बिभिन्न देशहरुमा पनि मन्चका शाखाहरु बिस्तार हुने
अमेरिका । केही समय अघी अमेरिकामा स्थापित अन्तराष्ट्रिय कलाकार मँचको केन्द्रिय समिती हालै बिस्तार गरिएको छ । गीत, संगीत , चलचित्र , हाँस्यब्यँग, नाट्य, बाद्यबादन, न्रित्य, प्रहसन, उदघोसण् लगायत बिबिध कलासँग सम्बन्धित कलाकारहरुलाई समेटेर गरिएको बिस्तार अनुसार बरिश्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनाल अध्यक्ष्य (भर्जिनिया अमेरिका), बरिस्ठ नाट्यकर्मी (मालती मंगले गिती नाटकका मंगले) हरीबहादुर थापा ऊपाध्यक्ष्य (नीयोर्क अमेरिका), थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याति कमाएकी लोकप्रिय नायिका जल शाह ऊपाध्यक्ष्य (साल्टलेकसिटी, अमेरिका), दर्जनौ चलचित्रका सफल नायक युबा ढुकढुकी रमेश उप्रेती महा -सचिब (बाल्टिमोर अमेरिका), नायिका एबम न्रित्यँगना अनुपमा प्रसाइ कोइराला सचिब (भर्जिनिया अमेरिका) , चलचित्र अभिनेता, निर्देशक कृष्णमुरारी ढुङ्गेल कोसाध्यक्ष्य (क्लोराडो अमेरिका ) रहनु भएको छ ।
केन्द्रिय कार्यसमितीका सम्मानित सदस्यहरुमा बरिश्ठ कलाकारहरु क्रमश : नायिका शर्मिला मल्ल (नेपाल), लोकप्रिय नायिकाहरु करिस्मा मानन्धर र पूजा चन्द (बाल्टिमोर अमेरिका), नायक सुरेश मरहठ्हा, गायिका ममता दीप बीम (क्यलिफोर्निया अमेरिका), प्यारोडी सम्राट रतन सुबेदी (बाल्टिमोर अमेरिका), चर्चित नायिका एबम कुशल न्रित्यङाना सारँगा श्रेष्ठ (मारिल्यान्ड अमेरिका) , सुप्रशिद्ध गायक गायिका एबम पप स्टारहरु क्रमश: सन्जीव प्रधान र सरिस्मा आमात्य (बाल्टिमोर अमेरिका), चर्चित नायक सुधाम्शु जोशी , दर्जनौ सिरियल तथा फिल्ममा कलाकार रही सकेका र बिदेशमा पनि नेपाली कला संगीत कै लागि समर्पित हरी सिवाकोटी (बेलायत), चर्चित हाँस्यब्यङगकार नारायण त्रिपाठी (वशिङ्टन डिशि, अमेरिका), बाद्यबादक्, न्रित्यकार एबम नाट्यकर्मी राज कपुर (नीयोर्क अमेरिका) , लोकप्रिय कलाकर्मी अनिल पाण्डे (क्यलिफोर्निया अमेरिका), कलाकर्मी एबम चर्चित उदघोसिका रचना सिंह (सन्फ्रान्शिस्को अमेरिका), नयाँ पुस्ताका तर प्रखर लोक तथा दोहोरी गायक पवन ओली (मारिल्यान्ड अमेरिका}, छानिनुभएको छ ।