अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको भर्खरै सम्पन्न अधिवेशनले नयाँ कार्य समिति निर्माण गरी केन्द्र समक्ष स्वीकृति एबम मान्यताका लागि पठाएकोमा अन्तर्राष्ट्रिय कलाकार मञ्चको विधान, नीति, निर्देशन लाई पूर्ण पालना गर्ने गरी केन्द्रले स्वीकृत गर्दै मान्यता प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्चको केन्द्रीय समिति अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा इजरायल शाखामा हाल सम्म कार्य समितिमा रहेर योगदान दिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै नयाँ निर्वाचित अध्यक्ष अनिल सिंह राजपूत सहितको कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । नेपाली कला, संस्कृति, गीत सङ्गीत र साहित्यका लागि स्थापित हाम्रो संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्चको इजरायल शाखाले सबैलाई समेटेर अगाडि बढ्न सकोस् भनी खनालले नयाँ कार्यसमितिलाई शुभकामना पनि दिनुभएको छ । सर्वसम्मत ढङ्गले निर्वाचित कार्यसमितिको नामावली, जिम्मेवारी हस्तान्तरणका बेला लिइएका केही तस्बिरहरू तल प्रस्तुत छन् :
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjhmHLmrSjekJVNahKpwfmUZ9CBPQyj6DPBFD9S_jHz7-QJoCGMkcaPLx6Fp4uq-fDvV1i2LlgMXRmN_ZCdHUUswSCbmZm-Jkp9_uGtaXD1vBM6dQW035r4TJ7xuB4fMuXsbS36I7VEjwI/s640/i1.JPG)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjweWIz9HFUNQUp65zdW6sNSQBnp9zax0cJDVrw3q7CcDazk6j30bSey6XQGmDqEALkv9hJzMsvdvxPBPDBFTHczHjPmZnymh_ffx1hZlWc5zqT-8hfnzSnThZcxk3R0CTrqCpAU4azXnE/s640/i8.JPG)
![International Artists Forum अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका](http://2.bp.blogspot.com/-15TdJIl1N-8/W-x1b1Tsn9I/AAAAAAAAAkU/uhrhn7dpDSUxOFvlpt55qh_T0fCG1jjwwCK4BGAYYCw/s1152/45240881_349667748932177_8092080868018880512_n%2B-%2BCopy.png)
International Artists Forum (IAF) is an Independent, 501 C not profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Wednesday, July 29, 2020
Sunday, January 19, 2020
अन्तर्राष्ट्रिय कलाकार मञ्चले डिसीमा सम्पन्न गर्यो सिमा अतिक्रमण सम्बन्धी कार्यक्रम, तीन हस्तिलाई सम्मान र सिमा सम्बन्धी पुस्तक बिमोचन !
![Image may contain: 23 people, including Mandira Mainali, Rup Karki, Bishwa Raj Thapa, Navin K KC, Ujjwal S. Thakuri, Ambika Gurung, Ram Prasad Khanal, Gopi Upreti, Khagendra Adhikari and 3 others, people smiling, people standing and indoor](https://scontent.fric1-1.fna.fbcdn.net/v/t1.0-9/82820743_10219389740987477_4369240882709266432_o.jpg?_nc_cat=102&_nc_ohc=MWKoPlDQARsAX-MkwbN&_nc_ht=scontent.fric1-1.fna&oh=a6fae7f464fa737a1010916e57529074&oe=5ED22438)
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका तर्फबाट अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले वहाँहरूलाई सम्मान, पुरस्कार र पदक समर्पण गर्नुभयो । मञ्चकै तर्फबाट कोषाध्यक्ष एवम् सँस्कृतीबिद भुपनारायण घर्तिमगर, मञ्चका बोर्ड अफ डाइरेक्टर, अग्रज कोरियो ग्राफर नबिन केसी, कवि रबिन्द्र श्रेष्ठ, गीतकार एबम मञ्चका बोर्ड अफ डाइरेक्टर अम्बिका गुरुङ, अग्रज पत्रकार सोमनाथ घिमिरे, प्रा. डा. गोपी उप्रेती, समाजसेवी गोविन्द मैनाली, मन्दिरा मैनाली, मन थापा लगायत व्यक्तित्वहरूले तिनै जना सम्मानित व्यक्तित्वहरूलाई खादा, माला लगाएर सम्मान व्यक्त गर्नुभयो ।
Subscribe to:
Posts (Atom)