
नेपालको
चलचित्र क्षेत्रमा लामो समय देखी अनवरत रुपमा क्रियाशिल, दर्शकहरुको
प्यारो कलाकार, अग्रज चलचित्र सदाबहार नायक श्री भुवन केसीले चलचित्र र
कलाकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समिती अमेरिका र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
अमेरिकाका तर्फबाट संयुक्त रुपमा श्री केसीलाई अमेरिकाको वाशिङ्टन डिसीमा
हार्दिक अभिनन्दन गरिएको
छ । अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समिती अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एबम लोक तथा दोहोरी गायक रामप्रसाद खनालले श्री केसी लाई अभिनन्दन गर्नुभएको थियो । सो अबसरमा अनेसास डिसी मेट्रो कमिटी उपाध्यक्ष भूपनारायण घर्तिमगर, नायिका अनुपमा प्रसाइ, रोशन प्रताप राणा, केसी सुपुत्री काजोलले श्री केसीलाई खादा मालाले सम्मान गर्नुभएको थियो । चर्चित रेडियोकर्मी सरोज केसीले नायक भुवन केसी र वहाँको चलचित्र ड्रिम्सको बारेमा प्रकाश पार्दै सँचालन गर्नुभएको उक्त कार्यक्रममा अभिनन्दन पछि बोल्दै नायक भुवन केसीले आफुलाई गरिएको अभिनन्दन प्रति परिवार सँग आभारी रहेको बताउँदै आफुले चलचित्रको क्षेत्रमा सक्दो योगदान जारी राख्ने बताउनुभयो । श्री केसीले आफुले पछिल्लो पटक बनाएको चलचित्र ड्रिम्स अत्यन्त सफल र अन्तरराष्ट्रिय स्तरको भएको पनि बताउनुभयो ।
का अध्यक्ष राम प्रसाद खनालले सय भन्दा बढी नेपाली चलचित्रमा कुशल अभिनय गरेका अग्रज कलाकार भुवन केसीलाई वहाँले चलचित्र र कलाकारिताका क्षेत्रमा पुर्याएको योगदानका लागि आफुहरुले अमेरिकामा अभिनन्दन गरिएको बताउँदै वहाँ सदाबहार कलाकार रहेको बताउनुभयो । वहाँले भुवन केसीजी ले आगामी दिनमा पनि कलाकारिता का क्षेत्रमा निरन्तर योगदान पुर्याइरहने कुरामा आफुहरु पूर्ण बिश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा आयोजक, दर्शक र कलाकारहरु सँगइ बसेर केसीले आफ्नै चलचित्र ड्रिम्स हेर्नुभएको थियो । सो अबसरमा वाशिङ्टन डिसी, भर्जिनिया, म्यारिल्यान्डबाट समेत दर्शकहरु सहभागी थिए ।





Photos: Nepalmother.com and Enepalese.com



























No comments:
Post a Comment