Sunday, April 9, 2017

अमेरिकामा रहेका संघ संस्था वा समुहबाट प्रस्ताब आह्वानको सूचना !


अन्तर्राष्ट्रिय कलाकार मँचको आयोजनामा अमेरिकामा रहेका सबै बिधाका उपलब्ध कलाकारहरुको अमेरिकाको कुनै एक शहरमा दुई महिना भित्रै, एक दिने सम्मेलन गरी कार्य समिती पुनर्गठन गर्ने, बिधान परिमार्जन गर्ने, मँचका आगामी दिनका कार्यक्रम बारे छलफल र निर्णय गर्ने, सोही दिन साँझ सांस्कृतिक कार्यक्रम अर्थात शो गर्ने योजना बन्दैछ । यो सम्मेलन आफ्नो शहरमा आयोजना गर्न कुनै संघ संस्था वा समुह इच्छुक हुनुहुन्छ भने कहाँ ? कसरी ? आयोजना गर्दा बेस हुन्छ प्रस्ताब आह्वान गरिन्छ । यो सम्मेलन आयोजनाको आतिथ्य र सह आयोजना गर्ने संघ संस्था वा समुहलाइ उक्त कार्यक्रम बाट उठेको रकमबाट 75 प्रतिशत प्रदान गरिनेछ । कृपया आ अाफ्ना राय, सल्लाह, प्रस्ताब र सुझाब सहित ईमेल iafamerica@gmail.com मा वा फोन नम्बर 703-419-0924 मा संपर्कका लागि बिनम्र अनुरोध छ ।
त्यसै गरी अमेरिकाका बिभिन्न राज्यमा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई पनि उल्लेखित ईमेलमा वा यहाँ इन्बक्समा आ आफ्नो नाम, हालको ठेगाना, बिधा र आफ्नो बायोडाटा विवरण पठाई संपर्कमा रहनुहुन हार्दिक अनुरोध छ ।
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
www.iafamerica.com
Note : कुनै पनि राजनीतिक पार्टीका भगिनी संगठन बाहेक अरु स्वतन्त्र र सामाजिक संघ संस्था, समुहबाट आएका प्रस्ताब मात्र स्वीकार गरिने छ । धन्यवाद ।

No comments: