Tuesday, October 14, 2014

नेपाली लोकगीत र संगीतक्षेत्रका एक अथक योद्धा, लोकगीत पिता जन कबि केशरी श्री धर्मराज थापा ज्यु को निधनले अन्तरराष्ट्रिय कलाकार मँच मर्माहत !


अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती प्रकासित गर्दै नेपाली लोकगीत र संगीतक्षेत्रका एक अथक योद्धा, लोकगीत पिता जन कबि केशरी श्री धर्मराज थापा ज्यु को निधनले मँच मर्माहत भएको छ भन्दै स्वर्गिय थापा ज्यु प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभएको छ । "नेपाली लोकगीत ईतिहासका कहिलै नअस्ताउने तारा श्री थापा अब हामी बीच रहनुभएन तर पनि वहाँ का कृति र वहाँले दिनुभएको अमुल्य योगदान हामी बीच सधैं बाँचिरहने छन, वहाँ को योगदान लाई अन्तरराष्ट्रिय कलाकार ऊच्च सम्मान का साथ सधैंब सम्झिरहने छ र वहाँका पाइलाहरुलाइ पछ्याइरहने छ" अध्यक्ष खनालले बिज्ञप्तीमा भन्नु भएको छ । "मँच स्वर्गिय जनकबी केशरी थापा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछ" भन्दै वहाँले "आफुलाइ ब्यक्तिगत रुपमा पनि श्री थापाले जहिले पनि लोकगीत दोहोरीगीतको क्षेत्रमा अग्रसर हुन गर्नुभएको प्रोत्साहन र दिशा निर्देशलाई पनि म सधैं सम्झिरहने छु" भन्नुभएको छ ।