International Artists Forum (IAF)
is an Independent and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, rampdkhanal@gmail.com Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
विश्व भरी छरिएर रहेका नेपाली कलाकार हरु र बिदेसी कलाकार लाई समेत् समेट्दै अन्तरराष्ट्रिय रुपमा बितार गरिदै गरेको अमेरिकामा प्रधान कार्यालय रहेको अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनाल र महासचिब रमेश उप्रेतीले एक प्रेस रिलिज जारी गर्दै हाल अमेरिका भ्रमण् मा रहनु भएका बरिस्ठ कलाकार निर शाह लाई मँच को अती ऊच्च सम्मान अर्थात " मानार्थ बरिस्ठ सल्लाहकार" मा मा नियुक्त गरिएको जनाउनु भएको छ । उक्त पद स्विकार गरिदिनुभएकोमा निर शाह प्रती आभार प्रकट गर्दै मँच ले वहांको सल्लाह र सुझाब ले मँच लाई टेवा पुग्ने विश्वाश लिएको छ । यसै सन्धर्बमा वहाँलाई अभिनन्दन गर्दै मँच का तर्फबाट श्री शाह लाई प्रदान गरिएको अभिनन्दन पत्र तल जस्ताको तस्तै प्रस्तुत छ । जुन कार्यबाहक नेपाली राजदुत् काली प्रसाद पोख्रेल ले एक समारोहकाबिच शाह लाई अमेरिका मा हिजो प्रदान गर्नुभएको थियो।
नीर शाहलाई अमेरिकामा सम्मान गरियो
अमेरिकाको स्प्रिङ्ग फिल्डमा अमेरिका नेपाल सोसाइटी, खस खस , बिस्व सन्देस , बिस्व परिक्रमा को आयोजनामा राम मालाकार को सभापतित्वमा आयोजित समान कार्यक्रममा बरिस्ठ कलाकार , गीतकार , कुसल प्रसासक निर शाह लाई सम्मान गरियो । आयोजक चार वटा सस्थाका तर्फबाट हेमन्त श्रेष्ठ, बिष्णु थापा, गोबिन्द गिरी प्रेरणा, बासु श्रेष्ठ द्वारा हस्ताक्ष्यरित सम्मान पत्र र अन्तरराष्ट्रिय कलाकार मन्च अमेरिका का तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले हस्ताक्ष्यर गर्नु भएको अभिनन्दन पत्र काबा नेपाली राजदुत् काली प्रसाद पोख्रेल ले वहां लाई प्रदान गर्नुभयो । कार्यक्रममा बरिस्ठ कलाकार हरु सरोज खनाल, राम प्रसाद खनाल, काली , सरद निरौला, बसन्त श्रेष्ठ, हेमन्त श्रेष्ठ, सगरमाथा टिभी का संचालक राम खरेल , ए एन एस का अध्यक्ष्य बिष्णु थापाले निर शाहका बारेमा बोल्नु भएको थियो ।
No comments:
Post a Comment