Tuesday, September 27, 2011

विजया दशमी तथा शुभ दिपावली २०६८ को अवसरमा
* रामप्रसाद खनाल - अध्यक्ष एबम
- अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार

Saturday, September 24, 2011

केही सुप्रसिद्ध नेपाली तथा अमेरिकी कलाकारहरुलाई केन्द्रिय कार्य समितिमा थप गर्दै अन्तराष्ट्रिय कलाकार मँचको तेस्रो चरणको बिस्तार, कलाकार र कलाकार संस्थालाई संपर्कमा आउन आह्वान

अन्तराष्ट्रिय कलाकार मँचको बिधान अनुसार केही सुप्रसिद्ध नेपाली तथा अमेरिकी कलाकारहरुलाई केन्द्रिय कार्य समितिमा थप गरिएको मँचका केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले प्रेस रिलिज जारी गर्दै जानकारी गराउनुभएको छ। अन्तराष्ट्रिय कलाकार मँचलाई अझ

Wednesday, September 21, 2011

अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना, अन्यत्र पनि बिस्तारको क्रम जारी

संसार भर शाखा उपशाखा गठन गर्दै अन्तराष्ट्रिय स्तरको कलाकार सन्जाल बनाउने अभियानका साथ अगाडि बढेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजाधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना भएको छ। अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष

Wednesday, September 7, 2011

विश्व भर नै कलाकारको एउटा ठुलो सन्जाल बनाउने निती, क्यानाडामा पनि स्थापना भयो अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा

विश्वका अन्य मुलुकका साथै अमेरिकाको बिभिन्न स्टेटमा समेत  शाखाहरु विस्तार गर्दै अगाडी बढी रहेको  अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा अहिले क्यानाडामा पनि स्थापना भएको छ | सो शाखाको  अध्यक्ष्यमा  चलचित्र नायक, निर्माता, कलाकार  इश्वर थापा, उपाध्यक्षमा कलाकार कमल थपलिया, सचिवमा गायिका तथा कवयत्री राधिका खरेल (वहा हाल एन आर एन क्यानाडाको कोषाधक्ष्य पनि हुनुहुन्छ) भने सदस्य हरुमा

Friday, September 2, 2011

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण गर्दै अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन

करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय  रुपमा काम गरिरहेको,  हाल सम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तराष्ट्रिय कलाकार मँच पुनर्गठन/बिस्तार गरिएको छ । अन्तरास्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा सन्स्क्रिती सँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र शलभ, सरोज खनाल रहनुभएको छ ।
मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल

Thursday, September 1, 2011

संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्चको फ्लोरिडा शाखा गठन

अमेरिकाको फ्लोरिडामा अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन भएको छ। संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखामा कलाकारहरु,  फ्लोरिडाका गीत संगीत कला साहित्य लाई माया गर्ने देखी समाजसेबी प्रबुद्ध सम्म क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, डा धर्म आचार्य, बिमल नेपाल, कृष्ण श्रेष्ठ र चुडामणी खनाल सल्लाहकार रहनुभएको छ भने अध्यक्ष्य मा धन मान थापा, उपाध्यक्ष्य मा देब राइ, राजेन्द्र सिंह राउत, बिकास देबकोटा, सचिबमा मोनिका प्रधान, कोसाध्यक्ष्य मा नगेन्द्र ढकाल हुनुहुन्छ। मन्चका केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालको उपस्थितीमा ओर्ल्यान्डोमा सम्पन्न भेलाले शाखाको नेत्रित्व चयन गरेको थियो। कार्य समितिका सदस्यहरुमा शान्ता घिमिरे, अशोक खनाल, हरी पौडेल, गोपाल भट्ट, तकत रावल, प्रभात सिंह, साधना शर्मा, दीपेन्द्र अधीकारी, भुवन खनाल, अन्जना डङ्गोल, बिष्णु घिमिरे, सुभाश