Sunday, July 28, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार मँचका संस्थापक एबम अध्यक्ष रामप्रसाद खनालले सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त गरी नेपाल शाखाको भेलाका क्रममा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । मँचका प्रमुख सल्ल्लाहकार नीर शाह र अध्यक्ष खनाल दुबैले थप सल्लाहकारहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । यसरी सल्लाहकार नियुक्त हुनुहुने अग्रज कलाकारहरुमा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अग्रज कलाकार, चलचित्र निर्देशक, अभिनेता एबम संचारकर्मी दिनेश डिसी र लोकप्रिय हाँस्यकलाकार राजाराम पौडेल हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा शैलेन्द्र सिँखडा सहितको नयाँ कार्यसमिति, केन्द्रीय अध्यक्ष खनालका तीन कृति बिमोचन

कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजना
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF- www.IAFAmerica.com ) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेत्रित्व चयन कार्यक्रम मँचका प्रमुख सल्लाहकार एबम अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति "मुर्दाहरुको बस्ती", गीति सिडी " रामप्रसाद खनालका गीतहरु" र डिभिडी "रामप्रसाद खनालका सदाबहार गीतहरु" को सामुहिक रुपमा बिमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिवहरी पौड्यालले नेत्रित्व गर्नुभएको मँचको नेपाल शाखा कार्य समितिलाई बिदाई गरी नेपालका प्रसिद्ध कलाकार एबम कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ । 

नेपालका अग्रज कलाकारहरु क्रमश: सम्भुजित बास्कोटा, सन्तोष पन्त, हरि बहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशब भट्टराई लगायतका कलाकारहरु, प्राज्ञहरु, बुद्धिजिबीहरु, साहित्यकारहरुको गुणस्तरीय उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कला क्षेत्रका भिस्म पितामह, ज्युँदा इतिहास नीर शाहले आफु अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका स्थापना काल देखी नै यसमा आबध्द रहेको र यसले कला, सँस्कृती, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले खेल्नुभएको भूमिका अतुलनिय रहेकाले आफु अहिले पनि यो संस्थासँग जोडीइरहेको बताउनुभयो ।