Thursday, August 14, 2014

लोक गायक सरोजगोपाल बज्राचार्यको ६५ वर्षको उमेरमा निधन, अन्तरराष्ट्रिय कलाकार मँच परिवार स्तब्ध


अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिका मा एक प्रेस बिज्ञप्ती जारी गर्दै    पोखरामा बस्दै आएका पुराना लोक गायक  सरोजगोपाल बज्राचार्यको बिहीवार बिहान ६५ वर्षको उमेरमा निधन भएको खबरले मँच परिवार स्तब्ध भएको बताउनुभएको छ । लोकप्रिय चलचित्र नायक श्री कृष्ण श्रेष्ठको निधनको आलो घाऊ सुक्न नपाउँदै फेरी अर्का जिबन्त लोक गायक सरोज गोपाललाई गुमाउनुपरेको दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा अन्तराट्रिय कलाकार मँच समस्त परिवार हार्दिक समबेदना प्रकट गर्दछ खनालले भन्नुभएको छ । पोखरा १ बगर स्थित निवासमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । बुधवार बेलुका परिवारका अन्य सदस्यसंग खानपिन गरेर सुतेका बज्राचार्य बिहान आठ बजेसम्म नउठेपछि छोरी उठाउन गएकी थिईन । तर, छोरी उठाउन जाँदा उनि अचेत भईसकेका थिए । बुबा नउठेपछि छोरीले नजिकैको मेडिकलवाट चिकित्सक बोलाएर
ल्याएपनि चिकित्सकले राती ३ बजेतिरै मृत्यु भएको घोषणा गरेका थिए । बुधवार बेलुकासम्म बज्राचार्य सकुशल थिए कबि तीर्थ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार बेलुका ९ बजेसम्म टोलको मिटिङमा बसेका थिए । लामो समयदेखी मधुमेय र उच्च रक्तचापका बिरामी रहेका बज्राचार्यको देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो झिल्केले लगायत अन्य केही गीत चर्चित छन् । विषेश त लोकगीतमा दख्खल राख्ने बज्राचार्यले लामो समयसम्म रेडियो नेपालको पोखरा स्थित क्षेत्रिय प्रशारण केन्द्र र केही समय माछापुच्छ्रे एफएममा पनि काम गरेका थिए । परिवारले गोपाल बज्राचार्य नाम
राखेपनि उनले कलाकार जातपात भन्दा माथी हुन्छ भन्दै आफ्नो नाम सरोजगोपाल राखेका थिए ।

No comments: