Saturday, March 15, 2014

अन्तरराष्ट्रिय कलाकार मँच एशिया महाशाखा गठन, महाशाखाको अध्यक्षमा नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ एबम नेपाल कि प्रख्यात गीतकार एबम साहित्यकार उन्नती बोहरा "शीला"


अन्तरराष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका तर्फबाट सचिब एबम केन्द्रिय प्रबक्ता प्रकाश नेपालले अमेरिका मा एक प्रेस बिज्ञप्ती प्रकाशित गरी मँचको बिधान अनुरुप एशिया महाशाखा गठन गरिएको बताउनुभएको छ । संसार भर कला सँस्क्रिती र साहित्यका लागि केही गरौं भन्ने भावना लिएर बिस्तार गरिँदै लगिएको उक्त मँच संसार भर कलाका बिभिन्न क्षेत्रमा सँलग्न कलाकार र साहित्य सँग सम्बन्धित ब्यक्तित्व समेत समिटिदै लगिएको छ । एशिया महाशाखाको  अध्यक्षमा नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ एबम नेपाल कि प्रख्यात गीतकार एबम साहित्यकार उन्नती बोहरा "शीला" छानिनु भएको छ । हाल अमेरिका भ्रमण मै रहनुभएकी प्राज्ञ एबम बरिस्ठ गीतकार बोहरा "शिला" लाई वहाँले गीत संगीत र साहित्यका क्षेत्रमा पुर्याएको अतुलनिय योगदान का लागि अन्तरराष्ट्रिय कलाकार मँच, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र अमेरिका नेपाल साहित्य प्रतिस्ठान द्वारा केही दिन अगाडि मात्र वाशिङ्टन डिसीमा निम्त्याएर बिशेष सम्मान गरिएको थियो । यसै गरी वहाँ लाई न्यू योर्कमा आयोजित अन्तरराष्ट्रिय नेपाली महिला सम्मेलन मा पनि बिशेष सम्मान गरिएको थियो । वहाँ मँचको एशिया महाशाखाको अध्यक्षमा नियुक्त हुनुभए पछी हर्सित हुँदै आफुले अन्तरराष्ट्रिय कलाकार मँचको केन्द्रले आफुलाइ दिएको जिम्मेवारी अनुरुप बिधानको परिधि भित्र रही कला सँस्क्रिती र साहित्यका लागि अब 
नेपाल बाट माथि उठेर विश्वब्यापी रुपमा आफु सक्दो योगदान दिन तत्पर भएको र यस प्रकारको अबसरको लागि अन्तरराष्ट्रिय मँच को केन्द्रलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु भन्नु भयो । अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले उन्नती बोहरा शीलाको गीत संगीत साहित्यको क्षेत्रको योगदान आफुले बिगत २५ बर्ष देखी नजिक बाट नियाल्दै आएको र वहाँ सँग लुम्बिनी संगीत कला तथा साहित्य प्रतिस्ठान मा सँगै बसेर काम गरेको आधारमा भन्नु पर्दा वहाँ महिला क्षेत्रको एउटा कहिलै नअस्ताउने धुर्ब तारा भएको बताउँदै वहाँको योगदान को उच्च कदर गर्दै वहाँलाई एशिया महा शाखाको अध्यक्षको जिम्मेवारी दिइएको र वहाँको नेत्रित्वमा उक्त महा शाखाले मँचलाई अरु बलियो बनाउने विश्वाश लिनुभएको भन्दै प्रबक्ता नेपाल ले वहाँलाई हार्दिक बधाई समेत ज्ञापन गर्नुभएको छ । वहाँले छिट्टै मँचको एशिया महा शाखामा बिभिन्न क्षेत्रका कलाकार साहित्यकार सँलग्न गरी पूर्णता दिनुहुने छ ।    मँचका बारेमा केही जान्न उत्सुकता भएमा हाम्रो वेब साइट www.IAFAmerica.com  भिजिट गर्न सक्नुहुन्छ ।    
वहाँको परिचय तल बिस्तार मा प्रस्तुत गरिएको छ सबैको जानकारीका लागि ।   
                           
नाम : उन्नती बोहरा 'शीला' ( प्राज्ञ/गीतकार) 
प्राज्ञ सभा सदस्य- नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठान -२०६७
शैक्षिक योग्यता स्नातकोत्तर, -राजनीतिशास्त्र) त्रि.वि.वि.
जन्ममिति २९ पौष, २०१२ -१२ जनवरी, १९५७)
जन्मस्थान गलकोट, बागलुङ, धौलागिरी अञ्चल 
बुबा स्व. डा. हर्षहादुर बुडा
आमा श्रीमती पुष्पावती बुडा
पति श्री दीपक बोहरा
पुत्रहरू श्री गौरव बोहरा 
श्री प्रज्जवल बोहरा
पुत्री चाँदनी बोहरा -ग्यारेट)
राष्ट्रियता नेपाली
धर्म हिन्दु
अनुभव अध्यापन , पक्लिहवा माध्यमिक विद्यालय -६ वर्ष
पेशा गीत लेखन -चलचित्र तथा गिति एलबम)

संलग्नता
१. प्राज्ञ सभा सदस्य- नेपाल संगीत तथा नाटय प्रज्ञा-प्रतिष्ठान -२०६७)
२. संस्थापक अध्यक्ष-महिला गीतकार संघ नेपाल
३. संस्थापक अध्यक्ष, 'शीला फिल्मस् प्रा.लि.'
४. संस्थापक अध्यक्ष, 'लुम्बिनी सङ्गीत, कला तथा साहित्य समाज'
५. संस्थापक सदस्य, 'रेडियो लुम्बिनी' 
६. संस्थापक उपाध्यक्ष, 'सरस्वती सङ्गीत निकेतन'
७. संस्थापक उपाध्यक्ष, 'अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर'
८. आजीवन सदस्य, 'गुञ्जन'
९.  संरक्षक, 'नारी साहित्य प्रतिष्ठान'
१०. संरक्षक, 'वनिता' 
११. आजीवन सदस्य, 'वाणी प्रकाशन'
१२. आजीवन सदस्य, 'नेपाल साङ्गीतिक स‹'
१३. आजीवन सदस्य, 'हिन्दु नारी जागरण नेपाल राष्ट्रिय समिति'
१४. आजीवन सदस्य, 'चिचिला बालपत्रिका'
१५. आवीजन सदस्य, 'डा.के.आई. सिंह स्मृती प्रतिष्ठान'
१६. आजीवन सदस्य, 'कौसिकी पत्रिका'
१७.  विशिष्ठ आजीवन सदस्य, 'विश्व हिन्दु महासंघ'
१८. आजीवन सदस्य, 'भानु' नेपाल मासिक
१९. कार्यकारी सदस्य, 'शंकर लामिछाने निवन्ध समाज'
२०. कार्यकारी सदस्य, 'नाति काजी स्मृती समाज'
पदक तथा सम्मान 
१. 'प्रवल गोरखा दक्षिण बाहु चौथो', २०६१ 
२. छिन्नलता गीत पुरस्कार -२०६५ -रचनातर्फ
३. 'नेपाल सम्मान-२०६०' -एभरेस्ट फाउन्डेशन)
४. 'मास्टर मित्रसेन स्मृति प्रतिष्ठान सम्मान-२०६०'
५. 'हारती सम्मान-२०६२'
६. भारती कला सम्मान-२०६३ -भारती उपाध्याय कला पर््रवर्द्धन केन्द्र)
७. 'लुम्बिनी संगीत कला साहित्य समाज सम्मान-२०६१'
८. 'राष्ट्रिय नागरिक स्वर्ण्र्ााम्मान-२०६१' -नागरिक मञ्च नेपालद्धारा)
९. 'राष्ट्रिय नारी सम्मान-२०६१' -शान्ती विकास अभियान नेपालद्धारा)
१०. 'देवदास नाट्यकला केन्द्रद्धारा सम्मान-२०६२'
११. 'हिन्दु नारी जागरण राष्ट्रिय समिति नेपालद्धारा सम्मान-२०६२'
१२. 'वनिता सम्मान-२०६१
१३. 'मानचित्र सम्मान-२०६२' -मानचित्र संचार समूहद्धारा)
१४. अभिनन्दन, व्लू रेन इन्टरनेशनल बोर्डिङ्ग स्कूलद्धारा -२०६२)
१५. राष्ट्रिय शान्ति सम्मान-२०६२ -नेपाल युवा समाज द्धारा)
१६. आठौ बाषिर्क टूबोर्गर् इमेज अवार्ड -२०६२)
सर्वोकृष्ट राष्ट्रिय भावनाले अभ्रि्रेरित गीत 'फर्की आऊ शान्ति तिमी'
१७. प्रशंसा-पत्र २०६३ -नेपाल विद्युतीय धार्मिक सञ्चारककर्मी मन्च बिराटनगर)
१८.  राष्ट्र विकास सम्मान २०६३ -शान्ति र विकासका लागि नागरिक आवाज)
१९. राष्ट्रिय प्रतिभा सम्मान २०६३ -दिगो विकास नेपाल)
२०. कृति सम्मान 'सिक्काका दर्ुइ पाटा-२०६३' -मानचित्र संचार समुह)
२१. लुम्बिनी रेडियो सम्मान-२०६०'
२२. राजधानी विशिष्ट सम्मान-२०६३ -राजधानी कला केन्द्र सम्मान)
२३. विशेष कदरपत्र-२०६४ -नवरङ्ग साहित्य प्रतिष्ठान)
२४. राष्ट्रिय नागरिक स्वर्ण्र्ााम्मान-२०६४ -राष्ट्रिय नागरिक समाज नेपाल)
२५ विषेश राष्ट्रिय सेवा सम्मान-२०६४ -नेपाल यूवा समाज)
२६. कदर-पत्र -२०६४ -वेलफेयर सोसाइटी फर बलाइन्ड एण्ड डिसेवल)
२७. कदर-पत्र -२०६४ -उन्नयन शिक्षा सदन)
२८. कदर-पत्र -२०६४ -पक्लिहवा माध्यामिक विद्यालय रुपन्देही)
२९. कुस्माञ्जली साहित्य सम्मान-२०६५ -नुवाकोट साहित्य प्रतिष्ठान नेपाल)
३०. कदरपत्र  - २००८ अन्तराष्ट्रिय नेपाली साहित्य समाज -टेक्सस चेप्टर) 
निर्ण्र्ााक कविता गोष्ठी २ नोभेम्बर २००८  लक्ष्मी जयन्ती
३१. कदरपत्र  - २००८ अन्तराष्ट्रिय नेपाली साहित्य समाज -निर्ण्र्ााक कविता 
गोष्ठी २५ डिसेम्बर  २००८  लक्ष्मी जयन्ती -न्यूयोर्क चेप्टर)
३२. 'नारी साहित्य प्रतिष्ठान सम्मान-२०५९'
३३. बधाइ-पत्र २०६६ -नारी साहित्य प्रतिष्ठान नेपाल)
३४. मानचित्र विशेष सम्मान-२०६६ -मानचित्र संचार समूहद्धारा)
३५. बधाइ-पत्र-२०६६ -क्लब फिप्टी)
३६. राष्ट्रिय नारी सम्मान-२०६६ -नेपाल युवा समाज)
३७. अभियान श्री सम्मान -अभियान-२०६६)
३८. अभिनन्दन पत्र २०६६ भद्रकुमारी घले सेवा सदन -२०६६)
३९. राष्ट्रिय नारी शान्ति सम्मान २०६६ -राष्ट्रिय नागरीक सरोकार केन्द्र)
४०. सम्मान पत्र २०६६ -विश्व हिन्दु महा सघं)
४१. सम्मान पत्र २०६७ -शान्ति र विकासका लागि नागरिक आवाज)
४२. मानार्थ सल्लाहकार सम्मान पत्र २०६७ -नेपाल यूवा समाज)
४३.  नगरिक साहित्य सेवा सम्मान-२०६७ -नागरिक तथा सामजिक सरोकार मञ्च)
४४. राष्ट्रिय कला संस्कृति सेवा सम्मान-२०६७ -दैनिक पत्रिका राष्ट्रिय संजाल)
४५. राष्ट्रिय नारी सेवा सम्मान-२०६७ -नेपाल शान्ति समाज)
४६. नागरिक विकास सेवा सम्मान-२०६८ -नागरिक विकास अनुसन्धान केन्द्र)
४७.    राष्ट्रिय नारी सम्मान-२०६८ -सिर्जनसिल महिला मञ्च)
४८. राष्ट्र सेवा सम्मान-२०६८ -एकिकृत विकास नेपाल)
४९. विशेेष सम्मान-२०६८ -शान्ति र विकासका लागि नागरिक आवाज)
५०.   नागरिक विकास सेवा सम्मान-२०६८ -नागरिक विकास अनुसन्धान केन्द्र)
५१.    राष्ट्रिय नारी स्वर्ण्र्ााम्मान -२०६८ -करुणामय राष्ट्रिय समाज सेवा नेपाल)
                     ५२.   सम्मान पत्र-२०६८ -नेपाल स्वंय सेवक महासंघ) 
                     ५३.   सम्मान पत्र-२०६९ -सालिमार तीज महोत्सव)  
५४.   राष्ट्रिय नारी सम्मान-२०६९ -हातेमालो अभियान नेपाल)
५५.   नातिकाजी बिशेष संगीत सम्मान-२०६९ पुष ३ -नातिकाजी स्मृति समाज)
५६.   स्रस्टा सम्मान-२०६९ पुष २७ -मिडिया इन्टरनेशनल) 
५७.   राष्ट्रिय सेवा सम्मान-१८ जेष्ठ २०७० -नेपाल युवा समाज)
५८.   नव नारी सम्मान-१ असार २०७० -नवनारी)  

प्रकाशित कृति
१. 'कोसेली उसैलाई' -कविता-सङ्ग्रह)  असार-२०५९
२. 'यादहरूमा' -सि.डी अल्बम)  भदौ-२०५९
३. 'लहर' -सि.डी अल्बम)  कार्तिक-२०६०
४. 'अदृश्य घाउ' -गीति-सङ्ग्रह)  असार-२०६१
५. 'मायाले बा“ध' -भि.सि.डी.)  असार-२०६१
६. 'भुल भयो म बाट' -सि.डी अल्बम) असार-२०६१
७. 'काफल पाक्यो' -बालगीत माला)  २०६१
८. 'भावनाका तरङ्ग' -कविता संग्रह)  बैशाख-२०६२
९. 'फर्कि आऊ शान्ति तिमी' -सि.डी अल्बम) बैशाख-२०६२
१०. 'सिक्काका दर्ुइ पाटा' -उपन्यास)  जेष्ठ-२०६३
११. 'फेरी एकपल्ट' -कलेक्सन सि.डी अल्बम
१२. 'यो शिलसिला' - कलेक्सन सि.डी अल्बम
१३. 'मेरा आसक्ती' - कलेक्सन सि.डी अल्बम
१४. 'मेरो मायालाई' - सोलो भोकल सि.डी अल्बम
१५. टु फेसेस अफ अ कोइन- अंग्रेजीमा अनुवादीत
१६. 'मसंग नहुन्दा' - सि.डी अल्बम
१७. कोमलर्स्पर्स -गीति संग्रह) अंगेजीमा अनुवादीत       माघ -२०६७
                        १८.     शीलाका र्स्पर्शहरु--गीति संग्रह)                    असार २०६९
                        १९.     सदभावका फुलहरु-भि.सि.डि)                      असार २०६९
                        २०.     श्रृजनाका रंगहरु-भि.सि.डि)                        असार २०६९
                        २१.     धर्तीको सन्देश -गीति अल्बम)                      असार २०७०
                        २२.     धर्तीको सन्देश -डि.भि.डि)                         असार २०७०

प्रकाशोन्मुख कृति
१. तृष्णा -उपन्यास)
२. बिरुवा -बालकविता संग्रह)
सहभागिता
१. छैठौ भारतीय राष्ट्रिय जम्बुरी भारतीय ब्याय एण्ड गर्ल स्काउट, बर्म्बई-१९७५ इं.स.)
२. उपसभापति, सिर्द्धार्थ कलेज, रूपन्देही -२०२८)
३. १० महिने शिक्षक प्रशिक्षण तालिम - -२०२९, पाल्पा तानसेन
४. नेपाल गर्ल्स स्काउट प्रशिक्षण १ महिने तालिम - -२०३०, रूपन्देही)
५. उपाध्यक्ष, जिल्ला शिक्षक संगठन -रूपन्देही - २०३२)
६. निर्ण्ाायक 'मिस टिन नेपाल-२००२' -जेसिस काठमाण्डौंद्वारा प्रायोजित)
७. निर्ण्ाायक - पहिलो राष्ट्रिय निबन्ध तथा कविता प्रतियोगिता - दृष्टि विहिन तथा अपाङ्ग कल्याण समाज)
८. कोप फिप्टिन २०१०-कोपेनहेगन,डेनमाक

अभिरुचि समाजसेवा, साहित्य-सिर्जना 
भ्रमण
अमेरिका, बेलायत, प|mान्स, जापान, स्वीजरल्यान्ड, द. कोरिया, ताइवान, क्यानाडा, सिङ्गापुर, बैङ्कक, हङ्कङ, डेनमार्क , हल्याण्ड, नर्वे, जमर्नी, स्वीडेन, भारत ।

भाषा
नेपाली -मातृभाषा), अंग्रेजी र हिन्दी ।

पत्राचार ठेगाना
स्मार्टच्वाईस टेक्नोलोजीज् प्रा.लि.
पोष्ट बक्स नं. १३१६२
बालुवाटार काठमाडौं, नेपाल ।
 इमेल : unnatisheela @ hotmail.com
वेभ साइट:  www.unnatisheela.com.np






”””

from international artists forum's web site .....





from international artists forum's web site .....

Updated...राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती यस्तो छ :






                                              
                                   
      Updated..... अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र
शलभ, सरोज खनाल रहनुभएको छ ।

मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल रहनुभएको छ ।   
  • मँचको केन्द्रिय कार्य समितिका सम्मानित सदस्य (Honorable Member) हरुमा सुप्रसिद्ध चलचित्र नायिकाहरु शर्मिला मल्ल, सारँगा श्रेष्ठ, पूजा चन्द, हाँस्य नायक दीपक राज गिरी, नारायण त्रिपाठी, चर्चित कलाकार दीपा श्री निरौला,गोपाल अधिकारी (ट्वाकेन्द्र), नेपाली पप स्टारहरु राम श्रेष्ठ, सन्जीब प्रधान, सरिश्मा आमात्य, प्यारोडी किंग रतन सुबेदी, लोकप्रिय गायक गायिकाहरु ममता दीप बिम, सपना श्री, रोशन गुरुङ, जगदीश  समाल, दिनेश भण्डारी, पवन ओली, बरिस्ठ कलाकारहरु हरी सिवाकोटी, रचना सिंह, अनिल पाण्डे, लोकप्रिय चलचित्र नायकहरु क्रमश : रमित ढुंगाना, बिक्रान्त बस्नेत, चर्चित पप गायक तथा गीटारिस्ट राजु लामा, दर्जनौ चलचित्रका न्रित्य निर्देशक, कोरियोग्राफर, लोकप्रिय डान्सर नविन केसी, लाखौं  युबाहरुका ढुकढुकीको रुपमा चर्चित डान्सरहरु किशोर छेत्री, लुना श्रेष्ठ, लाखौँ युबाहरुका प्रिय गायक कर्ण दास  हुनुहुन्छ, बरिस्ठ बाद्य बादकहरु राज कपुर, तिलक श्रेष्ठ , राजेन्द्र कर्ण, बिमल बुढाथोकी, न्रित्य स्टार, निर्देशक, कोरियोग्राफरहरु श्याम खड्गी, बिजय नकर्मी, यज्ञमान शाक्य, मँचको बिधानको धारा १४ अनुसार मँचका अध्यक्ष रामप्रसाद खनालले क्यानेडियन गायक एबम बाद्यबादक क्रिस्ट्रोफर डिक्रेन हेल, अमेरिकी कलाकार ब्राड रोबर्ट, युरोप महा शाखाका अध्यक्ष एबम कलाकार उज्ज्वल केसीलाई पछील्लो पटक  मँचको केन्द्रिय कार्य समितिमा मनोनित गर्नुभएको छ । यसैगरी इजरायल शाखामा रही मँचलाई योगदान दिने कलाप्रेमी, समाजसेबी साबी पाठकलाई इजरायल शाखा हेर्ने गरी केन्द्रिय प्रतिनिधि मनोनित गर्नुभएको छ । नब प्रतिभा मध्येबाट कलाकार जेनी पाठक, कानुनी सल्लाहकारमा अमेरिकाका लोकप्रिय युबा कानुनब्यबसायी डिल्ली भट्ट, प्रेस सल्लाहकारमा अमेरिकाका पत्रकार प्रदीप थापा मगर रहनुभएको छ । 
  • अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकी नियम कानुन अनुसार यसरी दर्ता भै सरकारी मान्यता प्राप्त छ : 


No comments: