Sunday, October 18, 2009

अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा गठन


अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा गठन गरिएको छ। जस मा अध्यक्ष मित्र लाल पार्दे, उपाध्यक्ष श्री टोप बहादुर गैरे क्षेत्री, श्रीमती किर्ती पोख्रेल्, महासचिब्
श्री इन्द्र कुमार हिराचन, सचिब् श्री सुभाश घिसिङ्, कोषाध्यक्ष श्री अजय लामा, सदस्य श्री श्रीधर कार्की रहनु भएको कुरा अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाले जनाएको छ ।
यसै बिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै मन्चको पोल्यान्ड शाखा लाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्ने मन्च को महान पवित्र उद्देस्य परिपुर्तीका लागि काम गर्न शुभकामना दिनुभएको छ।

अध्यक्ष्य खनाल ले प्रेस रिलिजमा अगाडि भन्नु भएको छ "हामी छिट्टै अब संसारका बिभिन्न देस हरुमा पनि मन्चका शाखा बिस्तार गर्दै छौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीत का क्षेत्र मा काम गर्न चाहने सबैलाई हाम्रो ईमेल internationalartistsforum@gmail.com मा अथवा www.iafusa.blogspot.com मा संपर्क गर्न अनुरोध गर्दछौं"

Monday, October 12, 2009

अमेरिकामा पनि आफ्नो कला मज्जाले देखाए नेपाली कलाकारहरुले दशै को मौकामा !!!

दश बर्ष अमेरिका बसे पनि सरोज खनालको कलाकारितामा कुनै कमी देखिएन, नत सारँगा, पूजा , प्रेमराजामा पनि कुनै कमी देख्न पाइयो। पर्दा पछाडिका डान्स डाइरेक्टोर नबिन केसी, लुना, र लक्ष्मी को त झन कमी हुने कुरै भएन।

चौतारी को आयोजनामा अमेरिकाको भियना ओक्टन् हाई स्कुलमा नेपालका बरिस्ठ कलाकारहरुले दशै तिहार को अबसरमा एउटा रमाइलो कार्यक्रमको आयोजना गरे । सरोज खनाल, प्रेमराजा महत, सुनिल उप्रेती, रामप्रसाद खनाल, सारंगा श्रेष्ठ, पूजा चन्द, सन्जीब प्रधान, कर्ण दास, दीपेश किशोर भट्टराई, रतन सुबेदी, राजु लामा, सपना श्री, किशोर क्ष्यत्री, किरण केसी, नबिन केसी, लुना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,समिक्षा महत, सदिक्षा महत, कृतिका श्रेष्ठ, सबु, सैलु बजिमय, साङ्य श्रेष्ठ, दिक्षा यादव, आदी कलाकारहरुले गीत न्रित्य, नाटक लगायतका रोचक खुराक पस्केका थिए । कार्यक्रम अत्यन्त रोचक र एतिहासिक थियो । पर्दा पछाडि बाट कलाकार सुर्यमाला खनाल र सुनिल उप्रेती को, त्यसै गरी कृष्ण शर्मा र निर्मल आत्रेय को भूमिका पनि उत्तिकै थियोकार्यक्रम सफल पार्न ।