Sunday, September 24, 2017

अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखाद्वारा आयोजित सिङ्गिङ आइडल सिजन -२ को उपाधी खोटाङ का हसन राईलाई

banner
बहराइन / अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखाद्वारा प्रवासमा खोजी नेपाली गायन प्रतिभाको भन्ने मुल उदेश्य राखी आयोजना गरेको " IAF Singing idol season -2 , Bahrain" को उपाधी खोटाङ का हसन
राईले उचालेका छन् । केही महिना अघिबाट शुरु भएको उक्त आइडल कार्यक्रममा अडिशन राउण्ड देखि नै दर्शक तथा निर्णायकहरु लाई छुट्टै प्रभाव पार्न सफल सुमधुर स्वरका धनी एवम सबै सग मिल्न सक्ने अत्यन्तै शान्त स्वभावका हसन राईले धेरै भन्दा धेरै प्रतिस्पर्धी हरुलाइ पछि पार्दै दोस्रो आइएएफ आइडल सिजन - 2 को उपाधी उचाल्न सफल भएका हुन् ।
बिजेता बने सगै उनले एउटा नेपाली चलचित्रमा (Play back singer)  को अवसर पाउने भएका छन भने अर्घादर्वार फिल्म्स प्रा.ली समाखुशी काठमाडौ द्वारा एउटा गीत रेकर्डिङ साथै उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि समेत अवसर पाएका छन् ।  साथै उनले (best personality)  को अवार्ड पनि हात पार्न सफल भए भने ट्रफीप्रमाण पत्र तथा नगद पुरस्कार पनि प्राप्त गरेका छन् । त्यस्तै फर्स्ट रनरअप बन्न सफल झापाका जीत भट्टराईले पनि नगद पुरस्कारट्रफी प्रमाणपत्रका साथै बहराइनमा एउटा गीत रेकर्ड गर्ने अवसर साथै नेपाली सङ्गीतीक आकाशका चर्चित गायक तथा सङ्गीतकार चेतन सापकोटाको शब्दसङ्गीत तथा युरोपमा ख्यातिप्राप्त गायक तुलसी शिवाकोटीको संयुक्त पहलमा एउटा गीत रेकर्ड गर्न पाउने अवसर प्राप्त गरेका छन् । त्यस्तै सेकेण्ड रनरअपको ट्रफी उचाल्न सफल भएका थिए दार्जिलिङका नोर्वु छिरिङउनले उक्त ट्रफी सहित नगद पुरस्कार प्राप्त गरेका छन् भने जिके पुर्ण लिम्बु चौथो र रिग्जेन तामाङले पाचौं स्थानमा चित्त बुझाउनु पर्योयद्यपि रिग्जेन तामाङले भने (Best performer )को उपाधी हात पार्न सफल भएका थिए । उक्त कार्यक्रम का निर्णायक मण्डली मा भने गायक बसन्त बिष्ट , गीतकार प्रताप गुरुङ तथा गायक एवम सङ्गीतकार प्रमोद थामी हुनुहुन्थ्यो ! त्यस्तै अतिथि जज को रुपमा पहिलो बहराइन नेपाली तारा बन्न सफल सागर राई पनि उपस्थित हुनुहुन्थ्यो ! कार्यक्रम मा ४०% उपस्थित दर्शक को टिकट भोटिङ र ६०% निर्णायकहरु को मुल्यांकन लाई आधार बनाइएको थियो। 
आइडलको फिनालेमा भाग लिन नेपालबाट चर्चित अतिथि कलाकारहरु गायक तथा सङ्गीतकार तारा लक्सम लिम्बुपप गायिका तृष्णा गुरुङहास्य कलाकार तथा लोकगीतका सर्जक सुरज भिरखोइरे र लोक तथा दोहोरी गायिका मिरा पोखरेल पनि बहराइन आउनु भएको थियो। उक्त अवसरमा गायिका पोखरेलले "बाडुल्की कुक्क" लगायत आफ्नो चर्चित आधा दर्जन गीतहरु गाउनु भएको थियो भने गायक लक्समले पनि म दिन तयार यो ज्यानै पनिचुम्बकै हौ कि तिमी तबल्छी लगायत आफ्ना हिट गीतहरु प्रस्तुत गर्नु भएको थियो भने गायिका गुरुङले पनि खनी हो यमुगाइने दाजैलेगुराँसै फुल्यो लगायत चर्चित गीतहरु प्रस्तुत गर्नु भएको थियो। कलाकार मंचका महासचिव अरुण क्षेत्रीले औपचारिक संचालन गर्नुभएको कार्यक्रम संस्कृतीक कार्यक्रम भने हास्य कलाकार सुरज भिरखोइरे र मंचका सदस्य सुबाश राईले संयुक्त रुपमा संचालन गर्नु भएको थियो। त्यस्तै गरेर उक्त कार्यक्रममा बहराइनमा बसेर बहराइनको नेपाली समाजमा उत्कृष्ट सहयोग पुर्याइदै आउनु भएका २ जना महिला समाजसेवी लक्ष्मी गिरि र माया गुरुङलाई कलाकार मंच बहराइनले सम्मान समेत गरेको थियो।

सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा अझै पनि बिध्यमान रहेको छाउपडी कु-प्रथा बिरुद्ध लालीगुरास सेवा समाज बहराइन ले संचालन गर्न गैरहेको "चेतना" नामक एक बर्षे जनचेतनामूलक भिडियो डकुमेन्ट्री गाउँ गाउँ सम्म गएर प्रदर्शन गरिने कार्यलाइ पनि उक्त कार्यक्रमबाट सङ्कलीत रकम सहयोग गरिने आयोजकले जनाएको छ  उक्त अवसरमा छाउपडी कु-प्रथा  सम्बन्धि छोटो भिडियो समेत प्रस्तुत गरिएको थियो।
नेपाली राजदुतावास बहराइनका श्रम सहचारी जगदिश चन्द्र शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका सभापति भने कलाकार मंचका अध्यक्ष प्रकाश पाठक हुनुहुन्थ्यो । त्यस्तै बिशेष अतिथिहरुमा समाजसेवी गम गुरुङनेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठएनआरएनए महिला  उपाध्यक्ष लक्ष्मी गिरि नेप्लिज वेल्फेर सोसाइटीका अध्यक्ष शालिग्राम पन्तब्यवसायी दुर्गा गिरिब्यवसायी जितु खड्कामहिला समाजसेवी माया गुरुङ साथै नेपाली राजदुतावास बहराइनका अन्य पदाधिकारीहरु पनि बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै गरेर उक्त कार्यक्रमलाई आर्थिकनैतिक तथा भौतिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुविभिन्न संघ संस्थाका प्रतिनिधिहरुब्यवसायीबुद्दिजिवीपत्रकारकलाकार लगायत सबै जना अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

No comments: