Monday, July 23, 2018

अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेल, गीतकारअम्बिका गुरुङ, रोहिणी शर्मालाई सम्मान

अमेरिकामा २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न


 कार्यक्रमको मञ्च पछाडिको खेल मैदान भारी वर्षाले ताल बनिरहेको थियो । कुनै बेला इन्द्र खुसी हुनुहुन्छ पानी पर्छ कुन बेला रिसाउनुहुन्छ पानी बन्द हुन्छ तर पनि सहभागीको आउने र जाने क्रम रोकिएन । मौसमको प्रतिकुलता जे जस्तो भए पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेलको प्रस्तुति सुन्दै हाँस्दै गर्दा सहभागीहरू खुसी भएर पानी पार्ने इन्द्र भन्दा अझै खुसी र दङ्ग देखिए । त्यसमाथि मिठा मिठा नेपाली खाना परिकार