Tuesday, August 30, 2016

अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट अभिनन्दन !

तीज महोत्सबमा सहभागी हुन नेपालबाट अमेरिका अाइपुगेका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपती अग्रज संगीतकार, गायक शम्भुजीत बास्कोटा र नेपाल मै पहिलो पटक नयाँ प्रबिधी मार्फत न्युन शुल्कमा ग्रीन सिटी हस्पिटलमा मुटुको सर्जरी शुरु गर्नुभएका डा. अनिल भट्टराई प्राबिधिक कठिनाईको कारण ढिलो अाइपुग्नुभयो वाशिङ्टन डिसीमा । तिज महोत्सबका दिन वहाँहरुलाई अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट प्रदान गर्न लागिएको अभिनन्दन ढिलै भए पनि समर्पण गर्दै । अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले बास्कोटालाई अभिनन्दन र लाइफ टाइम अचिभमेन्ट अवार्ड, डा अनिल भट्टराईलाई सम्मान र समाजसेबीहरु मोहन ज्ञवाली र लोक बहादुर टन्डनलाई
मायाको चिनो प्रदान गर्नुभएको थियो । सो अबसरमा उपकुलपती बास्कोटाले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका मुखपत्रहरु मँच अध्यक्ष खनाललाई उपहार स्वरुप प्रदान गर्नुभएको थियो । - Photos: www.Nepalmother.com








No comments: