Tuesday, November 24, 2009

अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको जरुरी सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिदैछ र संख्या हेरी अमेरिका वा अन्य देश का बिभिन्न शहर हरुमा पनि थप् यस् मन्च का शाखा उप शाखा खोल्ने हाम्रो अभियान अहिले तिब्र पारेका छौं । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण ईमेल र फोन नम्बर हामीलाई पठाउनुश तुरुन्त हामी तपाईंलाई संपर्क गर्नेछौ । नेपाल मा हुने कलाकार साथीहरुले निर शाह, कृष्ण मल्ल, हरी बहादुर थापा, राजाराम पौडेल मध्ये एक लाई भेट्न वा हामीलाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गर्दछौ।
-अन्तराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com, or rampdkhanal@gmail.com, Tel. 703-419-0924
http://www.iafusa.blogspot.com

Sunday, October 18, 2009

अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा गठन


अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा गठन गरिएको छ। जस मा अध्यक्ष मित्र लाल पार्दे, उपाध्यक्ष श्री टोप बहादुर गैरे क्षेत्री, श्रीमती किर्ती पोख्रेल्, महासचिब्
श्री इन्द्र कुमार हिराचन, सचिब् श्री सुभाश घिसिङ्, कोषाध्यक्ष श्री अजय लामा, सदस्य श्री श्रीधर कार्की रहनु भएको कुरा अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाले जनाएको छ ।
यसै बिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै मन्चको पोल्यान्ड शाखा लाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्ने मन्च को महान पवित्र उद्देस्य परिपुर्तीका लागि काम गर्न शुभकामना दिनुभएको छ।

अध्यक्ष्य खनाल ले प्रेस रिलिजमा अगाडि भन्नु भएको छ "हामी छिट्टै अब संसारका बिभिन्न देस हरुमा पनि मन्चका शाखा बिस्तार गर्दै छौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीत का क्षेत्र मा काम गर्न चाहने सबैलाई हाम्रो ईमेल internationalartistsforum@gmail.com मा अथवा www.iafusa.blogspot.com मा संपर्क गर्न अनुरोध गर्दछौं"

Monday, October 12, 2009

अमेरिकामा पनि आफ्नो कला मज्जाले देखाए नेपाली कलाकारहरुले दशै को मौकामा !!!

दश बर्ष अमेरिका बसे पनि सरोज खनालको कलाकारितामा कुनै कमी देखिएन, नत सारँगा, पूजा , प्रेमराजामा पनि कुनै कमी देख्न पाइयो। पर्दा पछाडिका डान्स डाइरेक्टोर नबिन केसी, लुना, र लक्ष्मी को त झन कमी हुने कुरै भएन।

चौतारी को आयोजनामा अमेरिकाको भियना ओक्टन् हाई स्कुलमा नेपालका बरिस्ठ कलाकारहरुले दशै तिहार को अबसरमा एउटा रमाइलो कार्यक्रमको आयोजना गरे । सरोज खनाल, प्रेमराजा महत, सुनिल उप्रेती, रामप्रसाद खनाल, सारंगा श्रेष्ठ, पूजा चन्द, सन्जीब प्रधान, कर्ण दास, दीपेश किशोर भट्टराई, रतन सुबेदी, राजु लामा, सपना श्री, किशोर क्ष्यत्री, किरण केसी, नबिन केसी, लुना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,समिक्षा महत, सदिक्षा महत, कृतिका श्रेष्ठ, सबु, सैलु बजिमय, साङ्य श्रेष्ठ, दिक्षा यादव, आदी कलाकारहरुले गीत न्रित्य, नाटक लगायतका रोचक खुराक पस्केका थिए । कार्यक्रम अत्यन्त रोचक र एतिहासिक थियो । पर्दा पछाडि बाट कलाकार सुर्यमाला खनाल र सुनिल उप्रेती को, त्यसै गरी कृष्ण शर्मा र निर्मल आत्रेय को भूमिका पनि उत्तिकै थियोकार्यक्रम सफल पार्न ।



Friday, September 11, 2009

अन्तरराष्ट्रिय कलाकार मँच द्वारा बरिस्ठ कलाकार निर शाहलाई मानार्थ बरिस्ठ सलाहकार नियुक्त

विश्व भरी छरिएर रहेका नेपाली कलाकार हरु र बिदेसी कलाकार लाई समेत् समेट्दै अन्तरराष्ट्रिय रुपमा बितार गरिदै गरेको अमेरिकामा प्रधान कार्यालय रहेको अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनाल र महासचिब रमेश उप्रेतीले एक प्रेस रिलिज जारी गर्दै हाल अमेरिका भ्रमण् मा रहनु भएका बरिस्ठ कलाकार निर शाह लाई मँच को अती ऊच्च सम्मान अर्थात " मानार्थ बरिस्ठ सल्लाहकार" मा मा नियुक्त गरिएको जनाउनु भएको छ । उक्त पद स्विकार गरिदिनुभएकोमा निर शाह प्रती आभार प्रकट गर्दै मँच ले वहांको सल्लाह र सुझाब ले मँच लाई टेवा पुग्ने विश्वाश लिएको छ । यसै सन्धर्बमा वहाँलाई अभिनन्दन गर्दै मँच का तर्फबाट श्री शाह लाई प्रदान गरिएको अभिनन्दन पत्र तल जस्ताको तस्तै प्रस्तुत छ । जुन कार्यबाहक नेपाली राजदुत् काली प्रसाद पोख्रेल ले एक समारोहकाबिच शाह लाई अमेरिका मा हिजो प्रदान गर्नुभएको थियो।

नीर शाहलाई अमेरिकामा सम्मान गरियो


अमेरिकाको स्प्रिङ्ग फिल्डमा अमेरिका नेपाल सोसाइटी, खस खस , बिस्व सन्देस , बिस्व परिक्रमा को आयोजनामा राम मालाकार को सभापतित्वमा आयोजित समान कार्यक्रममा बरिस्ठ कलाकार , गीतकार ,

Wednesday, August 5, 2009

अमेरिकामा नेपालि कलाकारहरु

- विजय पौडेल / न्युयोर्क
प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने चाँदीझंै टल्कने हिमशृङ्खलाहरु, हरिया डाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन, करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्िट गनर्,े नयाँ ससंार बसाउन,े धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु ।