Monday, May 20, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाको सूचना !

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका ले संसार भर रहेका कलाकारहरुलाई एकताबध्द बनाउँदै कला, लोक सँस्कृती, गीत संगीत, साहित्यका लागि काम गर्दै अगाडि बढ्ने क्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका अब बिभिन्न देशहरुमा शाखाहरु बिस्तार गर्ने अभियानमा जुटेको छ । जुन सुकै बिधाका कलाकारहरु यसमा रहेर सक्रिय रुपमा काम गर्न सक्नुहुन्छ । इच्छुक कुनै पनि बिधाका कलाकारहरुलाई iafamerica@gmail.com वा  rampdkhanal@gmail.com वा अध्यक्ष वा महासचिबको  फेसबुकको इन्बक्समा आफ्नो नाम, बिधा, हालको फोन नम्बर, ठेगाना सहित संपर्कमा आउन अनुरोध गरिन्छ । कृपया आफु शाखामा बसी काम गर्न इच्छुक भएमा आफु कुन देशमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ सो समेत खुलाई संपर्क गर्नुहुन सादर अनुरोध छ ।

केन्द्रिय समितिको पुनर्गठन पछि बिभिन्न देशमा भएका शाखाहरुको पनि पुनर्गठन, निस्क्रिय शाखाहरु बिघटन गरि नयाँ गठन गर्ने निर्णय भए अनुसार यो सूचना प्रकाशित गरिएकोछ ।

कलाकार मित्रहरु, कृपया यो सूचना तपाईंलाई जानकारी भएका अरु कलाकार साथीहरुलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।

नयाँ शाखा गठन वा पुनर्गठनमा :  

अध्यक्ष - एक
उपाध्यक्ष - एक
महा सचिब - एक
सचिब - एक
सह सचिब - एक
कोसाध्यक्ष - एक
बोर्ड अफ डाइरेक्टर - ३ देखी आवश्यकतानुसार
प्रेस सल्लाहकार - एक
कानूनी सल्लाहकार - एक (कानुन ब्यबसायी हुनुपर्ने)
सल्लाहकार - एक देखी बढीमा सात जना
सँस्कृतीबिद - एक
हुनुपर्नेछ । स्वयमसेबी रुपमा काम गर्नु पर्ने यो संस्था कुनै पनि राजनीति वा कुनै पनि पक्ष सँग सम्बध्द नभएको एक स्वतन्त्र र बिसुद्ध कलाकारिता क्षेत्रको छाता संगठन हो । जसको प्रधान कार्यालय भर्जिनिया अमेरिकामा रहेको छ । संस्थाको बारेमा जान्न www.iafamerica.com मा जान सक्नुहुन्छ ।
अनुरोधक :
अन्तर्राष्ट्रिय कलाकार मञ्च 
केन्द्रीय समिति अमेरिका
**************************

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन

* समेटिए सिनियर देखी जुनियर कलाकार सम्म, अमेरिका स्तरीय कलाकार सम्मेलन एक बर्ष भित्र, विश्व सम्मेलन दुई बर्ष भित्र गरिने 

* दुई बर्ष भन्दा बढी समय देखी निस्क्रिय शाखाहरु खारेज, ६ महिना भित्र सबै शाखाको पुनर्गठन गरिने



No comments: