Thursday, December 15, 2016

अन्तर्राष्ट्रिय कलाकार मँचको प्रेस बिज्ञप्ती

अन्तर्राष्ट्रिय कलाकार मँच, यूरोप महाशाखाका अध्यक्ष दयाराम पौड्यालले महाशाखाको तर्फबाट केन्द्रलाई दिनुभएको जानकारी जारी गर्नुभएको प्रेस बिज्ञप्ती अनुसार मँचको शाखाबाट बर्खास्त भैसकेका लक्ष्मण जोशी हाल मँचबाट बिदा भैसकेका उज्वल केसीले मँचको लोगो नाम दुरुपयोग गरी यस संस्थाको हित बिपरित कार्य गरिरहेको, भ्रम छरिरहेको, बर्खास्त भैसकेको मान्छेले शाखाको नाममा फेसबुक च्याट चलाइरहेको  प्रति मँच अत्यन्त गम्भीर महाशाखाको अनुरोध अनुसार निज जोशी केसीलाई शाखाबाट गरिएको कार्वाही अनुमोदन गर्दै निजहरुले नाम जोडेका संस्थाका केही अन्य सदस्यहरुलाई पनि तत्काल आफ्नो स्थिती महाशाखा अध्यक्ष दयाराम पौड्याल सँग क्लियर गर्न सचेत गराइन्छ   मँचका बिरुध्द भ्रम फैलाउने, फेसबुकमा मँचको नक्कली अाइडीमा चलखेल गर्ने कार्य तुरुन्त रोक्न मँच आग्रह गर्दै यूरोप  महाशाखालाई तत्काल त्यस शाखामा देखिएको बिबाद सुल्झ्याउन निर्देश गर्दछ यदी यो आग्रहलाई बेवास्ता गरेमा मँचले कडा कदम चल्न वाध्य हुने कुरा सम्बन्धितहरुलाई पुन स्मरण गराइन्छ धन्यवाद  
- अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका  
****************************************************************************  
अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाद्वारा शाखामा देखिएको बिबाद बारे स्पस्ट पार्न अध्यक्ष दयाराम पौड्यालद्वारा जारी प्रेस बिज्ञप्ती
आफु मात्र कलाकार र अरु सबैलाई मानब तस्कर हुन् भन्दै दुई बर्ष महा सचिब र पछिल्लो चार बर्ष अध्यक्ष भएर केही काम गर्न नसकेका, पछिल्लो पटक उनकै अध्यक्षतामा भएको भेला बाट हटाइएका अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाका भूतपुर्ब अध्यक्ष उज्ज्वल केसीको उक्साहट र सँलग्नतामा युरोप महाशाखाले केही दिन अघि नियम बिपरित काम गरेकाले बर्खास्त गरेका महासचिब लक्ष्मण जोशीले भ्रमपूर्ण तरिकाले फेसबुक र अनलाइनहरुमा मँच बिभाजन भएको भन्ने भ्रमपूर्ण हल्ला चलाएकोले सो निन्दनिय कार्यको भ्रत्सना गर्दै उज्ज्वल केसी र लक्ष्मण जोशी दुबै मँचको युरोप महाशाखाको कुनै पदमा नरहेको र वहाँहरु दुबै जनालाई संस्थाको छबी माथि हिलो छ्याप्ने दुस्साहस नगर्न युरोप महाशाखा चेतावनी दिन चाहन्छ । यस प्रकारको वहाँहरुको भ्रममा नपर्न र मँचको केन्द्रलाई समेत बिबादमा तान्न केसी र जोशीले गरेको दुस्प्रयासबाट सजक रहन मँचका महाशाखा र नजिकमा रहेका शाखाहरु सँग युरोप महा शाखा हार्दिक अनुरोध गर्दै यस्ता गुटबन्दी गर्ने, संस्थामा समेत नरहेका ब्यक्ती बाट सचेत रहन सम्बन्धित सबैमा युरोप महाशाखा आग्रह गर्दछ ।
 * दयाराम पौड्याल - अध्यक्ष 
अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखा

Friday, December 9, 2016

हार्दिक श्रध्दान्जली अन्तर्राष्ट्रिय कलाकार मँचको तर्फबाट























अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखाका सदस्य, सबैको प्यारो कलाकार आरपी भट्टराई (लाजालाम) को अल्पायुमै निधन भएको भन्ने खबरले हामीलाई स्तब्ध तुल्याएको छ । यस दु:खद घडीमा स्वर्गीय आरपी भट्टराई प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जन लगायत सबैमा हार्दिक समबेदना ब्यक्त गर्दछौँ । यस दु:खद घडीमा शोक मनाउँदै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै आज Dec. 09, 2016 बेलुकी 7 बजे केन्डिल प्रज्ज्वलन गरिदिन मँचका सबै महाशखा, शाखा र केन्द्रमा रहनुभएका सबै कलाकारमित्रहरुलाई अनुरोध गरिन्छ
                                 - रामप्रसाद खनाल, अध्यक्ष एबम 

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती समस्त परिवार 

- शिवहरी पौडेल,  अध्यक्ष एबम 

अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखा समस्त परिवार

Friday, November 4, 2016

अन्तर्राष्ट्रिय कलाकार मँचको जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न, दुबै देशमा नयाँ कार्य समिती बने

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको बिधान र परामर्श अनुसार मँचका दुई शाखाहरु जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न भएका छन । मँचको युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्यालले केन्द्रलाई दिनुभएको जानकारी अनुसार जर्मनीमा बेल गुरुङको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच जर्मनी शाखा को नयाँ कार्य समिती बनेको छ भने साइप्रसमा कोपिला दाहाल सुबेदीको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच साइप्रस शाखा कार्य समिती बनेको छ । युरोप महाशाखाको अनुरोध अनुसार अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रले दुबै शाखालाई अनुमोदन गर्दै मँचको केन्द्रको बिधान को अधिनमा रही कला, साहित्य, सँस्कृती लगायतका सम्बन्न्धित क्षेत्रमा क्रियाशिल भै काम गर्न निर्देश गर्दै दुबै कार्य समितिमा आउनुभएका कार्य समितिका अध्यक्ष सहित सबै पदाधिकारी, सदस्य, सँरक्षक, सल्लाहकार सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । शाखा बन्नु मात्र ठुलो कुरा होइन कुन शाखाले कती योगदान दिन सक्छन त्यो महत्वपूर्ण कुराहो भन्दै कला र सँस्कृतिका लागि आ आफ्नो ठाउँं बाट महत्वपूर्ण भूमिका निर्वहाँ गर्न म जर्मनी र साइप्रस दुबै शाखा का नब निर्बाचित मित्रहरुलाई आह्वान

Saturday, October 29, 2016

धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट हार्दिक बधाई सहित सलाम

* मह जोडीले धुर्मुस र सुन्तलीले सरकारलाई नै पछि पारेको बताए

* धुर्मुस र सुन्तलीलेबस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा ब्यक्तीलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने बताए 
* राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन् 
आखिर गरे के नहुँदो रहेछ र ! के असम्भब रहेछ र ? कलाकारहरु आफ्नो कलकारिता बाट मात्र होइन मन मुटु देखिनै सामाजिक कार्यमा पनि, जनताका दु:खमा पनि साथ हुन सक्छन, हुन्छन भन्ने कुरा धुर्मुस र सुन्तलीले गरेर व्यबहारमा देखाएका छन । अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै मँचमा आबध्द हस्ती द्वय धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई मँचको तर्फबाट हार्दिक बधाई सहित सलाम गर्दछौं भनेका छन । धुर्मुस र सुन्तलीले हामी सबै कलाकारहरुलाई एउटा नौलो परिक्षणमा पनि उतारेका छन, जनता सँग जनताका दु:खहरुमा घुलमिल हुन पनि सिकाएका छन र यसबाट हामी सबैले पाठ सिक्नुपर्ने भएको छ भन्दै खनालले धुर्मुस र सुन्तलीलाई मँचका तर्फबाट निकट भबिस्यमै

Saturday, September 3, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै पुनर्गठन, चर्चित र लोकप्रिय कलाकारहरु सम्मिलित नेपाल शाखा यस्तो बन्यो !

 

अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै मात्र पुनर्गठन भएकोछ । नेपालको कलकारिताका बिभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने कुरा अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताउनुभएको छ । संसारका ३२ भन्दा बढी देशमा आफ्नो सन्जाल पुर्याइसकेको अन्तर्राष्ट्रिय कलाकार मँच कला साहित्य सँस्कृती गीत संगीत लगायतका बिभिन्न कला बिधामा कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन हो जुन सन २००७ मा अमेरिकामा शुरु भएको थियो । सन २००८ देखी अमेरिकामै रजिस्टर्ड भै अमेरिकी सरकारी स्तरबाट मान्यता प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन । अमेरिकामा

Tuesday, August 30, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट अभिनन्दन !

तीज महोत्सबमा सहभागी हुन नेपालबाट अमेरिका अाइपुगेका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपती अग्रज संगीतकार, गायक शम्भुजीत बास्कोटा र नेपाल मै पहिलो पटक नयाँ प्रबिधी मार्फत न्युन शुल्कमा ग्रीन सिटी हस्पिटलमा मुटुको सर्जरी शुरु गर्नुभएका डा. अनिल भट्टराई प्राबिधिक कठिनाईको कारण ढिलो अाइपुग्नुभयो वाशिङ्टन डिसीमा । तिज महोत्सबका दिन वहाँहरुलाई अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट प्रदान गर्न लागिएको अभिनन्दन ढिलै भए पनि समर्पण गर्दै । अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले बास्कोटालाई अभिनन्दन र लाइफ टाइम अचिभमेन्ट अवार्ड, डा अनिल भट्टराईलाई सम्मान र समाजसेबीहरु मोहन ज्ञवाली र लोक बहादुर टन्डनलाई

Sunday, August 28, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै अाइरहेको तिज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा सम्पन्न

 अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न, पूर्व प्रधान न्यायाधीस र कलाकारहरु अभिनन्दित ! 

 "यस्तो पो तीज महोत्सब ! क्या आनन्द आयो " - सहभागीहरु

अमेरिकाबासी हजारौँ नेपालीहरुले टम्म भरिएको दुर्गा मन्दिरको हल, पार्किङ लट, बाहिर रहेको खाली चौर, वरपरका सडकका गल्लिहरु जतापनी नेपालीहरुको बाक्लो उपस्थिती, राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी, त्यसैगरि साथदिन आएका दाजुभाइहरु जब तीजका गीतहरुमा ढल्की ढल्की नाच्न थाल्थे, गाउँन थाल्थे, मंच सम्हाली नसक्नु थियो । कसरी कन्ट्रोल गर्ने उदघोसकहरुलाई हम्मे

Sunday, July 31, 2016

नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकामा गरे अभिनन्दन

नेपालको चलचित्र क्षेत्रमा लामो समय देखी अनवरत रुपमा क्रियाशिल, दर्शकहरुको प्यारो कलाकार, अग्रज चलचित्र सदाबहार नायक श्री भुवन केसीले चलचित्र र कलाकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समिती अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी अमेरिकाका तर्फबाट संयुक्त रुपमा श्री केसीलाई अमेरिकाको वाशिङ्टन डिसीमा  हार्दिक अभिनन्दन गरिएको

Wednesday, June 29, 2016

नेपालको काठमाडौं र अमेरिकाको वाशिङटन डिसीमा यसरी बिमोचन गरियो रामप्रसाद खनालको कविता सँग्रह "देश हराएको मान्छे" !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले संयुक्त रुपमा गरे कार्यक्रमको आयोजना 
रामप्रसाद खनालको कविता सँग्रह "देशहराएको मान्छे" को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भर्जिनिया मनासस शहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महा बाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण  सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले संयुक्त रुपमा बिमोचन

Monday, June 20, 2016

इजरायलमा सम्पन्न साधारण सभाबाट निर्बाचित अन्तर्राष्ट्रिय कलाकार मँच इजरायल शाखाको नयाँ कार्य समिति


अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समितिले भर्खरै इजरायलमा सम्पन्न साधारण सभाबाट निर्बाचित इजरायल शाखाको नयाँ कार्य समितिलाई  मँचको केन्द्रको बिधानको परिधि भित्र रही कार्य गर्ने गरी अनुमोदन गरेको छ । केन्द्रले नयाँ निर्बाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै कला र सँस्कृतिको लागि क्रियाशिल हुन पनि निर्देशन दिएको छ । मँचका गतिबिधिहरु मा बिगत मा भन्दा झन बढी क्रियाशिलता देखियोस, सबै कलाकार हरुलाई समेटेर इजरायल शाखाले आफ्नो क्रियाशिलता देखाउन सकोस । मँच भित्र स्वस्थ प्रतिस्प्रधा होस केन्द्रको यही चाहना छ भन्दै केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले इजरायल शाखाको क्रियाशिलता हेर्न आफु आत्तुर रहेको

Sunday, June 19, 2016

बिगत बर्षहरुमा जस्तै तर यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब मनाइदैछ अमेरिकाको भर्जिनियामा चार संस्थाको संयुक्त आयोजनामा

सपरिवार लाई निम्तो !


  नोट: हामीले यो कार्यक्रमको तय कार्यक्रम को निर्धारित समय भन्दा साढे दुई महिना अघिनै, कसै सँग नजुधाइ र असर नपर्ने गरी आयोजना गर्ने निर्णय सार्वजनिक गरेका छौं तसर्थ कृपया डिसी मेट्रो एरियाका कुनै पनि संघ संस्थाहरुले उक्त दिन अर्थात August 27, 2016 मा कुनै कार्यक्रम आयोजना नगरिदिनुहुन, नजुधाइदिनुहुन बिनम्रता पूर्वक आह्वान गरिएको छ ।
आउनुहोस अगस्त 27 मा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ ।
बिगत बर्षहरुमा जस्तै तर यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब मनाइदैछ अमेरिकाको भर्जिनियामा चार संस्थाको संयुक्त आयोजनामा । वाशिङटन डिसी मेट्रो एरिया अर्थात भर्जिनिया, डिसी र म्यारिल्यान्ड तिनै राज्यलाई समेटेर आयोजना गरिने यो कार्यक्रम अमेरिका नेपाल टेलिभिजन, नेपाल मदर डट कम, इनेपालीज डट कम, डिसी नेपाल डट कम, TheNepaltoday.com, brtnepal.com, Globenepal.com, सहित अमेरिका, नेपाल र बिदेशमा रहेका दर्जनौँ मिडिया तथा अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण गरिनुको साथै कार्यक्रम पछी पनि संसार भरका मिडियाहरुबाट उक्त कार्यक्रमको समाचार भिडियो प्रकाशन प्रशारण गरिने ब्यबस्था मिलाईँदैछ । यस पटकको तिज महोत्सब एतिहासिक बनाउन आयोजक चार संस्थाहरु कुनै कसर बाँकी नराखेर खट्ने छन । तसर्थ आजै क्यालेन्डर मार्क गर्नुहोस आ आफ्न काम मा बिदा मिलाउन पहल गर्दै गर्नुस ।

हामी उपस्थित हरेकलाई नचाउँछौँ
हाम्रो तिज सँस्क्रितीलाई बँचाउँछौं

मिती: August 27, Saturday
समय: बिहान ११ बजे
स्थान: केही दिनमै अपडेट गरिनेछ ।
प्रबेश: निशुल्क, खुल्ला कार्यक्रम, जो जसले पनि सहभागी हुन, नाच्न गाउँन र प्रतियोगितामा भाग लिन पाउने, प्रतियोगिता सम्बन्धी जानकारी केही दिनमै अपडेट गरिनेछ ।
बिशेष आकर्सण: अन्तर्राष्ट्रिय कलाकार मँचमा रहेका राष्ट्रिय अन्तरराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने
तिजको दर/ दिवा भोज - निशुल्क

आयोजक:

* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN)
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
* अमेरिका नेपाल टेलिभिजन (ANTV)
मिडिया पार्टनरमा सहभागी हुन चाहने संसार भरका अनलाइन तथा अन्य मिडियाहरुले र सह आयोजकका रुपमा सहभागी हुन इच्छुक संघ संस्थाहरुले आयोजकहरु सँग संपर्क राख्न सक्नुहुने छ ।
नोट: हामीले यो कार्यक्रमको तय कार्यक्रम को निर्धारित समय भन्दा साढे दुई महिना अघिनै, कसै सँग नजुधाइ र असर नपर्ने गरी आयोजना गर्ने निर्णय सार्वजनिक गरेका छौं तसर्थ कृपया डिसी मेट्रो एरियाका कुनै पनि संघ संस्थाहरुले उक्त दिन अर्थात August 27, 2016 मा कुनै कार्यक्रम आयोजना नगरिदिनुहुन, नजुधाइदिनुहुन बिनम्रता पूर्वक आह्वान गरिएको छ ।
आउनुहोस अगस्त 27 मा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ ।

संपर्क ब्यक्ति र फोन :
Ram Prasad Khanal - 703-419-0924
Hemanta Shrestha – 202-577-3897
Manju Sangraula – 202-341-8696
Prem Sangraula – 202-320-6115
Arun Rupakheti - 703-909-7123
Bhupnarayan Ghartimagar- 571-217-6782
Bimala Niraula - 571-296-8151
Ram Adhikari - 571-216-3414
Parashu Timalsina - 703-302-0338
Pushkar Pant - 703-867-5962
Bishwaraj Thapa - 703-241-7091
Mohan Bastakoti - 571-201-7144
Anil Khanal - 703-789-2307
Rabindra shrestha - 703-953-7401
Ambika Gurung - 571-312-8671
Rajani Shrestha - 703-953-7401
Subhadra Parajuli - 703-222-0743
Pushpa Ghimire - 571-329-4131
Prakash Nepal – 7038644141
Homnath Subedi - 703-864-4461

Saturday, May 14, 2016

यसरीनै सफलता प्राप्त गर्न सकिरहुन मँचका हस्तिहरु, हाम्रो शुभकामना अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रीय समितिको तर्फबाट

अन्तर्राष्ट्रिय कलाकार मँचका सदस्य एबम नेपालका प्रसिद्ध कलाकार निर्मल शर्मा उर्फ गैँडाको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ब्रासलेटमा अमेरिकाको बसाइबाट नेपाल फर्केका मँचकै केन्द्रीय महासचिब,

वाशिङटन डिसीमा नाट्य जगतका धुर्ब तारा, प्राज्ञ, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय उपाध्यक्ष, अग्रज कलाकार हरि बहादुर थापालाई अभिनन्दन

 नाट्य जगतका धुर्ब तारा, प्राज्ञ, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय उपाध्यक्ष, अग्रज कलाकार हरि बहादुर थापालाई वाशिङटन डिसीमा अमेरिका नेपाल सहयोगी समाजको तर्फबाट अभिनन्दन गरियो । काबा नेपाली 

Thursday, May 12, 2016

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा र जर्मनी शाखाको संयुक्त पहलमा यूरोपमा "मह जोडी" लाई सम्मान

 जर्मनी / अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा र जर्मनी शाखाको संयुक्त पहलमा यूरोप यात्रामा रहेका "मह जोडी" मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जर्मनीको एस्सेन शहरमा सम्मान गरिएको छ | मंचको तर्फबाट अन्तर्राष्ट्रिय कलाकार मंच, जर्मनी शाखाका

Monday, May 2, 2016

अन्तर्राष्ट्रिय कलाकार मँचका सबै महाशाखा, शाखा, यस अन्तर्गत रहेका सबै कलाकारहरुलाई पनि आफु सक्दो सहयोग पठाउन बिनम्र अनुरोध




 सिन्धुपाल्चोकको गिरान्चौरमा भुकम्पले तहस नहस भएको अर्को बस्ती पुनर्निर्माण गर्न लागे धुर्मुस र सुन्तली, सार्वजनिक रुपमा सहयोग आह्वान
 गत बर्ष अमेरिका आएका कलाकार धुर्मुस भाई र सुन्तली बहिनी दुबै यतै बस्न सक्थे । मलाई थाहा छ उनिहरुले अाफ्ना लागि केही गर्न सक्थे, हामीले लिए जस्तै ग्रीन कार्ड एप्लाई गर्न सक्थे तर भुकम्पको खबर सुन्ना साथ धुर्मुस भाई र सुन्तली बहिनी दुबैले भने "दाजु नेपालमा भुकम्पले त्यस्तो सत्यानाश पारेछ, हामी यहाँ मान्छे हँसाउँदै हिडन, यता बस्न मनले दिएन, हामी फर्किन लाग्यौँ" मैले पनि उनिहरु दुबैको कुरामा सही थापेँ । भुकम्पको दुई

Saturday, April 23, 2016

अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत, शाखाको प्रथम अधिवेशन एवं साँस्कृतिक कार्यक्रम भब्य रुपमा यसरी सम्पन्न भयो !

 केन्द्रिय समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालद्वारा कुवेत शाखा परिवारलाई धन्यवाद र बधाई ब्यक्त !
  image
- आकाश शेर्पा, कुवेत
अप्रिल २३- “मौलिक कला र संस्कृतिको साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय कलाकार मञ्च  कुवेत, शाखाको प्रथम अधिवेशन एवं मञ्चको अन्लाईन पत्रीका iafkuwait.com को उद्घाटन बिबिध संस्कृतिक कार्यक्रमको साथमा हिजो अप्रिल २२ तारिख मुर्गाब स्थित
प्यारागन होटलमा सम्पन्न भएको छ ।


Saturday, February 20, 2016

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाद्वारा बेल्जियममा आई ए एफ एवार्ड कार्यक्रम सम्पन्न

१४ फेब्रुवरी २०१६ बेल्जियमको एन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले आई ए एफ एवार्ड डे कार्यक्रम सम्पन्न गरेको छ | ३ चरणमा विभाजित उक्त कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका कन्सुलर श्री घनस्याम भण्डारीले गर्नु भएको थियो भने, विशिष्ट अतिथिमा गैर आवाशीय नेपाली संघ ग्लोबल सचिब श्री अर्जुन कुमार श्रेष्ठ र गैर आवाशीय नेपालि संघ आई सी सी महिला

Saturday, January 30, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले यही फेब्रुअरी १४ मा युरोपमा भब्य कार्यक्रम गर्दै !

कार्यक्रमको पूर्ण सफलताका लागि अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समितिका तर्फबाट हार्दिक शुभकामना ब्यक्त
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले पहिलो युरोप कलाकार भेला आयोजना गर्ने भएको छ। नेपालि कला र नेपाली संस्कृतिलाई बिस्व सामु चिनाउने र युरोपमा रहेका नेपाली  कलाकारहरुलाई एक सुत्रमा बाध्न्ने प्रयासरत बेल्जियमको एन्ट वेर्पेन सहरमा आगामी १४ फेब्रुवरी २०१६ भेला आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय कलाकार मंच युरोप शाखाले जनाएको छ । कार्यक्रममा नेपालबाट आउने कलाकारका साथै युरोपका देशहरु जर्मनी, बेल्जियम, हल्याण्ड, पोर्तुगल, स्पेन, ईटाली र डेनमार्कमा लामो समय देखि कार्यक्रम गर्दै युरोपमा आफ्नो छबि बनाउन सफल कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । कलाकारहरु र कला प्रेमी सबैलाई अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखाले आई ए एफ युरो सांगीतिक भेला २०१६ मा हार्दीक निमन्त्रणा गरेको बताउने अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखा नब गठित कार्य समिति अध्यक्ष दयाराम पौड्यालका अनुसार यो कार्यक्रम यूरोपमा हरेक बर्ष आयोजना गरिने छ र नेपाली  कला सस्कृतिको उथान का लागि लागिपरेको हाम्रो सस्थाले बिभिन्न कार्यक्रम हरु लिएर आउने छौ । कार्य समितिले आयोजना गर्न लागेको

Saturday, January 2, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच, पोर्तुगल शाखा गठन

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको बिधान निती नियम परिपालन गर्ने, केन्द्रको संपर्कमा रही मँचको काम कार्वाही गर्ने गरी केन्द्रले भर्खरै गठित अन्तर्राष्ट्रिय कलाकार मँच, पोर्तुगल शाखा  लाई अनुमोदन गरेको छ । उक्त शाखा गठनका लागि मँचको युरोप महा