गायक रामकाजी मोक्तान, तेन्जिंग भुटिया हुनुहुन्छ,. अन्य क्यानाडा बासी नेपाली कलाकार हरु पनि छिट्टै संस्थामा संलग्न हुने क्रममा छन् भने सल्लाहकारहरुमा तेक्वान्दो खेलाडी तथा कलाकार राजकुमार राई, मन्च का केन्द्रिय
सदस्य हरि सिवाकोटी , एनआरएन क्यानाडाका अध्यक्ष्य डा. बिनोद के.सी हुनु हुन्छ | क्यानाडाकालागि नेपाली राजदुतलाई पनि बिशेष आमन्त्रित सल्लाहकारका रुपमा आमन्त्रण गरिएको छ। अध्यक्ष्य थापाले केही समयभित्रै यसलाई अझ बिस्तार गरी क्यानाडाका सबै कलाकारहरुलाई समेटेर अगाडि बढीने बताउनुभयो । मँचको केन्द्रिय कार्य समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले नब निर्बाचित क्यानाडा शाखाका सबै कलाकारहरुलाई बधाई दिदै गीत, संगीत, कला, सँस्क्रिती र कलाकारहरुको विश्वब्यापी सन्जाल बनाउने अभियानमा क्यानाडा शाखाले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वाश ब्यक्त गर्नु भएको छ। स्मरण रहोस् हाल सम्म संसार का बिभिन्न देश हरु र अमेरिका मा समेत गरी अन्तरराष्ट्रिय कलाकार मँचका १० वटा शाखा गठन एबम बिस्तार भैसकेका छन भने अन्य देश हरु, शहरहरुमा समेत यो मँच का शाखा हरु बिस्तार हुने क्रममा छन ।
- मन्च ले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ। मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ । for more detail about International Artists Forum please visit this site too
No comments:
Post a Comment