बिस्तार भैसकेको
छ भने यसै बर्ष भित्र तिस भन्दा बढी देशमा पुर्याउने लक्ष का साथ मँच बिस्तार अगाडि बढेको छ । यसै बिच

Monday, February 20, 2012

संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना

यस अघि नै संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना भएको छ । नेपाली, भुटानी, अमेरिकन कलाकार हरु सम्मिलित उक्त टेक्स्सास शाखाको अध्यक्ष्यमा कलाकार हरी थापा,

Monday, January 2, 2012

हाल सम्म संसार का १९ देशमा स्थापना भैसकेको अन्तरराष्ट्रिय कलाकार मँच ( International Artists Forum - www.IAFAmerica.com) को जर्जिया एटलान्टा शाखा गठन

सन २०११ को अन्तिम दिन डिसेम्बर ३१ तारिख, २०१२ को स्वागत गर्न सिँगो नेपाली समुदाय एटलान्टा शहरको हवेली रेस्टुरेन्टको सभा हलमा नेपाली साँस्कृतिक कार्यक्रमका साथमा झुमिरहेको थियो । प्रमुख अतिथी कलाकार थिए अन्तरराष्ट्रिय कलाकार मँचका

अध्यक्ष्य राम प्रसाद खनाल, साथ मा थिईेन अर्की गायिका कुमारी लामा । भुट्निज कलाकार र केही स्थानिय कलाकार समेतको सहभागिता । झुस्स दाढी पालेका तर मिठो उदघोसण गर्ने कला