संसारभर इन्टरनेट मार्फत नेपालमदर डट कम र अन्य साइट हेर्ने महानुभाबहरु !

आज अमेरिकाको भर्जिनिया मनाससमा १३ संस्थाहरुको सहयोग र साथमा अन्तरराष्ट्रिय कलाकार मन्चद्वारा आयोजित अत्यन्त भब्य र एतिहासिक तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल गर्नुपरेकोमा फेरी एक पटक हामी क्षमा माग्दै प्रमुख आयोजकका तर्फबाट नेपाली राजदुताबास, राजदुत डा. शंकर शर्मा, सबै कलाकार, आमन्त्रित सबै, सह आयोजक, मिडिया पार्टनर सबैलाई धन्यवाद र आभार प्रकट गर्दै औपचारिक समारोहमा अभिनन्दन गर्न असमर्थ भए पनि आज पहिलो पटक संचार माध्यम

मार्फत सार्वजनिक तबरले हामी निम्न बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन गर्दैछौं । यसरी सार्वजनिक रुपमा आम संचार माध्यम बाट अभिनन्दन गरिएको यो नै सम्भबत पहिलो पटक हुनुपर्छ । समारोह प्राकृतिक प्रकोपको कारण स्थगित भएकाले यसरी संचार माध्यम मार्फत अभिनन्दन गरिएकोमा यसलाई सबैले सहजपूर्वक लिइदिनुहुन बिनम्र अनुरोधछ । अभिनन्दन पत्रहरु आफै यसरी बोल्छन :

आयोजक :
रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,
Nepali woman's Global Network,
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी ,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
Human Rights organization of Nepalese of America
No comments:
Post a Comment