Sunday, January 19, 2020

अन्तर्राष्ट्रिय कलाकार मञ्चले डिसीमा सम्पन्न गर्‍यो सिमा अतिक्रमण सम्बन्धी कार्यक्रम, तीन हस्तिलाई सम्मान र सिमा सम्बन्धी पुस्तक बिमोचन !

Image may contain: 23 people, including Mandira Mainali, Rup Karki, Bishwa Raj Thapa, Navin K KC, Ujjwal S. Thakuri, Ambika Gurung, Ram Prasad Khanal, Gopi Upreti, Khagendra Adhikari and 3 others, people smiling, people standing and indoorअन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाको आयोजनामा जनवरी १८ तारिख भर्जिनिया गेन्सभिलमा एक विशेष कार्यक्रम आयोजना गरी सिमाबिद, नापी विभागका पूर्व महा निर्देशक , प्रबुद्ध व्यक्तित्व बुद्धि नारायण श्रेष्ठ, पाँच वटा विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका नेपाली गौरव उज्ज्वल ठकुरी र पावर लिफ्टिङ्ग तर्फका अन्तर्राष्ट्रिय च्याम्पियन अर्का नेपाली गौरव रूप कार्कीलाई वहाँहरूको योगदानका लागि सम्मान र पुरस्कार प्रदान गरियो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका तर्फबाट अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले वहाँहरूलाई सम्मान, पुरस्कार र पदक समर्पण गर्नुभयो । मञ्चकै तर्फबाट कोषाध्यक्ष एवम् सँस्कृतीबिद भुपनारायण घर्तिमगर, मञ्चका बोर्ड अफ डाइरेक्टर, अग्रज कोरियो ग्राफर नबिन केसी, कवि रबिन्द्र श्रेष्ठ, गीतकार एबम मञ्चका बोर्ड अफ डाइरेक्टर अम्बिका गुरुङ, अग्रज पत्रकार सोमनाथ घिमिरे, प्रा. डा. गोपी उप्रेती, समाजसेवी गोविन्द मैनाली, मन्दिरा मैनाली, मन थापा लगायत व्यक्तित्वहरूले तिनै जना सम्मानित व्यक्तित्वहरूलाई खादा, माला लगाएर सम्मान व्यक्त गर्नुभयो ।


सोही अवसरमा बुद्धि नारायण श्रेष्ठज्यू द्वारा लिखित जङ्गे सीमा खम्बाको गन्ती नामक कृति अध्यक्ष खनाल र गीतकार गुरुङबाट संयुक्त रूपमा विमोचन गरियो । 

उक्त कार्यक्रम "नेपाल भारत सीमा विवाद र यसको समाधानका उपाय" विषयमा नेपालका सिमाबिद, नापी विभागका पूर्व महा निर्देशक , प्रबुद्ध व्यक्तित्व बुद्धि नारायण श्रेष्ठज्यूले आफ्ना गहकिला मन्तव्य राख्नुभयो । वहाँले देश विदेश बाट नेपालीहरू एक भएर भारतले गरेको नेपाली भूमि अतिक्रमणको विरोध सकारात्मक भएको र अब नेपाल सरकारले भारत सँग आँखामा आँखा जुधाएर वार्ता गर्नु पर्ने र यो समस्यालाई कूटनीतिक ढङ्गबाटै समाधान गर्नुपर्छ भन्नुभयो ।

 अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले मञ्च कलाकारहरूको संस्था भए पनि समसामयिक विषयमा मँचले यस किसिमका कार्यक्रम पनि गर्ने गरेको र कार्यक्रममा सिमाबिद, नापी विभागका पूर्व महा निर्देशक , प्रबुद्ध व्यक्तित्व बुद्धि नारायण श्रेष्ठ, पाँच वटा विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका नेपाली गौरव उज्ज्वल ठकुरी र पावर लिफ्टिङ्ग तर्फका अन्तर्राष्ट्रिय च्याम्पियन अर्का नेपाली गौरव रूप कार्कीलाई वहाँहरूको योगदानका लागि सम्मान गर्दै वहाँहरूका पनि बिचार सुन्ने र ऐतिहासिक दस्ताबेजका रूपमा रहेको जङ्गे सीमा खम्बाको गन्ती नामक बुद्धि नारायण श्रेष्ठज्यूको कृति विमोचन कार्यक्रम राखिएको बताउनुभयो ।

अग्रज पत्रकार, युग संवादका प्रधान सम्पादक सोमनाथ घिमिरेले नेपाल भारतको सीमा विवादका विषयमा बोल्दै बुद्धि नारायण श्रेष्ठसँग आफूले २० वर्ष अघि देखी यस सम्बन्धमा सहकार्य गरेको र वहाँको यस क्षेत्रमा ठुलो योगदान रहेको बताउनुभयो ।

प्रा. डा. गोपी उप्रेतीले विमोचित कृतिको समालोचना गर्दै बुद्धि नारायण श्रेष्ठले सीमा सम्बन्धी विवादमा नेतृत्व लिएर नेपाल सरकारको आँखा खोलिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पाँच वटा विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका नेपाली गौरव उज्ज्वल ठकुरी र पावर लिफ्टिङ्ग तर्फका अन्तर्राष्ट्रिय च्याम्पियन अर्का नेपाली गौरव रूप कार्कीले आफ्ना मन्तव्य राख्दै आफूहरूले नेपाल र नेपाली को नाम विश्वभर पुर्‍याउन आ आफ्नो क्षेत्र बाट अहोरात्र प्रयास गरिरहेको र यस किसिमका कार्यक्रम ले आफूहरूलाई हौसला मिलेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका सचिव, कवि तथा गीतकार प्रकाश नेपालले आफ्ना भनाइ हरू राख्दै सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा  कोषाध्यक्ष एवम् सँस्कृतीबिद भुपनारायण घर्तिमगर  र ए एन ए का सिनियर भाईस प्रेसिडेन्ट खगेन्द्र अधिकारीले नेपाल भारत सीमा समस्या, यसका पछाडिका रहस्यका बारेमा आफ्ना मन्तव्य राख्दै कार्यक्रम सफल पार्नुहुने सबै प्रति अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका तर्फ बाट धन्यवाद र आभार प्रकट गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका बोर्ड अफ डाइरेक्टर अम्बिका गुरुङको युट्युब एकाउन्टमा एक लाख सब्स्क्राइबर पुगेकोमा प्राप्त प्रमाणपत्र पनि सो अबसरमा सार्वजनिक गरिएको थियो ।

समाजसेवी सुनिता खत्री, डा. कविता नेपालले पनि सीमा सम्बन्धमा आफ्ना मन्तव्य राख्नुभएको कार्यक्रममा सम्मानित तिनै जना व्यक्तित्वहरू सँग दिवा भोज पनि गरिएको थियो ।

Image may contain: 6 people, including Ambika Gurung and Ram Prasad Khanal, people smiling, people sitting and indoor
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 9 people, including Ujjwal S. Thakuri, Rup Karki, Mandira Mainali, Ram Prasad Khanal and Gopi Upreti, people sitting
Image may contain: 23 people, including Mandira Mainali, Rup Karki, Bishwa Raj Thapa, Navin K KC, Ujjwal S. Thakuri, Ambika Gurung, Ram Prasad Khanal, Gopi Upreti, Khagendra Adhikari and 3 others, people smiling, people standing and indoor
Image may contain: 1 person, eyeglasses and text
Image may contain: 10 people, including Rup Karki, Ujjwal S. Thakuri, Ambika Gurung, Navin K KC, Ram Prasad Khanal, Bhupnarayan Ghartimagar and Prakash Nepal, people smiling, people standing and indoor
Image may contain: Rup Karki, Ambika Gurung and Ujjwal S. Thakuri, people smiling, people standing
Image may contain: 8 people, including Rup Karki, Ujjwal S. Thakuri, Ambika Gurung, Kiran Man Chitrakar and Prakash Nepal, people smiling, people standing and indoor
Image may contain: 11 people, including Mandira Mainali, Ujjwal S. Thakuri, Ambika Gurung, Ram Prasad Khanal, Bhupnarayan Ghartimagar and Prakash Nepal, people smiling, people standing and indoor
Image may contain: 19 people, including Rup Karki, Mandira Mainali, Navin K KC, Bishwa Raj Thapa, Kham Bahadur Thapa, Puja Ghimire, Ram Prasad Khanal, Ambika Gurung, Gopi Upreti and 5 others, people smiling, people standing
Image may contain: 3 people, including Rup Karki and Ujjwal S. Thakuri, people smiling
Image may contain: 7 people, including Bhupnarayan Ghartimagar, Ambika Gurung, Puja Ghimire, Ram Prasad Khanal and Prakash Nepal, people smiling, people standing and indoor
Image may contain: 4 people, including Rup Karki, Bhupnarayan Ghartimagar and Ram Prasad Khanal, people sitting and indoor
Image may contain: Prakash Nepal and Ram Prasad Khanal, people sitting and indoor
Image may contain: 5 people, including Rup Karki, Prakash Nepal and Ram Prasad Khanal, indoor
Image may contain: Ujjwal S. Thakuri and Prakash Nepal, indoor
Image may contain: 4 people, including Ambika Gurung and Ram Prasad Khanal, indoor
Image may contain: 9 people, including Ambika Gurung, Prakash Nepal, Gopal Kandel, Rup Karki, Ujjwal S. Thakuri, Ram Prasad Khanal and Gopi Upreti, people smiling, indoor
Image may contain: Ambika Gurung and Ram Prasad Khanal, people smiling, people standing

No comments: