Thursday, November 20, 2008

बरिस्ठ लोक गायक राम थापाको दु:खद निधनमा अन्तराष्ट्रिय कलाकार मन्चद्वारा गहिरो दु:ख प्रकट
एकै छिन् यो गीत हेरौ, यो गीत का गायक राम थापा अर्थात् नेपाली लोक गिती फाट् का एक अग्रणी तारा, अब भौतिक रुपमा हामी बिच रहनु भएन, ५० बर्ष कै उमेर मा वहाँको जन्डिश रोग बाट निधन भएको छ । सयौ लोक गीत का रचयिता, गायक एबम संगीतकार राम थापा को दु:खद निधन मा अन्तराष्ट्रिय कलाकार मन्च का तर्फ बाट अध्यक्ष्य राम प्रसाद खनाल र महासचिब रमेश उप्रेती ले एक प्रेस रिलिज जारी गर्दै वहाँ को निधन प्रति गहिरो दु:ख प्रकट गर्नुभएको छ । शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दै अन्तराष्ट्रिय कलाकार मन्च वहाँ को आत्माको चिर शान्ती को कामना गर्दछ प्रेस रिलिज मा भनिएकोछ ।

No comments: